काठमाडौं । नेपाली कांग्रेसका नेता एवं कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले पार्टी कमजोर हुँदा बेला–बेलामा लोकतन्त्र मासिँदै आएको बताएका छन् । आज (शुक्रबार) मोरङ काठमाडौं सम्पर्क समितिले काठमाडौंमा अयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
२०१७ सालमा तत्कालीन राजालाई कांग्रेसकै प्रमुख नेताले साथ दिएर विपी कोइरालालाई जेल हालिएको पनि उनले बताए । त्यस्तै कांग्रेस कमजोर भएकै कारण २०५९ सालमा तत्कालीन राजा ज्ञानेन्द्रले दलहरुलाई प्रतिबन्ध लगाएर प्रत्यक्ष शासन सुरु गरेको उनले बताए ।
‘जहिले–जहिले नेपाली कांग्रेस कमजोर हुन्छ, कांग्रेसमा लोभी पापीहरुको प्रवेश हुन्छ । व्यक्तिवादी चिन्तनबाट सत्ता हत्याउने र सत्तामा म पुग्नैपर्छ, अरुलाई क्रश गर्नैपर्छ भन्ने हुन्छ, त्यो–त्यो बेला लोकतन्त्र मासिएको छ । २०१७ सालमा नेपाली कांग्रेसभित्रकै प्रमुख नेताहरुबाटै राजालाई सपोर्ट भएपछि विपीलाई जेलमा हालिएको हो । त्यतिमात्रै होईन, २०४६ सालमा जब प्रजातन्त्र आयो, अनि २०५९ सालमा राजाले टेकओभर कस्को कारणले गरेको ? कांग्रेस दुई टुक्रा भएपछि न राजाले टेकओभर गरेको हो । यो इतिहासमा होइन, वर्तमानमा हामीले देखेको र त्यसको विरुद्धमा हामीले आन्दोलन गरेको हो । त्यतिखेर पनि कांग्रेस कमजोर हुँदा राजाले टेकओभर गरे,’– उनले भने ।
साथै, राजावादीहरुले गत फागुन २५ गते गरेको प्रदर्शनतर्फ लक्षित गर्दै उनले आफूलाई धेरै भीडमा विश्वास नरहेको बताए । नेता कार्कीले माओवादीको दब्दबाको बेलामा पनि तत्कालीन राजा गएको ठाउँमा ठूलै भीड जम्मा हुने गरेपनि त्यो भीडले उनलाई बचाउन नसकेको टिप्पणी गरे ।
‘म धेरै भीडमा विश्वास पनि गर्दिनँ । माओवादीको दबामा, माओवादीले देशै कब्जा गरेको छ भनेको बेलामा राजाले देश दौडाह गर्दा हामीले भीड देखेकै हो । त्यो भीडले राजालाई बचाउन सकेन । अहिले कांग्रेसभित्रै पनि भीड देखाएर कांग्रेसलाई नै हप्काउने अभियान सुरु गर्न खोजिएको पनि छ । भीडले जनमत हुने भए डा.सुनिल शर्मालाई रेखा थापाले जित्नुहुन्थ्यो । अटोग्राफ लिने र रेखा थापाको चुनावी कार्यक्रममा आउनेको भीड ठूलै थियो । मत भीडले होईन मतदाताले दिने हो,’ उनले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ९ गते, २०८१ - २१:०७
काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति कार्य अन्योलमा परेको छ । चार किलोमिटर सडक तोकिएको समयमा...
चैत्र ९ गते, २०८१ - २०:५९
झापा । वढ्दो सवारी दुर्घटना र वायु प्रदुषर्णलाई रोक्न सुरुङ्गा सहकार्य युवा क्लबले शनिबार आयोजना गरेको साइकल दौडमा निमा सेर्पा पहिलो भएका छन् । १५...
चैत्र ९ गते, २०८१ - २०:२२
काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले समाज विकासमा भाषा, कला र साहित्यको भूमिका महत्वपूर्ण रहेको चर्चा गर्दै यसको संरक्षण एवं प्रवर्द्धनका ...
चैत्र ९ गते, २०८१ - २०:०७
दाेलखा । दोलखाको कालिञ्चोक र कुरी उपत्यकासहित माथिल्लो भेगमा शनिबार वर्षातसहित हिमपात भएको छ । कालिञ्चोक, कुरीलगायत उच्च भेगमा दिउँसोदेखि हिमपात भएको ...
चैत्र ९ गते, २०८१ - १९:५९
कपिलवस्तु । न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगीता खड्काले पत्रकारिता पेशालाई व्यवस्थित बनाएर अगाडि लैजानु पर्ने बताएकी छिन् । कपिलवस्तुको...
चैत्र ९ गते, २०८१ - १९:५०
गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देव गुरुङले देशलाई अस्थिरतातर्फ धकेल्ने षडयन्त्र भइरहेको बताएका छन् । तमु मुक्तिमोर्चा ...
चैत्र ९ गते, २०८१ - १९:४५
काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले जलवायु परिवर्तनले हिमनदीका साथै मौसममा प्रतिकूल असर गरी खानेपानी, कृषि, जल विद्युतलगायत क्षेत्र पनि प्रभावित ...
चैत्र ९ गते, २०८१ - १९:३६
बाँके । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पूर्व विशिष्ट पदाधिकारीको सेवा सुविधा बढाउने गरी सरकारले काम नगर्ने बताएका छन् । नेपाली कांग...
चैत्र ९ गते, २०८१ - १९:३०
संखुवासभा । यहाँको मकालु गाउँपालिका–३ सिद्धानेखर्कमा चट्याङ लागेर ४० भेडा मरेका छन् । शुक्रबार राति मकालु–३ सिम्माका टेकबहादुर मेघीको भेडीगोठमा चट...
चैत्र ९ गते, २०८१ - १८:५५
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले मुलुकको परिस्थिति अत्यन्तै जटिल अवस्थामा पुगेको बताएका छन् । शनिबार दाङ–काठमाडौं सम...
प्रतिकृया लेख्नुहोस्: