काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी राष्ट्र बैंकबाट आजबाट औपचारिक रूपमा बिदा भएका छन् । २०७६ चैत २४ गते राष्ट्र बैंकको गभर्नरमा नियुक्त भएका अधिकारी कार्यकक्षबाट बिदा भएसँगै राष्ट्र बैंककै प्राङ्गणमा पत्रकार सम्मेलन गरेका छन् ।
उनले आफ्नो कार्यकालमा केन्द्रीय बैंकलाई विश्वव्यापी मान्यता तथा मर्मअनुरूप सञ्चालन गरेको भन्दै यसको स्वायत्ततालाई जोगाउन सहयोग गरेको भन्दै सर्वोच्च अदालत, न्यायाधीश, अधिवक्ताप्रति धन्यवाद समेत दिए ।
प्रतिकृया लेख्नुहोस्: