काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई भेटेर सांसद पद निलम्बन फुकुवाका लागि आग्रह गरेका छन् ।
मंगलबार पार्टीका सांसदसहित सभामुख घिमिरेलाई भेट्न उनकै कार्यकक्ष सिंहदरबार पुगेका लामिछानेले मुद्दा अदालतको ढोकामा पुग्नेबित्तिकै जननिर्वाचित सांसद पद निलम्बन गर्न नमिल्ने बताएको जानकारी दिए।
‘जनप्रतिनिधिका लागि सर्वोच्च निकाय सम्मानित सदन हो। यो अधिवेशन सुरू भएको पहिलो दिन नै प्रक्रियागतरूपमा नै सभामुख देवराज घिमिरेलाई निवेदन दिएको थिएँ। संविधान, कानुनको मक्सद त्यो होइन। राजनीतिक प्रतिशोधका कारणले म जन्मनुभन्दा अगाडि, मेरो हजुरबुबाले आर्जन गरेको सम्पत्तिलाई पनि कसुर मानेर, मेरो विवाहभन्दा अगाडि श्रीमतीको सम्पत्तिलाई कसुर मानेर खाली सांसद पद कसरी निलम्बन गर्न सकिन्छ भन्ने कुत्सित मनसाय राखेर मुद्दा दर्ता मात्र गरिएको हो। ढोकामा टेकाइएको मुद्दामा आधारमा निलम्बन हुनुहुँदैन भनेर निवेदन राखेको थिएँ,’ उनले भने।
उनले एकजना मानिस सधैं अदालत मात्रै गइरहने, सधैँ झैझगडामात्रै गरिरहने भन्ने नहुने पनि बताए। संसदको विषय संसदबाटै निरुपण होस् भन्ने आफ्नो अभिप्राय रहेको उनले बताए।
लामिछाने सांसद पदबाट गत पुस ८ गते निलम्बनमा परेका थिए ।
गत कात्तिक २ गते सभापति लामिछाने पक्राउ परेका थिए । पछि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण अभियोगमा मुद्दा दर्ता भएपछि गत पुस ८ गते उनको सांसद पद निलम्बन भएको थियो ।
रास्वपाले लामिछानेको सांसद् पद निलम्बनमा सभामुखले विवेक नपुर्याएको टिप्पणी समेत गर्दै आएको छ ।
संसद सचिवालयले भने लामिछानेको सांसद पद निलम्बनको आधार कास्की जिल्ला प्रहरी कार्यालयको पत्रलाई देखाउँदै आएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २२ गते, २०८१ - १७:३१
माछापुच्छ्रे । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समाज रुपान्तरणमा गीत सङ्गीत शक्तिशाली हुने बताएको छन । राष्ट्रिय लोक तथा दोहोरी गी...
चैत्र २२ गते, २०८१ - १७:२४
रेसुंगा । गुल्मी उद्योग वाणिज्य संघको निर्वाचनमा ९१.४५ प्रतिशत मत खसेको छ । शुक्रबार अध्यक्ष पदका लागि मृगेन्द्रप्रसाद श्रेष्ठ र रामप्रसाद पन्थीले उम्...
चैत्र २२ गते, २०८१ - १७:२०
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका समकक्षी नरेन्द्र मोदीसँगको भेटवार्ता सार्थक र सकारात्मक भएको बताएको छन। बिहीबार बैंककमा भएको भेटव...
चैत्र २२ गते, २०८१ - १६:५९
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज थाइल्याण्डको बैड्ककमा भेटवार्ता भएको छ । सम्मेलनका क्रममा बैंककम...
चैत्र २२ गते, २०८१ - १६:३९
रामपुर । माछा मार्न भनी हिँडेका एक पुरुष कालीगण्डकी नदीमा मृत अवस्थामा फेला परेको छ । रम्भा गाउँपालिका–१ असेर्दीका ५२ वर्षीय सञ्जय बोटे रम्भा–१, बिसमु...
चैत्र २२ गते, २०८१ - १६:२७
काठमाडौँ । दीर्घकालीन खानेपानी व्यवस्थापनका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र खानेपानी मन्त्रालयबिच सम्झौता भएको छ । ऊर्जामन्त्री दीपक खड्...
चैत्र २२ गते, २०८१ - १६:१५
बेरुत । लेबनानको सिडोनस्थित एक अपार्टमेन्टमा शुक्रबार भएको इजरायली ड्रोन आक्रमणमा हमासका वरिष्ठ अधिकारी हसन फरहत र उनका दुई छोराको मृत्यु भएको लेबनानी...
चैत्र २२ गते, २०८१ - १६:०१
काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिले चैत १५ गते भएको राजावादी प्रदर्शनलाई लिएर पाँच बुदेँ निर्देशन दिएको छ। सो घटनाका बारेमा गृह मन्त्री रम...
चैत्र २२ गते, २०८१ - १५:३१
बैङकक । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच शुक्रबार थाइल्याण्डको बैङककमा भेटवार्ता भएको छ । बहुक्षेत्रीय प्राविधि...
चैत्र २२ गते, २०८१ - १५:१७
काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले श्रम बजार सूचना प्रणालीको विस्तार गरेर रोजगार र उद्यम प्रर्वद्धन गर्न सरकार प्रयास...
प्रतिकृया लेख्नुहोस्: