काठमाडौँ । कुलमान प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीको अडानका कारण संसद् बैठक प्रभावित बनेको छ । प्रधानमन्त्रीले जवाफ नदिएसम्म संसद् चल्न नदिने विपक्षीको रटान छ ।
बुधबार दुई पटक स्थगित भएको प्रतिनिधि सभा बैठक बिहीबार ११ बजेलाई निर्धारण गरिएको थियो । तर बिहीबार ११ बजेको बैठक पनि बस्न नसकेपछि दिउँसो २ बजेलाई सारिएको थियो । डेढ घण्टा बित्दा समेत २ बजेका लागि तय भएको बैठक अझै बस्न सकेको छैन ।
नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भने ‘प्रधानमन्त्रीले यस विषयमा जवाफ दिनुहुन्न बरु सरकारको तर्फबाट कसैले जवाफ दिन सकिन्छ’, बर्तौलाले भने, ‘एउटा कर्मचारीको विषयमा प्रधानमन्त्रीले जवाफ दिँदै हिँड्ने कुरा राम्रो होइन ।’ प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे भने प्रधानमन्त्रीबाहेक अन्यले जवाफ दिने कुरामा सहमत हुन नसक्ने बताउँछन् ।
प्रतिकृया लेख्नुहोस्: