काठमाडौं । विद्युत् प्राधिकरणले भारतबाट थप ४ घण्टा बिजुली आयात गर्न पाउने भएको छ । यसअघि दैनिक १२ घण्टा बिजुली आयात गर्दै आएको प्राधिकरणले शुक्रबारदेखि १६ घण्टासम्म आयात गर्न पाउने भएको हो ।
प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले नेपाली पक्षको आग्रहपछि भारत बिजुली आयातको समय थप्न सहमत भएको जानकारी दिए । ‘पहिले बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म ल्याउन पाइन्थ्यो, अब बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म र राति ११ बजेदेखि बिहान ४ बजेसम्म बिजुली ल्याउन पाइने भएको हो,’ उनले भने, ‘समयसँगै आयात गर्न पाइने बिजुलीको परिमाण पनि बढेको छ ।’
भारतले ४ सय केभी ढल्केबर–मुजफ्फरपुरबाट ६ सय र टनकपुर–महेन्द्रनगर प्रसारण लाइनबाट ५४ मेगावाट गरी कुल ६५४ मेगावाट बिजुली आयात गर्ने अनुमति दिएको छ । प्राधिकरणले हिउँदमा बिजुली उत्पादन कम हुने भएकाले आन्तरिक माग धान्न भारतबाट आयात गर्दै आएको छ । गत मंसिरमा हिउँदमा बिजुली आयात गर्ने अनुमति दिँदा भारतले चैत २ सम्म दिनको २० घण्टा र चैत ३ देखि आगामी असार १६ सम्म सोलार आवर (बिहान ६ देखि साँझ ६ बजेसम्म) मात्रै आयात गर्ने अनुमति दिएको थियो । चैत ३ यता प्राधिकरणले दैनिक १२ घण्टा बिजुली आयात गर्दै आएको छ ।
इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स) को डे–अहेड र रियल टाइम बजारमा प्रतिस्पर्धामार्फत नेपालले बिजुली खरिद गर्दै आएको छ । यसअनुसार खरिद गर्ने अघिल्लो दिन नै मूल्य र परिमाणसहित ‘बिडिङ’ हुन्छ । आईएक्सबाट हालसम्म दिउँसो साढे ५ सय मेगावाटसम्म आयात हुँदै आएको छ । नेपाल–भारत विद्युत् आदानप्रदान समिति (पीईसी) बाट पनि नेपालले बिजुली आयात गर्दै आएको छ । पीईसीमार्फत ३५० मेगावाट आयात गर्न पाइने भए पनि नेपालले २ सय मेगावाट मात्र ल्याउने गरेको छ ।
‘पीईसीबाट ३५० मेगावाट लिन पाउने भए पनि भारतले दिइरहेको छैन,’ शाक्यले भने, ‘भारतले आवश्यक नहुँदा मात्रै हामीलाई दिइरहेको छ ।’ राति पनि बिजुली आयात गर्न पाउने व्यवस्था भएसँगै शुक्रबारदेखि विराटनगर र भैरहवा औद्योगिक करिडोरको लोडसेडिङ बन्द हुने उनले दाबी गरे । ‘उच्च माग भएको बेला (पिक आवर) बाहेक अन्य समयमा अब औद्योगिक क्षेत्रमा लोडसेडिङ हुँदैन,’ उनले भने ।
भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) सँग थप २३० मेगावाट बिजुली ल्याउन प्रक्रिया अघि बढाएको समेत उनले जानकारी दिए । ‘गत असोजमा २३० मेगावाट बिजुली ल्याउन सम्झौता भएको रहेछ, तर फलोअप नगर्दा भारतले उक्त बिजुली अरूलाई बेचिसकेको रहेछ, त्यो रद्द भयो,’ उनले भने, ‘एनभीभीएनसँग बोलपत्र मागेका छौं । कति रुपैयाँ पर्छ हेर्न जरुरी छ ।’ प्रक्रियामा रहेका बिजुलीसमेत आयात गर्न सकिए औद्योगिक क्षेत्रको लोडसेडिङ २/३ घण्टामा सीमित हुने उनले बताए । यो समाचार आजको कान्तिपुर दैनिकले लेखेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: