Khabar Dabali १९ श्रावण २०८३ मंगलवार | 4th August, 2026 Tue
Investment bank

सुनसरी घटनाबारे न्यायिक छानबिन समिति गठन गर्न सांसदहरूको माग

खबरडबली संवाददाता

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सांसदहरूले सुनसरीमा भएको हिंसात्मक घटनाको सत्यतथ्य पत्ता लगाउन न्यायिक छानबिन समिति गठन गर्न माग गरेका छन्।

मंगलबारको बैठक सुरु हुनासाथ प्रतिपक्ष दलका सांसदहरूले उठेर ध्यानाकर्षण गराएपछि बोल्ने क्रममा नेपाली कांग्रेसका सांसद निश्कल राईले घटनाको निष्पक्ष अनुसन्धान गरी प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरे।

राईले घटनासँग जोडिएका विषयमा सामाजिक सञ्जालमार्फत फैलाइएका अफवाह र गलत सूचनामाथि छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने बताए। राज्य सबै नागरिकको संरक्षक भएकाले राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम गर्ने जिम्मेवारीअनुसार भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो।

उनले प्रधानमन्त्रीले गत जेठ १७ गते संसद्मा दिएको अभिव्यक्तिबारे पनि स्पष्ट जवाफ आउनुपर्ने र उक्त भनाइ संसद्को अभिलेखबाट हटाउनुपर्ने माग गरे।

नेकपा ९एमाले० का सांसद गुरुप्रसाद बरालले सुनसरी घटनापछि उत्पन्न असहज अवस्था सबैको प्रयासबाट नियन्त्रणमा आएको उल्लेख गर्दै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन निष्पक्ष छानबिन आवश्यक रहेको बताए।

उनले घटनामा संलग्न दोषीलाई कानुनी दायरामा ल्याएर विधिको शासन कायम गर्नुपर्ने धारणा राखे। जलेका घर तथा सवारीसाधनको क्षतिपूर्ति दिन सकिने भए पनि व्यवसायी र नागरिकमा परेको मानसिक असर दीर्घकालीन हुने भन्दै संवेदनशील घटनालाई गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्ने बताए।

बरालले सुनसरी घटनापछि मुलुकका औद्योगिक क्षेत्रसमेत त्रसित बनेको उल्लेख गर्दै दीर्घकालीन शान्ति र सुव्यवस्था कायम गर्ने गरी राज्यले योजना बनाउनुपर्ने बताए।

नेकपा सांसद बलावती शर्माले सुनसरी घटनालाई नियन्त्रणमा ल्याउन विभिन्न पक्षबाट भएको पहल प्रशंसनीय रहेको बताउँदै घटनाको वास्तविकता सार्वजनिक गर्न सत्यतथ्य छानबिन आवश्यक रहेको बताइन्।

उनले पीडित नागरिकले प्रधानमन्त्रीको प्रत्यक्ष उपस्थितिको अपेक्षा गरेको उल्लेख गर्दै घटनाप्रति सरकार थप जिम्मेवार बन्नुपर्ने धारणा राखिन्। साथै पश्चिम नेपालस्थित सुस्ताको भूमि समस्याबारे पनि सरकारको ध्यानाकर्षण गराइन्।

श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङ राईले जनकपुरस्थित मन्दिर क्षेत्रमा आफ्ना पार्टीका नेता तथा कार्यकर्तामाथि भएको भनिएको कुटपिट घटनाबारे जानकारी माग गरे। उनले सुनसरी घटनाको निष्पक्ष छानबिन गरी भविष्यमा यस्ता घटना रोक्न आवश्यक वातावरण निर्माण गर्नुपर्ने बताए।

उनले मुस्लिम समुदायबाट राष्ट्रिय एकता र अखण्डतामा असर पर्ने कुनै गतिविधि नभएको उल्लेख गर्दै सुनसरीलगायतका घटनाको निष्पक्ष अनुसन्धान हुनुपर्ने धारणा राखे।

सांसद राईले घटनाको समाधानका लागि गृहमन्त्रीले गरेको पहलको प्रशंसा गर्दै धार्मिक सहिष्णुता कायम राख्नुपर्ने आवश्यकता औंल्याए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुकुमवासी समस्या समाधानमा सरकारलाई सहयोग गर्न एमाले तयार : पद्मा अर्याल

काठमाडौं । नेकपा (एमाले) ले भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि सरकारलाई आवश्यक सहयोग गर्न तयार रहेको जनाएको छ। मंगलबार प...

‘म्याच फिक्सिङ’ आरोपमा अमेरिकी क्रिकेटर रेड्डीमाथि आठ वर्ष प्रतिबन्ध

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले ‘म्याच फिक्सिङ’ गरेको आरोपमा अमेरिकी क्रिकेटर अखिलेश रेड्डीलाई आठ वर्ष प्रतिबन्ध लगाएको छ । आ...

आर्थिक समृद्धिका लागि सहायता र व्यापार विस्तारमा जोड दिनुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले सरकार आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यका साथ अघि बढिरहेको बताउनुभएको छ । परराष्ट्र मन्त्रालयमा आज आर्थिक कूटन...

देवानगञ्ज घटनाका घाइते मेहताको मृत्यु: आफन्तद्वारा शव बुझ्न अस्वीकार

गृहमन्त्री गुरुङ अस्पताल आएर घटनाबारे जानकारी नदिएसम्म शव नबुझ्ने अडान

व्यवसायीको घरमा छापा प्रकरण : मोरङका एसपी कटवालसँग २४ घण्टे स्पष्टीकरण माग

काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कवित कटवालसँग प्रदेश प्रहरी कार्यालय कोशीले स्पष्टीकरण माग गरेको छ। कोशी प्र...

सुनसरी घटनाबारे न्यायिक छानबिन समिति गठन गर्न सांसदहरूको माग

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सांसदहरूले सुनसरीमा भएको हिंसात्मक घटनाको सत्यतथ्य पत्ता लगाउन न्यायिक छानबिन समिति गठन गर्न माग गरेका छन्। मंगलबा...

सुदूरपश्चिमका समस्या र विकास योजनाबारे सांसदहरूले गरे प्रधानमन्त्रीसँग छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहसँग सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभामा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले भे...

रास्वपा सांसद सिंहको प्रश्न : मधेशमा आन्दोलन हुँदा किन गोली नै चलाइन्छ ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले मधेशमा आन्दोलन वा तनावपूर्ण अवस्था सिर्जना हुँदा बल प्रयोगको तरिकाबारे सरका...

मधेशमा मानवअधिकार उल्लङ्घनसम्बन्धी उजुरी बढ्दो

महोत्तरी। मधेश प्रदेशमा मानवअधिकार उल्लङ्घनसम्बन्धी उजुरी बढ्दै गएको पाइएको छ। सामाजिक तनाव, लैङ्गिक हिंसा, जातीय विभेद, प्रशासनिक लापरबाही तथा न्यायम...

देशमा नेपाली सेना बाहेक अरू सेना स्वीकार्य छैन, सरकारले गरेको सहमति हामी मान्दनौ: हर्कराज राई

काठमाडौं । श्रम संस्कृति पार्टीले देशको सुरक्षा अवस्था, राष्ट्रियता र सरकारको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाएको छ। मंगलबार प्रतिनिधिसभा बैठकम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending