Ntc summer Offer
Khabar Dabali ६ बैशाख २०८२ शुक्रबार | 18th April, 2025 Fri
Investment bank

काेशीमा उपचारकाे नाममा १३ करोड २८ लाख रकम बाँडिँदै

खबरडबली संवाददाता

विराटनगर । कोशी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले कडा रोग लागेको विपन्न नागरिकहरूलाई उपचारकाे नाममा १३ करोड २८ लाख बढी रकम बाँड्ने तयारी गरेको छ ।

कडा रोग लागेका विपन्न नागरिकहरूलाई औषधी उपचार बापत आर्थिक सहायता दिनेगरी शनिवारदेखि सो रकम उपलब्ध गराउने निर्णय भएको स्वास्थ्य मन्त्री भूपेन्द्र राईले जानकारी दिए ।

यसरी आर्थिक सहायता प्राप्त गर्नेको सङ्ख्या २ हजार ५ सय ५६ जना रहेको छ । जसमा  क्यान्सर रोग लागेका १ हजार ५ सय ७ जना, मिर्गौला रोग लागेका ५ सय ३६, मिर्गौला प्रत्यारोपण गरेका ८५ जना, मुटु रोगी ३ सय ३१ जना, कलेजो रोगी १५ जना, थालासिमिया ३ जना, पार्किन्सन ७ जना, फोक्सोका बिरामी १ जना, स्पाइनल इन्जुरी ४१ जना, हेड इन्जुरी २९ जना र मस्तिष्क घातका १ जना रोगी रहेका छन् । उनीहरूलाई १३ करोड २८ लाख २५ हजार ४३६ रुपैयाँ बाँडिने मन्त्री राईले जनाए ।

सहायता प्राप्त गर्न निवेदन दिएका बिरामी वा उनका आफन्तले मन्त्रालयमा सम्पर्क गरी उक्त आर्थिक सहायता लिनसक्ने मन्त्री राईले बताए । प्रदेश सरकारले कडा रोग लागेका बिरामीहरुलाई उपचार सहुलियत दिन भन्दै ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । यद्यपि निवेदन धेरै परेको कारण थप रकम रकमान्तर गरेर दिन लागिएको हो ।

यद्यपि यसअघि दिने भनिएको रकमको ५० प्रतिशत मात्रै दिन लागिएको मन्त्री राईले बताए । निवेदनमा माग भएजति शतप्रतिशत रकम दिन स्रोत अभाव भएको भन्दै ५० प्रतिशत घटाएर रकम उपलब्ध गराउन कार्यविधि नै संशोधन गरिएको हो । सरकारले हाललाई भने कडा रोग लागेका बिरामीको उपचारका लागि दिने सहुलियतको निवेदन लिन छोडेको छ ।

प्रदेशको आर्थिक अवस्था र क्षमताले थाम्न नसक्ने भएपछि कार्यक्रम रोक्नु परेको मन्त्रालयले जनाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ईयूको नयाँ नीतिः सात देश ‘सुरक्षित’ घोषित

ब्रसेल्स । युरोपेली सङ्घले आज सातवटा देशलाई ‘सुरक्षित मुलुक’ को सूचीमा राख्दै आप्रवासनसम्बन्धी नियम कडा बनाउने घोषणा गरेको छ । युरोपेली आयोगले कोसो...

एआइजीको बढुवा सिफारिसले प्रहरीमा व्यापक असन्तुष्टि

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका ६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) बढुवाका लागि सिफारिस गरेको छ ।...

थुनामा रहेका भुटानी शरणार्थीलाई इजलासमा पेस गर्न सर्वोच्चकाे आदेश

काठमाडौं । अमेरिकाबाट डिपोर्ट भई भुटान हुँदै नेपाल छिरेर हाल झापामा थुनामा रहेका चार भुटानीलाई तत्काल देश निकाला नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश ज...

काठमाडौं महानगरपालिकाले हटायो कबाडी संकलन केन्द्र

काठमाडाैं । यसअघि पटक–पटक दिएको आग्रह नमानेपछि काठमाडौं महानगरपालिकाले  कबाडी संकलन केन्द्रमा डोजर चलाएर हटाएको छ ।  कामनपा– ३२ मा पर्ने उक्त कबाडी...

गौतमबुद्ध विमानस्थल जसरी पनि चलाउनु पर्छ: प्रचण्ड

बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल जसरी सरकारले चलाउनु पर्ने ...

आगामी तीन दिन चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको बताएको छ । ...

अस्ट्रेलियामा बेरोजगारी दर वृद्धि

अस्ट्रेलिया । मार्चमा अस्ट्रेलियाको बेरोजगारी दर बढेको अस्ट्रेलियाको बिहीबार प्रकाशित सरकारी तथ्याङ्कमा दावी गरिएको छ । अस्ट्रेलियाको तथ्याङ्क विभा...

हेटौंडा अस्पतालको बोर्ड तोडमोड गर्ने ६ जना पक्राउ

मकवानपुर । हेटौंडा अस्पतालको बोर्ड तोडमोडको घटनामा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय मकवानपुरले बिहीबार अस्पताको बो...

नेपाल औषधी लिमिटेड दुई महिनादेखि उत्पादन बन्द

काठमाडौं । सरकारी स्वामित्वको नेपाल औषधी लिमिटेडले उत्पादन गरेको डेढ करोड बराबरको सिटामोल र जीवनजल बिक्री हुन नसकेको गुनासो आएको छ । पहिलाका वर्षको...

रास्वपाको महाधिवेशन फागनु ७-९ मा चितवनमा हुने

ताेकियाे सातै प्रदेशमा इन्चार्ज

अरु धेरै
raksirang palika
ribdikot palika
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

chisankhugadi palika tripura sundari palika thakre palika temal palika sunapati palika shivapuri palika shailung palika roshi palika marin palika manhari palika mahabharat lishankhu palika lakhan palika khotehang palika khaniyabas palika khanikhola palika kakani palika Kailash palika jugal palika jantedhunga palika ghyangkhola palika gandaki palika NIBL RIGHT SIDE Salt Trending