Khabar Dabali २८ जेष्ठ २०८३ बिहीबार | 11th June, 2026 Thu
Investment bank

टीकापुरमा अभिभावकविहीन बालबालिकाका लागि संरक्षण केन्द्र बन्दै

खबरडबली संवाददाता

टीकापुर । कैलालीको टीकापुर नगरपालिकाले अभिभावकविहीन बालबालिकाका लागि अनाथ तथा असहाय बालबालिका संरक्षण केन्द्र सञ्चालन गर्न थालेको छ । नगरपालिकाले टीकापुर–१ वनगाउँस्थित सरस्वती माविमा संरक्षण केन्द्र सञ्चालनको तयारी गरेको छ  ।

विद्यालयमा ५० बालबालिका अट्ने संरक्षण केन्द्र निर्माण भइसकेको छ । पालिकाले ४० विद्यार्थीलाई यस वर्ष नयाँ शैक्षिक शत्रदेखि संरक्षणमा राख्न सकिने गरी तयारी थालेको छ  । यसका लागि रु २० लाख बजेटको व्यवस्था गरिएको शिक्षा अधिकृत नरेश अवस्थीले बताए ।

‘अभिभावकविहीन बालबालिकाको शैक्षिक विकासमा सहयोग पुगाउने उद्देश्य हो, बालबालिकाको आवास तथा गासकै समस्या रहेकाले शैक्षिक विकासमा समस्या देखिएको छ’, उनले भने, ‘अभिभावक नभएका बालबालिकाको संरक्षण पालिकाको जिम्मेवारी हो । उनीहरुले पढ्न पाउनु उनीहरुको नैसर्गिक अधिकार भएकाले हामीले संरक्षण केन्द्र सञ्चालन गर्न थालेका हौँ ।’

पालिकाले शैक्षिक वर्ष २०८२ देखि लागू हुने गरी संरक्षण केन्द्र सञ्चालन गर्न थालेको छ । केन्द्रमा पालिकाभित्रमा स्थायी बसोबास भएका बालबालिका बस्न पाउनेछन् । सरस्वती मावि बनगाउँले विद्यार्थी भर्नाका लागि गत माघ ३ गते नै सूचना निकालिसकेको छ । अनाथ तथा असहाय बालबालिका संरक्षण केन्द्रमा नयाँ विद्यार्थी भर्नाका लागि विद्यालय व्यवस्थापन समितिले निर्णय गरी अनाथ तथा असहाय बालबालिका संरक्षण केन्द्र सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८१ परिच्छेद ५ को उपदफा १ बमोजिम सूचना निकालिएको प्रधानाध्यापक खगेन्द्रबहादुर घर्तीमगरले बताए ।

‘पालिकाले छात्रावासका लागि बजेट विनियोजन गरेको छ, हामीसँग यसअघि नै छात्रावास छ’, उनले भने, ‘विगतमा मुक्तकमलहरी बसिरहेका थिए । उनीहरुले कक्षा १२ सम्मको पढाई सकेकाले छात्रावास खाली थियो ।’ छात्रावासमा १६ वर्षमुनिका बालबालिकालाई मात्र भर्ना लिइनेछ । असहाय केन्द्रमा  बस्नका लागि हालसम्म करिब २० बालबालिकाले आवेदन दिएका छन् । पालिकाले संरक्षण केन्द्रमा राखेर अभिभावक विहिन बालबालिकालाई कक्षा १२ सम्म लालनपालन र शिक्षा दिनेछ ।

जनप्रकाश आधारभूत विद्यालय टीकापुर–४ का प्रधानाध्यापक रघुनाथ उपाध्याय अभिभावकविहीन बालबालिकालाई विभिन्न सङ्घसंस्थाले संरक्षण गरिरहेको अवस्थामा सरकार आफैँले दायित्व निर्वाह गर्नु सकारात्मक भएको बताए । ‘सरकार आफैँले बालबालिका संरक्षण गर्नु जिम्मेवारी बोध गर्नु हो’, उनले भने, ‘बालबालिकाको शिक्षामात्र नभई पोषण र सुरक्षामा समेत सहयोग पुग्छ ।’

अभिभावक विमला चौधरी पालिकाले संरक्षण केन्द्र स्थापनामा सघाएमा अभिभावक नभएका छोरीहरुको सुरक्षा हुने बताउँछिन् । ‘अभिभावक नभएका धेरै छोरीहरु अर्काको घरमा काम गर्नुपर्ने अवस्था छ, सङ्घसंस्थाले पनि संरक्षणका नाममा काममा लगाउँछन्’, उनले भनिन्, ‘सरकारले व्यवस्था गरेमा उनीहरुका हरेक अधिकार सुरक्षित हुन्छन् । यो राम्रो कार्य हो ।’

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लागुऔषध नियन्त्रणमा रोकथाम नै सबैभन्दा प्रभावकारी उपाय: गृहमन्त्री गुरुङ

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले लागुऔषध नियन्त्रणका लागि रोकथाम नै सबैभन्दा प्रभावकारी उपाय भएको बताएका छन्। उनले राज्य व्यवस्था तथा सुशासन समितिको...

शिक्षा र स्वास्थ्यमा कर लगाइएको भन्दै सांसद सिंहको आपत्ति

काठमाडौँ । प्रतिनिधिसभामा रास्वपा सांसद डॉ.अमरेशकुमार सिंह ले सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत शिक्षा र स्वास्थ्य क्षेत्रमा कर लगाएको ...

सरकारको आगामी बजेट ‘फुकेको बेलुन’ जस्तो, कार्यान्वयनमा विश्वास छैन: सांसद सिंह

काठमाडौँ। प्रतिनिधिसभा बैठकमा रास्वपा सांसद डॉ.अमरेशकुमार सिंह ले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट कार्यान्वयन हुनेमा गम्भीर शंका व्यक्त गरेका छन्। ...

ग्रामीण तथा विकट क्षेत्रका समस्यालाई बेवास्ता गरियो: हर्क साम्पाङ

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटलाई कडा आलोचना गरेका छन्। उनले बजेटलाई “खुट्टाको घाउजस्...

एमालेको प्रश्न : प्रधानमन्त्री बालेनको अभिव्यक्तिमा ताली बजाउने सांसद को–को हुन् ?

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभामा दिएको एक अभिव्यक्तिलाई लिएर तीव्र आपत्ति जनाएको छ। एमालेका प्रमुख सचेतक ऐनबहादुर महर...

फुटबलर विशाल राखेपको उपाध्यक्ष नियुक्त, राखेपद्वारा स्वागत

काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका गोलरक्षक विशाल श्रेष्ठ राष्ट्रिय खेलकुद परिषद् (राखेप)को उपाध्यक्षमा नियुक्त भएको छन् । शिक्षा तथा खेलकुदमन...

ओलीलाई रास्वपाको सदस्य बनाइएको फेक पोस्टरबारे एमाले सांसदको आपत्ति

काठमाडौं। प्रतिनिधिसभा बैठकमा सामाजिक सञ्जालमा फैलाइएको फर्जी पोस्टरको विषय उठाइएको छ। उक्त पोस्टरमा केपी शर्मा ओली लाई राष्ट्रिय स्वतन्त्र पार्टी (रा...

ट्राफिक कारबाहीमा एकैदिन २० लाख २१ हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार २९७ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २० लाख २१ हजार  राजस्व दाखिला भएको छ ...

इभी आयात प्रकरणमा संसदीय छानबिन समिति आवश्यक - राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विद्युतीय सवारीसाधन (इभी) आयात सम्बन्धी विषयमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेको छ। ...

आरोप प्रमाणित भए सार्वजनिक जीवन त्याग्न तयार छु : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्ले ले विद्युतीय सवारीसाधन (ईभी) मा कर बढ्ने सूचना चुहाएको आरोप प्रमाणित गर्न चुनौती दिएका छन्। आरोप पुष्टि भए आफू ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending