Ntc summer Offer
Khabar Dabali १४ चैत्र २०८१ बिहीबार | 27th March, 2025 Thu
Investment bank

पूर्वराजा ज्ञानेन्द्र शाहलाई गिरफ्तार गर्ने योजना बन्दैछ ?

खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई गिरफ्तार गर्ने संकेत गरेका छन् । राजसंस्थाको पुनस्र्थापना, संघीयताको खारेजी, हिन्दू राष्ट्र स्थापनासहितका मागसहित आन्दोलन चर्किरहेका बेला प्रधानमन्त्री ओलीले यसमा थप छलफल गर्दै अगाडि बढ्न खोजेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग थप छलफल गरेर अगाडि बढ्ने योजनामा रहेका छन् ।

यसअघि नै प्रधानमन्त्री ओली, देउवा र प्रचण्डबीच छलफल हुने भनिएको थियो । तर, माओवादी केन्द्रद्वारा हुलाकी राजमार्ग केन्द्रित आयोजित जनतासँग माओवादी कार्यक्रमका लागि प्रचण्ड तराई मधेशतर्फ गएकाले उनीहरूको भेट हुन सकेन । प्रचण्ड गएपछि ओली र देउवाबीच मात्रै छलफल भएको थियो ।

‘यो व्यवस्थालाई नै चुनौती दिँदै सडकमा उत्रिएपछि पूर्वराजालाई पनि गिरफ्तार गर्नुपर्ने हुन्छ, यस विषयमा ओलीले देउवासँग छलफल गरिसक्नुभएको छ, थप छलफल आवश्यक भएकाले प्रचण्डसँग भेट्ने योजना छ, तर प्रचण्ड तराई मधेशतिर भएकाले तीनै जना नेताको भेट हुन सकेको छैन,’ बालुवाटार स्रोतले भन्यो, ‘अब छिट्टै नै तीन नेताबीच छलफल हुन्छ, के गर्नुपर्छ व्यवस्था जोगाउन त्यो सबै गर्नुपर्नेमा नेताहरू सहमत नै हुनुहुन्छ ।’

प्रधानमन्त्री ओलीले यसअघि नै प्रचण्डसँग भेट्ने प्रयास गरेका थिए । संसद्को ७ चैतमा बसेको बैठकमा ओलीले प्रचण्डसँग भेट्ने प्रयास पटकपटक गरिए पनि भेट हुन नसकेको बताएका थिए । कांग्रेस सभापति देउवाले आइतबार आयोजित एक कार्यक्रममा पूर्वराजा फर्किन नसक्ने दाबी गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपालगायतका दलहरू पूर्वराजालाई फर्काउने योजनासहित आन्दोलनमा उत्रिएपछि देउवाले पूर्वराजा फर्किन नसक्ने बताउँदै राप्रपाको अध्यक्ष बनाउनुपर्ने टिप्पणी गरेका छन् ।

माओवादी अध्यक्ष प्रचण्डले पूर्वराजालाई विभिन्न आरोप लगाउँदै संवैधानिक राजतन्त्र नफर्किने बताएका छन् । मूर्तिचोरदेखि भाइमारासम्मको आरोप प्रचण्डले यसअघि सिन्धुपाल्चोकको एक कार्यक्रममा लगाएका थिए । पूर्वराजालाई फर्काउनका लागि राप्रपाले आन्दोलन गरेपछि प्रचण्डले राजा कुनै पनि हालतमा नफर्किने ठोकुवासमेत गरेका छन् ।

प्रधानमन्त्री ओलीले यसअघि बसेको एमाले सचिवालय बैठकमा पूर्वराजाबाट व्यवस्थालाई चुनौती दिने काम बढ्दै गए गिरफ्तारसम्म गर्न सकिने जानकारी गराएको एक नेताले जनाएका छन् । गणतन्त्रविरुद्ध षड्यन्त्र भइरहेको बताउँदै उनले आफू नेतृत्वको सरकारलाई विस्थापित गर्ने योजनासमेत रहेको बताएका थिए ।

भारतीय पक्षबाट आफू नेतृत्वको सरकार ढाल्ने योजना बनेको बताउँदै उनले आफूले त्यसको प्रतिकार गर्ने जानकारी एमाले नेतालाई गराएका थिए । गत ४ चैतमा बसेको सचिवालय बैठकमा ओलीले भारतीय जासुसी संस्था ‘रअ’ले आफू नेतृत्वको सरकारविरुद्ध गतिविधि गरेको बताउँदै त्यसो हो भने आफूले संसद्मै त्यसमा खुला रूपमा बोल्ने बताएका थिए ।

एमाले स्रोतका अनुसार ओलीले आफूलाई प्रधानमन्त्रीबाट हटाउन दमकदेखि काठमाडौंसम्म भारतीयहरू परिचालित भएको बैठकमा खुलासा गरेका थिए । उनले आफूलाई हटाउने भारतीय चलखेललाई पनि देखाइदिने चेतावनी दिएका छन् । यसका साथै राजतन्त्र पुनस्र्थापनाको आन्दोलनमा भारतीयको पनि साथ सहयोग रहेको ओलीले बताएका थिए ।

प्रधानमन्त्री भएदेखि नै ओलीको भारतीय पक्षसँग सम्बन्ध सुधार हुन सकेको छैन । अरू प्रधानमन्त्रीलाई पदमा जानेबित्तिकै औपचारिक भ्रमणका लागि निम्तो दिने भारतले ओलीलाई नौ महिनासम्म पनि आमन्त्रण गरेको छैन ।

त्यसका लागि पटकपटक भएका प्रयास सफल हुन सकेको छैन । पछिल्लो समय परराष्ट्रमन्त्री आरजु देउवा राणाले प्रयास गरे पनि उनी पनि असफल भएकी छन् । स्वयं प्रधानमन्त्री ओलीले चीन भ्रमणपश्चात् भारत भ्रमणमा जाने उद्घोष गरेका थिए । यो समाचार आजको राजधानी दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

देशका अधिकांश भागमा आज मौसम सफा रहने, यी स्थानमा हुनसक्छ वर्षा

काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय  वायुको आंशिक प्रभाव रहेको  जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले कोशी र गण्डकी प्रदेशलगायत अन्य प्रदेशका...

दुवै सदनको बैठक आज पनि- सरकारविरुद्ध विपक्षीको मोर्चाबन्दी, गलाउने प्रधानमन्त्रीको रणनीति

काठमाडौं । संघीय संसदका दुवै सदनको बैठक आज पनि बस्दैछन्।  नेपाल विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउनुको कारणबारे प्रधानमन्त्रीको जवाफ माग गर्दै...

परीक्षणका लागि मनाङको चामेसम्म पहिलो पटक पुग्यो बस

मनाङ । बेँसीसहर–चामे खण्डमा बस सञ्चालनका लागि परीक्षण गर्न सदरमुकाम चामेसम्म पहिलो पटक बस पुर्‍याइएको छ । लमजुङ सदरमुकाम बेँसीसहरबाट यात्रु लिएर बेँसी...

भाडा नबुझाएको भन्दै बसपार्क सञ्चालकलाई सेवा सुविधा लिन नपाउने परिपत्र

मुस्ताङ । मुस्ताङमा बसपार्क सञ्चालन गर्ने एक सञ्चालक विरुद्ध सरकारी सेवा सुविधा लिन नपाउने गरी जिल्लाका सबै सरकारी कार्यालयमा परिपत्र जारी गरिएको छ । ...

समयमा काम नहुँदा दाउन्ने सडकखण्डको यात्रा कष्टपूर्ण

मध्यविन्दु (नवलपरासी) । नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत दाउन्ने क्षेत्रको यात्रा निकै कष्ट पूर्ण बनेको छ । सडक विस्तारका क्रममा दाउन्ने क्षेत्रको राजमा...

गर्मीसँगै उखु जुस व्यापारीको आम्दानी बढ्दै

महोत्तरी । तराई मधेसमा बिस्तारै गर्मी बढ्दै गएको छ । मौसम परिवर्तन, जलवायु परिवर्तनको असरका कारण अघिल्ला वर्षभन्दा पछिल्ला वर्षहरू निरन्तर ताता हुँदैछ...

चालु आर्थिक वर्षको दोस्रो चौमासिकमा ५.१ प्रतिशत आर्थिक वृद्धिदर

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/०८२ को दोस्रो त्रैमासिकमा पाँच दशमलव एक प्रतिशतको आर्थिक वृद्धि हासिल भएको अनुमान गरिएको छ । राष्ट्रिय तथ्याङ्क का...

फेरि घट्यो अमेरिकी डलरको भाउ, अन्य विदेशी मुद्रा कसको मूल्य कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिहीबारका विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।  आज अमेरिकी डलर केही घटेर एकको खरिददर १३६ रूपैयाँ ८४ पैसा र बिक...

एसइई परीक्षा दिइरहेका बालकको बूढीगण्डकीमा डुबेर मृत्यु

गोरखा  । एसइई परीक्षा दिइरहेका एक बालकको बूढीगण्डकी नदीमा डुबेर मृत्यु भएको छ । आरुघाट गाउँपालिका–१ का १६ वर्षीय युनिष गुरुङको बूढीगण्डकीमा पौडी खेल्न...

१५ चैतमा राजावादी-गणतन्त्रवादी आमनेसामने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र पूर्वपञ्च नवराज सुवेदी संयोजक रहेको ‘राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ राजसंस...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy