रुकुमपश्चिम । रुकुमपश्चिमको मुसीकोट नगरपालिका –१ मा रहेको मुसीकोट खलङगा बहुमुखी क्याम्पसमा तालाबन्दी गरिएको छ ।
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको विषयलाई लिएर नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ र नेकपा (एमाले) निकट अनेरास्ववियुले विभिन्न चार वटा माग राखेर शनिबार क्याम्पस प्रशासनमा तालाबन्दी गरेका हुन् ।
मध्यपश्चिम विश्वविद्यालय अन्तर्गतको यस क्याम्पसमा आगामी चैत १८ गते निर्वाचन तोकिएकोमा क्याम्पस प्रशासन तथा निर्वाचन समितिले प्रकाशन गरेको अन्तिम मतदाता नामावलीप्रति असहमती र आपत्ति जनाउँदै दुई विद्यार्थी संगठनले तालाबन्दी गरेका हुन् ।
नेवि संघका कार्यवहाक अध्यक्ष अनिशेष केसी र अनेरास्ववियुका उपाध्यक्ष कुवेरजंग खत्रीले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै चार वटा मागहरुसहित तालाबन्दी गरिएको जनाए । विज्ञप्तीमा मध्यपश्चिम विश्व विद्यालयको निर्देशन विपरित अवैध रुपमा भर्ना गरिएका विद्यार्थीहरुलाई मतदाता सूचीबाट तत्काल हटाउनुपर्ने, दाबी विरोध प्रक्रियालाई विधिसम्मत रुपमा पुनः खुला गरी छलफल प्रक्रियामार्फत् मात्र निर्वाचन अगाडि बढाइनुपर्ने, हालको निर्वाचन अधिकृत र निर्वाचन समिति खारेज गरेर नयाँ निर्वाचन अधिकृत र निर्वाचन समिति गठन गरिनुपर्ने र निर्वाचन प्रक्रिया निश्पक्ष, पारदर्शी र कानूनी अधारमा अगाडि बढाईनुपर्ने माग राखिएको छ ।
मागको वेवास्ता गरिएमा उत्पन्न हुने परिस्थतिको जिम्मेवारी क्याम्पस प्रशासन र निर्वाचन समिति हुने समेत जनाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १३ गते, २०८१ - २०:५९
येरेभान । ऐतिहासिक रूपमा रूस–सहयोगी मुलुकका रूपमा मस्कोको कक्षबाट टाढा हुँदै आर्मेनियाको संसद्ले बुधबार युरोपेली सङ्घ (इयु) को सदस्यता प्रक्रिया सुरु ...
चैत्र १३ गते, २०८१ - २०:४५
काठमाडौं । अर्घाखाँचीमा बस दुर्घटना मृत्यु हुनेकाे संख्या चार पुगेकाे छ । बुधबार अर्घाखाँचीको सुपादेउरालीको दर्शन गरेर फर्किंदै गरेको लु २ ख ३०३ न...
चैत्र १३ गते, २०८१ - २०:११
काठमाडौं । हुम्ला केन्द्रबिन्दु भएर बुधबार साँझ भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु हुम्लाको कालिका रहेको थि...
चैत्र १३ गते, २०८१ - २०:०१
काठमाडौं । फिफा विश्वकप–२०२६ मा स्थान बनाइसकेको साबिक विजेता अर्जेन्टिनाले दक्षिण अमेरिकी छनोट खेलमा बलियो प्रतिद्वन्द्वी ब्राजिलमाथि सानदार जित निकाल...
चैत्र १३ गते, २०८१ - १९:४८
बुटवल । बुटवलमा भएको सडक दुर्घटनामा परी तिलोत्तमा नगरपालिकाका वडा सदस्य रामकृष्ण पाठकको मृत्यु भएको छ । तिलोत्तमा-२ का वडा सदस्य पाठक जानकीनगरबाट बुटव...
चैत्र १३ गते, २०८१ - १९:४२
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–४ मा बाबुले चलाएको ट्रकले किचेर चारवर्षीया छोरीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार...
चैत्र १३ गते, २०८१ - १९:३४
अर्घाखाँची । अर्घाखाँचीको शितगंगामा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । शितगंगा नगरपालिका २, भुवनपाटामा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भ...
चैत्र १३ गते, २०८१ - १९:३०
काठमाडौं । प्रहरीले सुन जस्तो देखिने धातुका विभिन्न गहनासहित ४१ वर्षीय दिपेश लाल चित्रकारलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका सूचना...
चैत्र १३ गते, २०८१ - १९:२७
चितवन । राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुरले पहिलोपटक मुरली मकै सिफारिसको तयारी गरेको छ । भीमनगर लोकल मुरली मकै सिफारिसको तयारी गरिएको कार्य...
चैत्र १३ गते, २०८१ - १८:४१
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङसँग नेपालका लागि जापानका राजदूत तोरु मायदाले शिष्टाचार भेट गरेका छन् । नेपाल सरकारका प्रव...
प्रतिकृया लेख्नुहोस्: