काठमाडौं। भारतमा मल किन्न जाँदा पक्राउ परेका सर्लाहीका दुई नेपाली नागरिकलाई अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ।
सर्लाहीको बलरा–५ का सुरेशप्रसाद सिंह र नागेन्द्रप्रसाद सिंहलाई धरौटीमा छाड्न बुधबार अदालतले आदेश दिएको सुरेशप्रसादका छोरा अविनाश सिंहले जानकारी दिए।
यद्यपि, उनीहरू बिहीबार मात्रै रिहा हुने भएका छन्। अविनाशका अनुसार भारतमै आधार कार्ड भएका दुई जना व्यक्ति जमानत ९साक्षी० बसेपछि उनीहरूको रिहाइ प्रक्रिया पूरा हुनेछ।
सुरेशप्रसाद र नागेन्द्रप्रसादलाई भारतको सीतामढी जिल्ला, सोनवर्षाबाट गत १७ असारमा पक्राउ गरिएको थियो। त्यसको भोलिपल्ट उनीहरूलाई जेल चलान गरिएको थियो।
उनीहरूको रिहाइको माग गर्दै परेको निवेदनमाथि यसअघि १५ साउनमा सुनुवाइ हुने तय भए पनि न्यायाधीश बिदामा रहेका कारण बुधबार मात्रै सुनुवाइ भएको थियो।
उनीहरूलाई भारतीय सीमा सुरक्षा बल ९एसएसबी०ले डीएपी र युरिया मल लिएर नेपाल फर्किने क्रममा पक्राउ गरेको थियो। किसानका लागि मल ल्याउने क्रममा पक्राउ परेका उनीहरूको रिहाइको माग गर्दै नेपालमा समेत पहल हुँदै आएको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २० गते, २०८३ - १७:१६
काठमाडौँ । भूमि समस्या समाधान समितिले देशका विभिन्न जिल्लामा ९७ जनालाई जग्गाधनी पुर्जा वितरण गरेको छ । समितिका अनुसार गत जेठ २० गतेदेखि हालसम्म भूम...
श्रावण २० गते, २०८३ - १६:५५
काठमाडौँ। अर्थ समितिमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथिको दफाबार छलफलकामा केन्द्रीय बैङ्कको गभर्नर र सञ्चालक समितिको पदावध...
श्रावण २० गते, २०८३ - १६:३९
काठमाडौं। पाकिस्तानको ब्रोड पिक हिमालमा दुर्घटनामा परी निधन भएका कीर्तिमानी आरोही निर्मल पुर्जा (निम्स दाइ) सहित चार आरोहीको शव उद्धार गरी बेस क्याम्प...
श्रावण २० गते, २०८३ - १६:२८
काठमाडौं। भारतमा मल किन्न जाँदा पक्राउ परेका सर्लाहीका दुई नेपाली नागरिकलाई अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ। सर्लाहीको बलरा–५ का सुरेशप्रसाद...
श्रावण २० गते, २०८३ - १६:१०
काठमाडौं। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न भक्तपुरको गुण्डु पुगेका छन्। मुख्यमन्त्री कार...
श्रावण २० गते, २०८३ - १५:५०
पोखरा। कास्कीको चर्चित पर्यटकीय क्षेत्र मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक सम्पर्कविहीन भएका छन्। माछापुच्छ्रे गाउँपालिका–९ स्थित बादलडाँडा ...
श्रावण २० गते, २०८३ - १५:२४
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले प्रदेश सरकार गठनसँग जोडिएको सत्ता राजनीतिको गणितीय चलखेलमा सहभागी नहुने निर्णय गरेको छ। बुधबार पा...
श्रावण २० गते, २०८३ - १५:१५
सुलीकोट। उत्तरी गोरखाको मनास्लु पदमार्गअन्तर्गत चुमनुब्री गाउँपालिका-६ मा पर्ने रेन्जम क्षेत्रमा पदमार्ग स्तरोन्नतिका लागि साउन २० देखि ३० गतेसम्म खच्...
श्रावण २० गते, २०८३ - १४:५२
काठमाडौं। सर्वोच्च अदालतका न्यायाधीशलाई राजीनामा दिन दबाब दिइएको र राजीनामा नदिए महाअभियोग लगाउने चेतावनी दिइएको भन्ने दाबीबारे तीन अन्तर्राष्ट्रिय मा...
श्रावण २० गते, २०८३ - १४:४०
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले प्रदेश सरकारमा सहभागिता जनाउने वा नजनाउने विषयमा आवश्यक निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष राजेन्द्र...



प्रतिकृया लेख्नुहोस्: