Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

स्ववियु चुनावले तातियो रारा बहुमुखि क्याम्पस, एक स्वतन्त्र सहित दुई जना चुनावी मैदानमा

खबरडबली संवाददाता

मुगु  ।  मध्यपश्चिम विश्वविद्यालय अन्तर्गत रहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा मुगुको रारा बहुमुखि क्याम्पसमा चुनावी माहोल तातिएको छ । 

सोमवार अर्थात चैत १८ गते हुने स्वबियु निर्वाचनका लागि मुगुका सक्रिय विभिन्न दलनिकटका संगठनहरू र एक स्वतन्त्र उम्मेदवार र दुई जना प्रत्यक्ष दलनिकट बाट अध्यक्ष पदका लागि प्रतिस्पर्धाको लागि मैदानमा उत्रिएका छन् ।

बिगतका बर्ष भन्दा यो वर्ष रारा बहुमुखी क्याम्पसमा भोलि हुन लागेको निर्वाचनले विद्यार्थी राजनीतिमा नयाँ मोड ल्याउने अनुमान गरिएको छ ।

प्रमुख प्रतिस्पर्धीको रूपमा नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ , नेकपा एमालेनिकट अनेरास्ववियु, र माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले गठबन्धन गरेर चुनावी मैदानमा उत्रिएका छन् । 

एकातिर पछिल्लो समय विद्यार्थीहरूमा दलहरू प्रति असन्तुष्टि बढ्दै गएकाले सायद मुगुमा पहिलो पटक स्वतन्त्र उम्मेदवारी रहेको छ ।  

निर्वाचन समितिका निर्वाचन अधिकृत लाल केशर रोकायाका अनुसार नेपाल विद्यार्थी संघ , अनेरास्ववियु , एक  स्वतन्त्र उम्मेदवार र  अखिल क्रान्तिकारी विद्यार्थी संगठन निर्वाचन प्रतिस्पर्धामा छन् ।

नेकपा एमाले निकट अनेरास्ववियु , नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले गठबन्धन गरेर चुनावी मैदानमा उत्रिएको निर्वाचन अधिकृत रोकायाको भनाई छ । प्रमुख दलनिकट विद्यार्थी संगठनहरू नेतृत्व आफ्नो पक्षमा हात पार्न कसरत गरिरहेका छन् भने स्वतन्त्र उम्मेदवारले समेत चुनावी अभियान सञ्चालन गरिरहेका छन् ।   

अध्यक्ष पदका लागि नेविसंघबाट जयलक्ष्मी रावल , गठबन्धन बाट अनेरास्ववियुका रविन्द्र मल्ल र स्वतन्त्र उम्मेदवारका रूपमा सुशिल कुमार मल्ल प्रतिस्पर्धामा छन् ।

 कोषाध्यक्ष पदमा नेविसंघ बाट पञ्चादेवि सेजुवाल र गठबन्धन बाट अनेरास्ववियुकी सरीता खड्का , सचिवमा नेविसंघका सागर हितान , गठबन्धन बाट अखिल क्रान्तिकारीकी औसरा बुढाले उम्मेदवारी दिएका छन् । स्ववियु कार्यसमितिको रारा बहुमुखि क्याम्पसमा अध्यक्ष, सचिव, कोषाध्यक्ष सहित २ सदस्यीय हुने व्यवस्था छ ।  

मध्यपश्चिम विश्वविद्यालय अन्तर्गत रहेको रारा बहुमुखि क्याम्पसमा नया नेतृत्व चयनका लागि १ सय ७२ जना मतदाताले भोलि आफ्नो मताधिकार प्रयोग गर्नेछन् । २०७९ साल चैतमा सम्पन्न  निर्वाचनबाट कांग्रेसनिकट नेविसंघका राज तामाङ अध्यक्षमा निर्वाचित भएका थिए ।

बिगतका वर्ष भन्दा यो बर्ष ववियु निर्वाचन अलि रोचक देखिने छ । एकातिर गठबन्धन गरेर चुनावी मैदानमा उत्रिएका छन् भने अर्को ति स्वतन्त्र उम्मेदवार । यस वर्षको स्ववियु मुगुको निर्वाचनमा कस्ले बाजि मार्ला भन्ने त्यो हेर्न बाँकि छ । निर्वाचन भोलि बिहान ७ बजेदेखि ५ बजेसम्म सञ्चालन हुने निर्वाचन समितिले जनाएको छ ।    

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बालेन–रेशम संवाद चुनावी सहकार्यतर्फ : ‘नयाँ शक्तिहरू एक हुनैपर्छ’

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भ...

अमर्यादित लेखाइ भएका सवारीसाधन नियन्त्रणमा लिन बाँके ट्राफिकको अभियान

नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले सवारीसाधनमा लेखिएका अमर्यादित, असभ्य तथा सामाजिक मर्यादा विपरीतका भनाइहरू हटाउने अभियान सुरु गरेको...

शीतलहर र हिमपातले जनजीवन कष्टकर बन्दा तत्काल सहयोग गर्न प्रचण्डको अपिल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्र...

कांग्रेस महामन्त्री विश्वप्रकाशले गरे युवालाई अवसर दिँदै चुनाव नलड्ने घोषणा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०७९ को निर्वाचनमा झापा–१...

जेनजी आन्दोलनपछिको राजनीति उथलपुथल: चुनाव नजिकिँदै दलहरू एकता र ध्रुवीकरणको होडमा

काठमाडौँ । जेनजी आन्दोलनपछि बदलिएको मुलुकको राजनीतिक परिस्थिती र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नयाँ तथा पुराना दलह...

प्रतिनिधिसभा निर्वाचन फागुन २१ मै हुन्छ : अर्थमन्त्री खनाल

लहान । अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । लहानस्थित रामक...

नेपाली कांग्रेस कार्य सम्पादन समितिको बैठक पुस ११ मा पुनः बस्ने

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टीको के...

नेपाली कांग्रेसको ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यता नवीकरण

काठमाडौँ । नेपाली कांग्रेसले हालसम्म ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यताको नवीकरण सम्पन्न भएको जनाएको छ । सदस्यता व्यवस्थापन समितिका सदस्य प्र...

मोरङमा टिपरको ठक्करबाट छोराको मृत्यु, बुबा घाइते

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ मा टिपरको ठक्करबाट स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । बिहीबार साँझ विराटच...

वैकल्पिक शक्ति ध्रुवीकरणमा गोपाल हमालको स्पष्ट ‘ब्रेक’– “कार्यकालभरि कुनै दल वा अभियानमा लाग्दिनँ”

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending