बैङ्कक। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो औपचारिक भ्रमणबाट नेपाल र थाइल्याण्डबीचको आपसी सम्बन्ध नयाँ उचाइमा पुगेको बताएका छन् ।
थाइल्याण्डको औपचारिक भ्रमणका क्रममा बैङ्ककमा रहनुभएका प्रधानमन्त्री ओलीले थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्सँगको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले भ्रमणबाट दुई मुलुकबीच संस्कृति, पर्यटन, शिक्षा, ऊर्जालगायतका क्षेत्रमा सहकार्य अभिवृद्धि हुने विश्वास व्यक्त गरेका हुन ।
उनले नेपाल र थाइल्याण्डकबीच ६५ वर्षदेखि रहेको कूटनीतिक सम्बन्ध र जनता–जनताबीचको सम्बन्धलाई अझ विस्तार गर्ने विषयमा आफूहरुबीच छलफल भएको बताए ।
प्रधानमन्त्री ओलीले नेपालमा होटल व्यवसाय तथा हवाई सेवाजस्ता पर्यटन क्षेत्रमा थाइल्याण्डको लगानी र व्यापारका विषयले आगामी दिनमा प्राथमिकता पाउने विश्वास व्यक्त गरे ।
“नेपाल र थाइल्याण्डबीच कृषि, व्यापार, पर्यटन, संस्कृतिको गहिरो सम्बन्ध कायम रहेको छ । थाइल्याण्डका लगानीकर्तालाई नेपालमा लगानीका लागि म आह्वान गर्दछु,’ प्रधानमन्त्री ओलीले भने, ‘नेपाल र थाइल्याण्डबीचमा व्यापार र पर्यटनको सम्बन्ध राम्रो रहेको छ । अब हामी अन्तरराष्ट्रिय मुद्दाका साथै जलवायु परिवर्तनका बारेमा हातेमालो गरेर काम गर्नेछौं।’
प्रधानमन्त्री ओलीले थाइल्याण्डका प्रधानमन्त्री शिनावात्लाई नेपाल भ्रमणको निमन्त्रणा दिएको जानकारी दिँदै छिट्टै नेपालको भ्रमण हुने विश्वास पनि व्यक्त गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २५ गते, २०८१ - १५:४४
सुर्खेत । कर्णाली प्रदेशसभाले धमाधम कानुन निर्माण गरिरहेको छ । दोस्रो कार्यकालको पाँचौ अधिवेशनबाट मात्र सातवटा विधेयक पारित भएका छन् । यो अवधिमा सर...
चैत्र २५ गते, २०८१ - १५:२४
काठमाडौं। सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न नेपाल प्रहरीको आरोहण दलका सदस्यलाई शुभकामनासहित सफलताका लागि बिदाइ गरिएको छ। नेपाल प्रहरी प्रधान कार्य...
चैत्र २५ गते, २०८१ - १५:१८
काठमाडौ । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले बहुदल आएपछि पनि भ्रष्टाचारलगायतका समस्याहरू उस्तै रहेको बताएका ...
चैत्र २५ गते, २०८१ - १५:०४
काठमाडौं । प्रतिनिधि सभाअन्तर्गको कानुन, न्याय तथा मानव अधिकार समितिले मध्यवर्ती क्षेत्रमा बसोवास गर्ने मानिसको मानव अधिकारको अवस्थाबारे स्थलगत अध्ययन...
चैत्र २५ गते, २०८१ - १४:१७
काठमाडौ । अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर निलम ढुङ्गाना तिम्सिनालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेको छ । गभर्नर...
चैत्र २५ गते, २०८१ - १४:१३
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले विद्यालय शिक्षा विधेयक छिटो पास गर्नुपर्ने माग राख्दै नेपाल शिक्षक महासंघसँग भएका विगतका म्झौताहरू पूरा गर्न ...
चैत्र २५ गते, २०८१ - १४:०८
तिलोत्तमा । विसं २०७९ चैत १ गतेदेखि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले गुट्खाजन्य पदार्थको बिक्रीवितरणमा रोक लगायो । नगरपालिकाले एक समारोहबीच गुट्खाजन्...
चैत्र २५ गते, २०८१ - १३:५८
मुम्बई। अभिनेत्री प्रियंका चोपडा माभेरिक निर्देशक एसएस राजामौली र सुपरस्टार महेश बाबुको एसएसएमबी २९ बाट ठूलो भारतीय सिनेमामा पुनरागमन गर्दैछिन्। यसको ...
चैत्र २५ गते, २०८१ - १३:४६
काठमाडौ । नेपाल राष्ट्र बैंकले फेरि ३५ अर्ब खिच्ने तयारी गरेको छ। बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले चैत २५ गते बैंकिङ प्रणालीबाट ...
चैत्र २५ गते, २०८१ - १३:४०
गण्डकी । पोखरा महानगरपालिकाले कृषकलाई चैते धानको बिउ अनुदानमा उपलब्ध गराएको छ । महानगरपालिकाले एक हजार ५०० किलोग्राम धानको बीउ ५० प्रतिशत अनुदानमा ...
प्रतिकृया लेख्नुहोस्: