डाेटी । डोटी जिल्लाको पुर्विचौकी गाउँपालिका ५ मा रहेको नव प्रभात आधारभूत विद्यालयमा विद्यार्थीहरु लामो समयदेखि खुला चौरमा पढदै आएका छन् । विद्यालयमा कक्षा कोठाको अभाव भएपछि विद्यार्थीलाई नजिकै रहेको मालिका मन्दिरको प्रागणमा अध्यापन गराउनु परेको विद्यालयका प्रधानाध्यापक सिद्धराज जोशीले जानकारी दिए ।
२०४५ सालमा स्थापना भएपनि हालसम्म विद्यालयमा आवश्यकता अनुसार भवन नभएको जोशीले बताए । ९२ विद्यार्थी संख्या रहेको उक्त विद्यालयमा बाल विकासदेखि कक्षा ५ सम्म पढाइहुने गरेको छ ।
२०७९ साल कार्तिक २३ गते आएको भूकम्पले भवनमा क्षति गरेको छ जाडोको मौममा खुला आकासमा धेरै चिसो हुन्छ, वर्षाको समयमा कोठामा पानी भरिएर बस्नै नसक्ने अवस्था बन्दै आएको छ ।
प्रतिकृया लेख्नुहोस्: