Ntc summer Offer
Khabar Dabali ९ चैत्र २०८१ शनिबार | 22nd March, 2025 Sat
Investment bank

तीन करोड बढी ठगीको आरोपमा सहकारीका सेवा केन्द्र प्रमुख पक्राउ

खबरडबली संवाददाता

झापा । झापामा एक सहकारी संस्थाका कर्मचारीलाई करिब साढे ३ करोड ठगीको आरोपमा प्रहरीले पक्राउ गरेको छ । हाम्रो नेपाल सहकारी संस्था लिमिटेडका शिवगञ्ज सेवाकेन्द्रका प्रमुख जीवन भुजेललाई सहकारीको उजुरीमा नै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र खड्काका अनुसार केही दिन अघि पक्राउ गरेर अनुसन्धान सुरु गरिएको छ । भुजेलले ३ करोड ३५ लाख ४ सय रुपियाँ हिनामिना गरेको आरोप सहित सम्बन्धित सहकारीले उजुरी दिएपछि आवश्यक छानबिनका लागि पक्राउ गरिएको उनले जनाए । 

२८ वर्षीय भुजेलले सहकारीको सम्पत्ति, बचत तथा ऋण हिनामिना गरेको उक्त सहारीका एक सञ्चालकले बताए । बारम्बार रुपमा उक्त ब्यवहार मिलाउन समय दिदा पनि अटेर गरेपछि उजुरी गरेर पक्राउ गर्नु पर्ने अवस्था आएको पनि सहकारी संस्थाका ति सञ्चालकले बताए । 

सहकारीको मुख्य कार्यालय झापाको बिर्तामोडमा रहेको छ । सहकारीले उजुरी दिएपछि भुजेललाई चैत ३ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्र खड्काले बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

देश र संसार बुझ्न कविता प्रभावशाली माध्यम होस् : पूर्व राष्ट्रपति भण्डारी

काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले समाज विकासमा भाषा, कला र साहित्यको भूमिका महत्वपूर्ण रहेको चर्चा गर्दै यसको संरक्षण एवं प्रवर्द्धनका ...

दाेलखाकाे उच्च भेगमा हिमपात

दाेलखा । दोलखाको कालिञ्चोक र कुरी उपत्यकासहित माथिल्लो भेगमा शनिबार वर्षातसहित हिमपात भएको छ । कालिञ्चोक, कुरीलगायत उच्च भेगमा दिउँसोदेखि हिमपात भएको ...

पत्रकारलाई उचित पारिश्रमिक नदिएसम्म पत्रकारिता गुणस्तरीय हुँदैन: अध्यक्ष खड्का

कपिलवस्तु । न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगीता खड्काले पत्रकारिता पेशालाई व्यवस्थित बनाएर अगाडि लैजानु पर्ने बताएकी छिन् । कपिलवस्तुको...

देशलाई अस्थिरतातर्फ धकेल्ने षडयन्त्र भइरहेको छः महासचिव गुरुङ

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देव गुरुङले देशलाई अस्थिरतातर्फ धकेल्ने षडयन्त्र भइरहेको बताएका छन् । तमु मुक्तिमोर्चा ...

सबै मिलेर हिमनदी संरक्षण गर्नु जरुरीः मन्त्री यादव

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले जलवायु परिवर्तनले हिमनदीका साथै मौसममा प्रतिकूल असर गरी खानेपानी, कृषि, जल विद्युतलगायत क्षेत्र पनि प्रभावित ...

सरकारले देशलाई आर्थिक भार थपिने कुनै काम गर्दैन : मन्त्री पौडेल

बाँके । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पूर्व विशिष्ट पदाधिकारीको सेवा सुविधा बढाउने गरी सरकारले काम नगर्ने बताएका छन् ।  नेपाली कांग...

संखुवासभाकाे सिद्धानेखर्कमा चट्याङ लागेर ४० भेडा मरे

संखुवासभा । यहाँको मकालु गाउँपालिका–३ सिद्धानेखर्कमा चट्याङ लागेर ४० भेडा मरेका छन् ।  शुक्रबार राति मकालु–३ सिम्माका टेकबहादुर मेघीको भेडीगोठमा चट...

मुलुकको परिस्थिति अत्यन्तै जटिल अवस्थामा छ: महरा

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले मुलुकको परिस्थिति अत्यन्तै जटिल अवस्थामा पुगेको बताएका छन् । शनिबार दाङ–काठमाडौं सम...

प्रजनन केन्द्रमा रिमझिमकलीले पाइन् छावा

चितवन । खोरसोरस्थित हात्ती प्रजनन तथा तालिम केन्द्रमा रिमझिमकलीले छावा पाएकी छन् । गएराति रिमझिमकलीले पहिलो सन्तान जन्माएकी केन्द्रका प्रमुख मणिपुरण च...

गणतन्त्रको विकल्प अन्य कुनै व्यवस्था हुनसक्दैन: गृहमन्त्री लेखक

नवलपरासी । गृहमन्त्री रमेश लेखकले गणतन्त्रको विकल्प अन्य कुनै व्यवस्था हुन नसक्ने बताएका छन् । नवलपरासीको गैँडाकोटमा आज आयोजित कार्यक्रममा उनले गणतन्त...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy