Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

सुडानी राष्ट्रपति भवन आरएसएफबाट फिर्ता

खबरडबली संवाददाता

खार्तूम । सुडानको सेनाले राजधानी खार्तूमस्थित राष्ट्रपति भवनलाई अर्धसैनिक ‘र्यापिड सपोर्ट फोर्सेज’ले शुक्रबार पुनः कब्जामा लिएको जनाएको छ ।

सेनाका प्रवक्ता नाबिल अब्दुल्लाहले सरकारी टेलिभिजनमा प्रसारित एक विज्ञप्तिमा भनेका छन्, “हाम्रो सेनाले शत्रुका लडाकु र उपकरणहरू पूर्ण रूपमा नष्ट गरेको छ र ठूलो मात्रामा उपकरण र हतियारहरू जफत गरेको छ ।”

अब्दुल्लाहले भने, “जबसम्म विजय पूरा हुँदैन र हाम्रो देशको हरेक इन्च लडाकू र यसका समर्थकहरूबाट स्वतन्त्र हुँदैन तबसम्म सेना सबै मोर्चामा अगाडि बढ्नेछ ।” सैनिकहरूले सामाजिक सञ्जालमा राष्ट्रपति भवनभित्र रहेको भिडियो सेयर गर्दै बधाई आदानप्रदान गरेका छन् । एएफपीले तत्काल उक्त फुटेजको पुष्टि गर्न सकेको छैन् ।

सन् २०२३ अप्रिलमा आरएसएफ र सेनाबीच युद्ध सुरु भएपछि अर्धसैनिक बलले दरबार कब्जा गरेको थियो । आरएसएफले खार्तूमको सडकहरू द्रुत गतिमा कब्जा गरेपछिसेना र सरकारी प्रशासन रेड सीबाट पोर्ट सुडानतर्फ भाग्न बाध्य भएको थियो ।

राष्ट्रपति भवन, मन्त्रालयहरू र राजधानीको व्यापारिक क्षेत्र रहेको सेन्ट्रल खार्तूम हालैका महिनाहरूमा भीषण युद्धस्थल बनेको छ । पछिल्लो समय सेनाले शहरमा आफ्नो सङ्ख्या बढाएको छ ।

यसै साताको सुरुमा सेनाले उत्तर र दक्षिणबाट आफ्ना सेनाहरू गाभिएको र आरएसएफमा समाहित भएको बताएको थियो । झन्डै दुई वर्षको अवधिमा दशौँ हजार मानिसको ज्यान लिइसकेको खातूममा एक करोड २० लाखभन्दा बढी जनसङ्ख्या विस्थापित भएको छ । युद्धका कारण सुडानले विश्वको सबैभन्दा ठूलो भोकमरी र विस्थापन सङ्कट व्यहोरेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending