Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

पर्वतमा निर्माणाधीन एक अस्पताल पाँच वर्षदेखि अलपत्र

खबरडबली संवाददाता

पर्वत । विहादी गाउँपालिका-२ बर्राचौरमा निर्माणाधीन अस्पताल पाँच वर्षदेखि अलपत्र बनेको छ । विकट क्षेत्रका नागरिकलाई सर्वसुलभ रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले निर्माण थालिएको अस्पताल निर्माण व्यवसायीको ढिलासुस्तीका कारण अलपत्र परेको हो ।

१५ शय्या क्षमताको अस्पताल १७ महिनामा निर्माण सम्पन्न गर्नेगरी वि.सं.२०७७ मङ्सिरमा भ्याली बाबुरत्न जेभी कम्पनीले जिम्मा लिएको थियो । समयमा काम नगर्दा निर्माण भएका संरचना पनि जीर्ण बन्दै गएका छन् । सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालय पोखरामार्फत निर्माण हुन लागेको उक्त भवन रु छ करोड लागतमा बन्न लागेको हो ।

साउदी सरकारको पुनर्निर्माणसम्बन्धी साउदी फन्डबाट अस्पताल निर्माण थालिएको थियो । अस्पताल सम्पन्न भएर सञ्चालनमा आइसक्ने बेला भइसक्दा पनि निर्माण व्यवसायीको लापरबाही र स्थानीय सरकारले दबाब नदिँदा एक तला ढलान गरेर अलपत्र अवस्थामा छाडिएको विहादी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद भुसालले बताए । 

ठेकेदारको लापरबाहीका कारण पाँच वर्षभन्दा बढी भइसक्दा पनि भवन सम्पन्न हुन नसकेको स्थानीयले गुनासो गरेका छन् । ठेकेदारले अस्पताल निर्माण सम्झौताअनुसार समयमा सम्पन्न नगरी पटकपटक म्याद थप गर्दै आएको स्थानीय बताउँछन् । काम सम्पन्न गर्ने भन्दै ठेकेदार कम्पनीले अहिलेसम्म तीनपटक निर्माण सम्झौताको म्याद थप गरिसकेको छ ।

अस्पतालका लागि स्थानीय डोलेन्द्र गिरी, राम गिरी, कृष्ण गिरी, भूपेन्द्र पौडेल, भूमिश्वर पौडेल, अर्जुन भट्टराईलगायतले निःशुल्क जग्गा उपलब्ध गराएपछि निर्माण प्रक्रिया सुरु भएको थियो । योसँगै स्थानीयले समयमा सर्वसुलभ स्वास्थ्य सेवा पाउन् भनेर उर्वरायुक्त जमिन दान गरेका जग्गादाता निराश बनेका छन् । सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालय पोखराका इन्जिनियर सुवास बरालले ठेकेदार कम्पनीले नियमानुसार पाउनुपर्ने रकम लिइरहेको बताए । 

ठेकदारले ल्याएको बिलबापत रकम लिएको बताउँदै अहिलेसम्म एक करोड ६५ लाख भुक्तानी लिइसकेको उनले जानकारी दिए । करिब १२ हजार वर्गफिटमा बन्ने भवनमध्ये एउटा ब्लकको केही वर्षपहिले ढलान भए पनि ‘बी ब्लक’को ढलान हुन बाँकी रहेको उनले बताए । सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालयका अनुसार भ्याली बाबुरत्न जेभी कम्पनीले स्याङ्जा आरुचौरमा आयुर्वेदिक अस्पताल र सेतीदोभानमा प्राथमिक अस्पतालको भवन निर्माणको सम्झौता गरी करिब १९ करोड बराबर निर्माण सम्झौता गरेको थियो । निर्माण जिम्मा लिए पनि स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रको भवन अलपत्र पारेको भन्दै स्थानीय निराश बनेका छन् ।

विहादी गाउँपालिकाका अध्यक्ष परवीन गुरुङले गौरवको योजनाका रूपमा रहेको उक्त भवन अलपत्र परेकोबारे सङ्घीय स्वास्थ्य मन्त्रालय र गण्डकी प्रदेशमा जानकारी गराइएको बताए । निर्माण अलपत्र पार्ने ठेकेदारसँग सम्झौता रद्द गरेर अर्कोलाई दिन पहल गरिएको उनको भनाइ छ । समयमा अस्पताल नबन्दा विहादीका छ, पैँयू गाउँपालिकाका सातवटा वडाका साथै छिमेकी जिल्ला बागलुङ र गुल्मीका नागरिकहरू सामान्य उपचारका लागि पाल्पा, बुटबलका अस्पतालमा जान बाध्य भएका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले महाधिवेशन: भाेलि विहान ८ वजे मात्र मतदान हुने

काठमाडौँ । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि भोलि(बुधबार) बिहान ८ बजे मतदान हुने भएको छ । आज हुने भनिएकाे मतदान प्राविधिक समस्याका कारण स्थगित ...

एमाले महाधिवेशन: प्रतिनिधि लाइनमा, सुरु भएन मतदान

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । नयाँ नेतृत्व(अध्यक्ष)का लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा उत्रिएका...

समाजवादी क्रान्तिका लागि पार्टी एकता: नेता गजुरेल

खोटाङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता हरिबोल गजुरेलले समाजवादी क्रान्तिका लागि शक्ति सञ्चय गर्न वामपन्थी राजनीतिक दलहरूबीच पार्टी एकता गरिएक...

श्रम, संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ

काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन् ।  ...

छद्मभेष

दुर्गा दाहाल दानवीय र अमानवीय नर नारी दुवै हुन् रे वेश्यालयमा बालिका बेच्न नारी नै छन् रे । लैगिक हिंसा र बलत्कारी महिला नै हुनै रे  दिनमा नारा ...

५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौं । नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपा...

जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन् : मन्त्री घिसिङ

कैलाली । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले जनताले चुस्तदुरुस्त पारदर्शीतासहितको भ्रष्टाचार मुक...

विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना गरेको छ ।  विभागले उद्योग तथा फर्म...

पोखरा विमानस्थल प्रमुखविरुद्ध २ करोड ५० लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका प्रमुख बिनेश मुनकर्मीविरुद्ध २ कर...

सशस्त्रका तीन एआईजीको सरुवा

  काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका तीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । जसअनुसार एआईजी नारायण...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending