Ntc summer Offer
Khabar Dabali १० चैत्र २०८१ आईतवार | 23rd March, 2025 Sun
Investment bank

विकास सँगै बिनाश सुके खोला र खोल्सा, जल संरक्षण गर्न कठिन हुँदै

ओखलढु‌गा र रामेछापकाे सिमानामा रहेकाे लिखु नदी, जाे पछिल्लाे दुई दशक देखि विकासका नाममा भएकाे विनाशका कारण हिउँदमा पानी कम हुन थालेकाे छ । तस्विरः मनाेज भट्टराई, प
खबरडबली संवाददाता

काठमाडौं । केही वर्षअघि सम्म पहाडमा हरेक खोला खोल्सीहरुमा सँदाबहार कलकल पानी बगी रहन्थ्यो । खोलावारी पारी सबैतिर हरीयाली भइरहन्थ्यो । तर, पछिल्लो दुईदशकमा यस्तो पाइन्न । हरीयाली भइरहने डाँडापाखाहरु सुख्खा भएका छन्, बार्हैमहिना हरीयाली देखिने पाहहरु सुख्खा, खैरा र उजाड देखिन थालेका छन् ।

खोला खोल्साहरु बर्खायममा उर्लेर बाढी आउने र अरू समय मरुभूमि बन्ने भएका कारण  आसपासमा खेती पनि सुक्न थालेका छन् ।  कतिपय स्थानमा विकासका नाममा जथाभावी डोजर चलाउँदा पानीका मुहान सुकेका छन् भने प्राकृतिक रुपमा ०७२ को महाभुकम्प पछि त अधिकांश स्थानका पानीका मुहान नै भासीएका छन् ।

केही वर्ष अघिसम्म काठमाडौँ उपत्यकामा काभ्रेपलान्चोकको पाँचखालाबाट ठुलो मात्रामा तरकारी ल्याइन्थ्यो । अहिले त्यो मात्रा घटेको छ । यसो हुनुमा त्यहाँको झिकु खोला सुक्नु नै मुख्य कारण देखिएको छ । जलाधारविज्ञ मधुकर उपाध्यायाका अनुसार करिब ४० देखि ५० वर्षअघि झिकु आसपास उत्पादन हुने धेरै तरकारी काठमाडौँ ल्याइन्थेँ । तर अहिले थोरै मात्रामा आइपुग्छन् । ‘खोलाको सिँचाइले प्रशस्त तरकारी फल्थ्यो, ५० देखि ६० प्रतिशत तरकारी काठमाडौँमा सोही क्षेत्रबाट आउँथ्यो,’ उनले भने, ‘त्यो खोला सुक्यो र सिँचाइ पनि हुँदैन । तर केही ठाउँमा भने हुने गरेको छ ।’

बाराको सिम्रौनगढ नगरपालिका–२ का सुनिल यादवको घरमा दुई वटा ट्युबवेल (चापाकल) छन् । ती दुवै चापकलमा फागुनदेखि असारसम्म अर्थात् बर्खा नलागेसम्म पानी आउँदैन । यो चार महिना मेसिन लगाउँदा अलिअलि पानी आउँछ । ‘पछिल्ला तीन–चार वर्षदेखि पानी बिस्तारै कम हुन थालेको छ । अहिले हामीलाई पानीको समस्या छ,’ चुरे तथा वन जंगल संरक्षण अभियानका अभियन्तासमेत रहेका यादव भन्छन्, ‘पानी सुकेका वेला नगरपालिकाले ट्यांकरमार्फत पानी बाँडेको पनि दुई वर्ष भयो ।’

जलाधारविज्ञ उपाध्यायाका अनुसार एक सरकारी अध्ययनले उच्च पहाडी क्षेत्रमा शतप्रतिशत खोल्सा सुकेको देखाएको छ । मध्यपहाडी क्षेत्रका ६५ देखि ७० प्रतिशत खोल्साहरू सुकेका देखाइएको छ । 

कैलालीमा पनि ५० प्रतिशत चापाकल सुकेका छन् । मधेश प्रदेशमा ३० प्रतिशत चापाकल सुकेका छन् । उनले भने, ‘मुलहरू सुकेका छन्, कुवाहरू सुकेका छन्, पश्चिम र पूर्वमा पानीका मूल तथा खोल्साहरू सुक्ने क्रममा छन् ।’

नेपालमा पहिलाझैँ झरी पर्न छोड्यो, पहिला हिउँदमा पानी पर्थ्यो, आजभोलि पर्दैन । हिउँदमा पानी नपरेको तीन वर्ष भएको उपाध्याया सुनाउँछन् । ‘नेपालको जलस्रोत प्राकृतिक वितरण बिग्रिएको छ, निकै परिवर्तन भएको छ,’ उनले भने, ‘साना खोला खोल्सीहरू सुकेका छन् । उच्च पहाडमा अझै बढी सुकेको छ भने तराई भेगमा भूमिगत पानी निकै तल गएका छन् ।’ यसो हुनुमा जलवायु परिवर्तन रहेको उनी बताउँछन् । 

पानीको मुख्य स्रोत भनेको बर्खा हो । उच्च र हिमाली भेगमा हिउँ हो । वर्षा र हिउँलाई प्रकृतिले रिजर्भ गरी वर्षभर नै पानी पुग्छ । तर पछिल्लो समय एकै पटक ठुलो वर्षा हुँदा जमिनले पानी लिन नसकिरहेको उपाध्याया बताउँछन् । यसले गर्दा पानी प्राप्त हुने मुहानहरू जस्तैः नदी, खोल्सा, खोला, मूलहरू सुक्दै गएका छन् । ‘बर्खाको पानी जमिनभित्र गएपछि मूलमा पानी आउने, खोलामा पानी आउने गर्छ । सानातिना खोल्सामा पानी हुन्छ । हाम्रो घरायसी प्रयोजनका लागि पानी आउने त्यही हो नि,’ उनले भने, ‘बर्खाको पानी जलस्रोत हो । खोल्सा, खोला, नदी, मूल त्यो पानीको मुहान हो ।’ 

नेपालमा पानीका मुहानमा पानी आउन नसक्नु ठुलो चुनौती बनेको छ । यसले जनजीवनलाई प्रत्यक्ष असर पारेको छ । खानेपानीको सकसका कारण बर्सेनि हजारौँको संख्यामा बसाइँसराइ हुन थालेका छन् । उत्पादन हुने क्षेत्रमा खेती नै हुन सकेको अवस्था छैन । सुक्खाका कारण जंगलमा आगलागी हुने समस्या देखापरेका छन् । 

वन्यजन्तु मासिनुका साथै वनमा हुने सूक्ष्म जीवाणुदेखि पर्यावरण असन्तुलनको समस्या देखा पर्न थालेको छ । साथै जंगली जन्तुहरू गाउँ पस्न थालेका छन् । 

यसरी सामाजिक र पर्यावरण नै खल्बलिएको उपाध्याया बताउँछन् । यस्ता समस्यालाई समाधान गर्न बर्खामा आएको पानी जमिनमा हाल्नुपर्ने उनी सुझाउँछन् । उनले भने, ‘यसलाई कसै पुनर्भरण भन्छ, कसैले रिचार्ज भन्छ ।’ 

नेपालमा जलसँग सम्बन्धित रणनीति, योजना, कार्यक्रम प्रायः जलवायु परिवर्तनका समस्या नहुँदादेखिका छन् । यसलाई समय सान्दर्भिक बनाउनुपर्ने उनको जोड छ । 

यता ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जलस्रोत विधेयक संघीय संसद्मा छलफल भइरहेको जनाएको छ । संसद्मा प्रस्ताव गरिएको विधेयकमा जलस्रोत उपयोगको प्राथमिकता निर्धारण, संरक्षण, दिगो व्यवस्थापनलगायत विषय समावेश गरिएको मन्त्रालयका प्रवक्ता सन्दिप देवले बताए ।

जलस्रोतलाई संरक्षण गर्न जमिनमा पानी पुनर्भरणको कार्यमा सरकार तथा सरोकार निकायले ध्यान दिनुपर्ने देखिएको छ ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जहाँ समुदायले तोक्छ काम गर्ने समय

हुम्ला  ।  हुम्लाको नाम्खा–६ मा पर्छ हल्जी गाउँ, जहाँ ९० घरधुरीको बसोबास छ । उनीहरूले जति पनि र जुनसुकै बेला पनि खेतीपातीलगायतका काम गर्न पाउँदैनन् । ...

खोटाङमा चट्याङ लागेर महिलाको मृत्यु

खोटाङ । खोटाङमा  चट्याङ लागेर एक महिलाको ज्यान गएको छ । जिल्लाको केपिलासगढी गाउँपालिका –७ सुङ्देल गुल्टेनस्थित ४५ वर्षीया दिलकुमारी राईको चट्याङ लागेर...

दाङमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ । दाङमा शनिबार बिहान दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका(६ गाइडहरका २२ वर्षीय विवेक सुवेदी ...

कस्ताे छ आजको तरकारी र फलफूलको थोक मूल्य ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक म...

बिद्रोहीवाट कब्जा मुक्त भयो सुडानको राष्ट्रपति भवन

काठमाडाैं  । सुडानको सेनाले द्वन्द्वग्रस्त देशको ठूलो भागलाई नियन्त्रणमा लिने विद्रोही मिलिशियामाथि महत्त्वपूर्ण विजय हासिल गरेको जनाएका छन । हिजो ...

अरनिको राजमार्गः धुलिखेल–खावा सडकखण्डको निर्माणकार्य अन्योल

बनेपा । अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति कार्य अन्योलमा परेको छ । चार किलोमिटर सडक तोकिएको समयमा निर्माण ...

यस्तो आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३७ रूपैयाँ २...

विश्वका १९ वटा हिमनदी क्षेत्रमा उल्लेख्य क्षति, नष्ट भयाे ४५० अर्ब टन ग्लेसियर

काठमाडौं । संयुक्त राष्ट्रसंघले लगातार तेस्रो वर्ष २०२४ मा विश्वका १९ वटा हिमनदी क्षेत्रमा उल्लेख्य क्षति भएको जानकारी दिएको छ ।  संयुक्त राष्ट्र स...

आरनबाट निस्कीएको झिल्कोले घर बनायो खरानी

ताफलेजुङ । ताप्लेजुङको फुलबारीमा एक घरमा आगलागी हुँदा दुई लाख रुपियाँ बढीको क्षति भएको छ । आठराई त्रिबेणी गाउँपालिका –२, फुलबारी चोकपुरस्थित स्थानीय अ...

विकास सँगै बिनाश सुके खोला र खोल्सा, जल संरक्षण गर्न कठिन हुँदै

काठमाडौं । केही वर्षअघि सम्म पहाडमा हरेक खोला खोल्सीहरुमा सँदाबहार कलकल पानी बगी रहन्थ्यो । खोलावारी पारी सबैतिर हरीयाली भइरहन्थ्यो । तर, पछिल्लो दुईद...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy