विराटनगर : प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मोरङका ६ वटै क्षेत्रमा मतगणना जारी रहँदा ५ क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अनुसार क्षेत्र नम्बर ३ बाहेकका क्षेत्रमा रास्वपा उम्मेदवार अगाडि रहेका छन्। नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी र जनता समाजवादी पार्टी नेपाल का उम्मेदवार पछिपछि छन्।
मोरङ क्षेत्र नम्बर ६ मा रास्वपा उम्मेदवार रूविना आचार्य ले अग्रता लिएकी छन्। ५ हजार ७३४ मत गणना हुँदा आचार्यले ३ हजार ४२३ मत प्राप्त गरेकी छन्। उनलाई शेखर कोइराला (नेपाली कांग्रेस) ले ७२८ मतसहित पछ्याइरहेका छन् भने विनोद ढकाल (एमाले) ६२७ मतसहित तेस्रो स्थानमा छन्।
क्षेत्र नम्बर ५ मा रास्वपा उम्मेदवार आशा झा ले ३ हजार ९७९ मतसहित अग्रता बनाएकी छन्। राजकुमार यादव (जसपा नेपाल) १ हजार ३६६ मतसहित दोस्रो स्थानमा छन् भने शिवकुमार मण्डल (नेकपा) १ हजार २८६ मतसहित तेस्रो स्थानमा रहेका छन्।
त्यसैगरी, क्षेत्र नम्बर ४ मा रास्वपाका उम्मेदवार सन्तोष राजवंशी ११ हजार ५६४ मतसहित अग्रस्थानमा छन्। उनलाई गुरुराज घिमिरे (नेपाली कांग्रेस) ले २ हजार ६४८ मतसहित पछ्याइरहेका छन्।
मतगणनाको सुरुवाती अवस्थामा क्षेत्र नम्बर ३ मा भने श्रम संस्कृति पार्टी का उम्मेदवार अमिर मगर ५५४ मतसहित अग्रस्थानमा छन्। सुनिल शर्मा (नेपाली कांग्रेस) ले ३३६ मतसहित पछ्याइरहेका छन् भने रास्वपा उम्मेदवार गणेश कार्की २९५ मतसहित तेस्रो स्थानमा छन्।
क्षेत्र नम्बर २ मा रास्वपा उम्मेदवार कृष्ण कार्की ले १ हजार १६७ मतसहित अग्रता बनाएका छन्। उनलाई दिलीपकुमार अग्रवाल (एमाले) ले ४४५ मत र मिनेन्द्रप्रसाद रिजाल (नेपाली कांग्रेस) ले ३६७ मतसहित पछ्याइरहेका छन्।
त्यस्तै, क्षेत्र नम्बर १ मा पनि रास्वपा उम्मेदवार यज्ञमणी न्यौपाने ले ४ हजार १२६ मतसहित अग्रता बनाएका छन्। उनलाई शान्ति पाख्रिन (श्रम संस्कृति पार्टी) ले २ हजार ८१४ मतसहित पछ्याइरहेकी छन्।
मोरङका सबै क्षेत्रमा मतगणना जारी रहेको निर्वाचन कार्यालयले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ७ गते, २०८३ - १८:२६
काठमाडौं । रास्वपाका रवि लामिछानेले नेपाली कांग्रेस र नेकपा एमालेभित्र देखिएका आन्तरिक समस्या समाधान गर्न आग्रह गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्...
आषाढ़ ७ गते, २०८३ - १८:१९
चितवन । रास्वपाका सभापति रवि लामिछानेले सरकार सञ्चालनको जिम्मेवारी बालेन्द्र शाह मा रहेको बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम...
आषाढ़ ७ गते, २०८३ - १८:०८
चितवन । बालेन्द्र शाह ले आफ्नो कार्यकालमै सुकुमवासी समस्या र सहकारी संकट समाधान गर्ने बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महा...
आषाढ़ ७ गते, २०८३ - १८:०३
चितवन । प्रधानमन्त्री बालेन्द्र शाहले सरकारी रकमको दुरुपयोग र विगतका अनियमिततामा संलग्न जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याइने बताएका छन्। राष्ट्...
आषाढ़ ७ गते, २०८३ - १७:५९
राष्ट्रियताप्रति कसैलाई पनि शंका नगर्न आग्रह
आषाढ़ ७ गते, २०८३ - १७:५३
चितवन। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिक दलले आफ्ना नेतालाई 'भगवान्' वा 'बा'बनाउने प्रवृत्तिका कार...
आषाढ़ ७ गते, २०८३ - १७:४३
काठमाडौं । नेपाली कांग्रसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थापना भएको चार वर्षमै प्राप्त गरेको जनसमर्थन लोभलाग्दो र...
आषाढ़ ७ गते, २०८३ - १७:३२
काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आफूले वर्षौंदेखि पैरवी गर्दै आएको वैकल्पिक राजनीतिको उपलब्धिका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्व...
आषाढ़ ७ गते, २०८३ - १७:२६
चितवन । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले राष्ट्रिय राजनीतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कहाँ उभिन्छ भन्ने विषयमा सबैको चासो रहेको बताएका ...
आषाढ़ ७ गते, २०८३ - १७:१५
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकमा विद्यमान समस्याहरूको समाधान र विकासका लागि राजनीतिक दलहरूबिच रा...



प्रतिकृया लेख्नुहोस्: