Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

अपराध बढ्दै जाँदा ह्वात्तै बढ्यो कैदी–बन्दीको संख्या

खबरडबली संवाददाता

काठमाडौं । पछिल्लो समय  समाजमा अपराध बढेकै कारण कैदी–बन्दीको संख्या ह्वात्तै बढेको छ । कारागार व्यवस्थापन विभागको तथ्याङ्क अनुसार पछिल्लो समय कैदी–बन्दीको संख्या ह्वात्तै बढेको हो । 

विभागका अनुसार २०८१ फागुन मसान्तसम्म नेपालका कारगारमा कैदी–बन्दी संख्या २९ हजार ८५ रहेको छ ।  एकदशकको नजीक अर्थात आठ वर्षको अन्तरालमा कैदी–बन्दीको संख्या ५५ प्रतिशतभन्दा बढीले वृद्धि भएको तथ्याङ्कमा उल्लेख छ । यसमा बालसुधार गृहमा राखिएका बालबालिकाको संख्या भने समावेश गरिएको छैन । कैदी–बन्दीमा पुरुषको संख्या २७ हजार ४७२ छ भने महिलाको संख्या १ हजार ६१३ छ । ६५ वर्षभन्दामाथिका उमेरका कैदीबन्दी ६४१ जना विभागको तथ्याङ्कले देखाउँछ । 

आठ वर्षअघि अर्थात् २०७३ फागुन मसान्तमा नेपालमा कुल कैदी–बन्दीको संख्या १८ हजार ७५५  रहेको थियो । उक्त समयमा पुरुष कैदी–बन्दीको संख्या १७ हजार ४८७ थियो भने महिलाको संख्या १ हजार २६८ थियो ।

२०७३ फागुन मसान्तको तुलनामा २०८१ फागुन मसान्तमा नेपालका कारागारमा कैदी–बन्दीको संख्या ५५.०७ प्रतिशतले वृद्धि भएको छ । आठ वर्ष अघिभन्दा अहिले नेपालका कारागारमा १० हजार ३३० बढी कैदी–बन्दी रहेका थिए  । 

विभागका अनुसार, हाल नेपालका कारागारमा १७ हजार ९४० जना कैदी छन् । कुल कैदीमध्ये १७ हजार २२ जना पुरुष र ९१८ जना महिला छन् । यस्तै, २०८१ फागुन मसान्तसम्म नेपालका कारागारमा ११ हजार १४५ जना थुनुवा छन् । तीमध्ये पुरुषको संख्या १० हजार ४५० र महिलाको संख्या ६९५ छ । 

हाल नेपालका कारागारमध्ये सबैभन्दा बढी कैदीरबन्दी जगन्नाथदेवलमा ३ हजार ७६६, झुम्का सुनसरीमा १ हजार ७५९, झापामा १ हजार ६१८, नख्खुमा १ हजार ३५५, पर्सामा १ हजार ३२७ र मोरङमा १ हजार ५३ जना छन् । नेपालका ७७ जिल्लामध्ये मुगुमा कारागार रहेको छैन ।

विदेशी कैदी–बन्दीकाे संख्यापनि बढ्दै

पछिल्लो आठ वर्षमा नेपालका कारागारमा विदेशी कैदी–बन्दीको संख्या ४१ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । विभागको तथ्याङ्क अनुसार, २०८१ फागुन मसान्तसम्म नेपालका कारागारमा १ हजार ४९५ जना विदेशी कैदीबन्दी छन् । तीमध्ये अधिकांश भारतीय छन् । 

आठ वर्षअघि अर्थात् २०७३ फागुन मसान्तमा नेपालमा कुल १ हजार ५९ जना कैदी–बन्दी थिए । २०७३ फागुनको तुलनामा २०८१ फागुनमा विदेशी कैदी–बन्दीको संख्या ४१.१७ प्रतिशतले बढेको छ । 

२०७३ सालको तुलनामा नेपालका कारागारमा ४३६ बढी विदेशी कैदीरबन्दी छन् । नेपालका कारागरामा भारत, भुटान, बोलिभिया, म्यानमार, चीन, जाम्बिया, बेलारुस, पाकिस्तान र क्यानडाका नागरिक छन् । 

बालसुधारमा ४३३ प्रतिशतभन्दा बढीले वृद्धि 

बितेको आठ वर्षमा नेपालका बालसुधार गृहमा बालबालिकाको संख्या ४३३ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । कारागार व्यवस्थापन विभागका अनुसार, २०८१ फागुन मसान्तमा नेपालका ९ वटा बालसुधार गृहमा रहेका बालबालिकाको संख्या १ हजार ३६१ छ । 

बालसुधार गृहमा कैदी बालबालिकाको संख्या ७८४ छ । जसमध्ये ७६३ जना बालक र २१ जना बालिका रहेका छन् ।

यस्तै, बालसुधार गृहमा कुल ५७७ जना थुनुवा बालबालिका छन् । थुनुवामध्ये ५६२ जना बालक र १५ जना बालिका छन् । २०७३ फागुन मसान्तमा तीन वटा बालसुधार गृहमा कुल २५५ जना बालबालिका थिए । जसमध्ये २५० बालक र ५ बालिका थिए ।

२०७३ सालको तुलनामा २०८१ सालमा बालसुधार गृहमा बालबालिकाको संख्या ४३३।७२ प्रतिशतले वृद्धि भएको छ । २०७३ सालमाभन्दा बालसुधार गृहमा १ हजार १०६ जना बढी बालबालिका छन् । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

त्यो ‘आइकोनिक’ तस्बिरको कथा

प्रजातन्त्र : अमर रहोस्! यो जित कसको : जनताको! इन्कलाब : जिन्दाबाद! त्यो दिन म यस्तै नारा लगाइरहेकी थिएँ। हजारौँ मानिसको भिडबाट जुरुक्क उठेर ...

नियमित शुल्क भुक्तानी सुविधा सक्रिय वा निष्क्रिय गर्ने व्यवस्थाककाे समयावधि ३० दिन

काठमाडाैं । नेपााल टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा उपलब्ध तथ्यांक सुविधासम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ। अब तथ्यांक प्याक खरिद ...

नेपापल टेलिकमकाे एसईई अफर

काठमाडाैं । नेपाल टेलिकमले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी परीक्षार्थीहरूका लागि “एसईई अफर २०८२” उपलब्ध गराएको छ। यस अफर अन्तर्...

कन्सल्टेन्सीको जागिरबाट संसद् हुँदै उपसभामुखको दैलोकाे संघारमा रबी

धनुषाकी २५ वर्षीया रुबीकुमारी ठाकुर केही महिनाअघि सम्म स्थानीय परामर्श संस्थामा मासिक २० हजार रुपैयाँ तलबमा काम गर्थिन्। बिहान कार्यालय, साँझ घर—जीवन ...

युद्धविरामको घोषणा भएयता ९ वटा जहाजले मात्र होर्मुज पार गरे

काठमाडाैँ । इरान र इजरायलबिचको बढ्दो तनावका कारण विश्वकै महत्त्वपूर्ण समुद्री व्यापारिक मार्ग स्ट्रेट अफ होर्मुजमा अनिश्चितता कायम नै रहेको छ। इरान सर...

चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु

चितवन। माडी नगरपालिकामा एक युवतीको दुर्घटनाबाट मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिका–८ खरकट्टाकी १८ वर्षीया प्रिति परियार रहेकी छन्। भरतपुरबा...

कञ्चनपुरमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु , ६ जना घाइते

कञ्चनपुर । कञ्चनपुरमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।  कृष्णपुर नगरपालिका-१ पहरियामा डडेल्धुरातर्फ गइरहेको से १ ज २९० नम्बरको जीप भित्री ग...

सेतो हात्ती’ कि राष्ट्रिय सम्पत्ति ? रुग्ण उद्योगबारे सरकारको नयाँ बाटो

काठमाडाैं । वर्षौँदेखि बन्द वा कमजोर अवस्थामा रहेका सरकारी उद्योगलाई पुनः चलाउने तयारीमा सरकार जुटेको छ। चुनावी भाषणमा गरिएको प्रतिबद्धता अहिले नीतिगत...

सरकारी निर्णयविरुद्ध झापामा सञ्चारकर्मीको आवाज: ज्ञापनपत्रमार्फत दबाब

झापा । नेपाल पत्रकाार महासंघ झापा शाखाले सरकारी सूचना तथा विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन–प्रसारण गर्ने निर्णय फिर्ता लिन माग गर्दै आन्दो...

किन ढिलाइ हुँदैछ कांग्रेसमा संसदीय दलको नेता चयन ?

प्रतिनिधिसभा सदस्यहरूले शपथ लिएको दुई साता बितिसक्दा पनि नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न नसक्नु साधारण प्रशासनिक ढिलाइ होइन  । यो पार्टीभि...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending