काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारले नागरिक आरोग्य सेवालाई ७५३ वटै पालिकामा विस्तार गर्ने बताएको छन ।
शुक्रबार राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेवा केन्द्र बुढानीलकण्ठ काठमाडौँको सेवा शुभारम्भ गर्नुहुँदै स्वास्थ्यमन्त्री पौडेलले नागरिक आरोग्य सेवालाई ७५३ वटै पालिकामा विस्तार गर्ने योजनाअनुसार सरकार अघि बढिरहेको बताएको हो ।
उहाँले भन्नुभयो, ‘‘हाम्रो नागरिक आरोग्य सेवा ७५३ पालिकामा पुग्दैछ । यो पटकको बजेटमा हामीले नागरिक आरोग्य सेवा सबै पालिकामा पुर्याउने गरी व्यवस्था गर्दैछौँ । यसमा सबैको पहुँचलाई हामीले सुनिश्चित गर्न खोजिरहेका छौँ । आयुर्वेद उपचार प्रणाली, आयुर्वेद स्वास्थ्य उपचार प्रणालीको बारेमा ज्ञान हुन सबै नेपालीलाई आवश्यक छ । किनकी यो हाम्रो मौलिक प्रणाली हो । यो हाम्रो जीवनपद्धति हो । यो हाम्रो संस्कृति र सभ्यता पनि हो । आयुर्वेद विषयको नेपाल हब बन्नुपर्दथ्यो । नेपालबाटै यो उत्पत्ति भएको भन्नेकुरा संसारमा फिँजिनु पर्दथ्यो ।’’
उनले आयुर्वेद क्षेत्रलाई व्यापक ढङ्गले विकास गर्ने कोशिस सरकार रहेको बताए । उनले नागरिक आरोग्य सेवा सबै पालिकामा पुर्याउने गरी आगामी आर्थिक वर्षको बजेटमा व्यवस्था गर्ने प्रतिवद्धता जनाए। उनले आयुर्वेद नेपालको मौलिक प्रणाली हुनुका साथै जीवनपद्धति भएको उल्लेख गरे ।
मन्त्री पौडेलले आयुर्वेद नेपालको संस्कृति र सभ्यता भएको बताउँदै नेपाल आयुर्वेद क्षेत्रको हब बन्नुपर्ने बताए। उनले आयुर्वेद नेपालबाटै उत्पत्ति भएको हो भन्नेकुरा विश्वलाई बुझाउन सक्नुपर्नेमा जोड दिए ।
‘‘पाँच वर्षअघि क्यान्सर हुनेहरुको सङ्ख्या कति थियो र आज कति छ ? आज सर्भाकल क्यान्सरबाट मृत्यु हुने महिलाको सङ्ख्या दिनमा चार जना छ । आजभन्दा १५ वर्ष अगाडि यस्तो थिएन । अटिजमको समस्या भएकाहरुको सङ्ख्या आजभन्दा पाँच वर्ष अगाडि जति थियो, आज तीन गुणा बढेको छ । यसरी नै बिरामी बढ्दै जाने हो भने हामीले उपचार सेवा उपलब्ध गराउने कुरा असाध्यै कठिन हुन्छ ।,’’ मन्त्री पौडेलले भने, ‘‘राज्यले थेग्नै नसक्ने गरी भार बढ्ने स्थिति हुन्छ । त्यसो हुनाले हामीले बिरामी बढाउने होइन । बिरामी हुन नदिने उपाय कसरी खोज्न सकिन्छ । त्यसअन्तर्गत यि कामहरू भइरहेका छन् । हामीले निरोगी नेपाली वा नेपालीलाई रोग लाग्न नदिन केके उपाय अपनाउन सकिन्छ, त्यसमा कोशिस गरिरहेका छौँ । हामीले स्क्रिनिङको कार्यक्रम व्यापक ढङ्गले सञ्चालन गरेका छौँ । आयुर्वेद क्षेत्रलाई व्यापक ढङ्गले विकास गर्ने कोसिस गरिरहेका छौँ ।’’
मन्त्री पौडेलले सरकारले बिरामी हुन नदिने उपायहरूको बारेमा खोजी गरिरहेको बताए। उनले सरकारले निरोगी नेपाली बनाउने गरी अभियान सुरु गरिरहेको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २८ गते, २०८३ - १४:२८
बागलुङ। आर्थिक वर्ष २०८२/०८३ को वैशाख मसान्तसम्म आन्तरिक राजश्व कार्यालय बागलुङले ९२ करोड ४६ लाख कर सङ्कलन गरेको छ । चालु वर्षमा एक अर्ब ४३ करोड ३४...
जेष्ठ २८ गते, २०८३ - १४:११
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले लागुऔषध नियन्त्रणका लागि रोकथाम नै सबैभन्दा प्रभावकारी उपाय भएको बताएका छन्। उनले राज्य व्यवस्था तथा सुशासन समितिको...
जेष्ठ २८ गते, २०८३ - १३:५२
काठमाडौँ । प्रतिनिधिसभामा रास्वपा सांसद डॉ.अमरेशकुमार सिंह ले सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत शिक्षा र स्वास्थ्य क्षेत्रमा कर लगाएको ...
जेष्ठ २८ गते, २०८३ - १३:३८
काठमाडौँ। प्रतिनिधिसभा बैठकमा रास्वपा सांसद डॉ.अमरेशकुमार सिंह ले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट कार्यान्वयन हुनेमा गम्भीर शंका व्यक्त गरेका छन्। ...
जेष्ठ २८ गते, २०८३ - १३:०८
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटलाई कडा आलोचना गरेका छन्। उनले बजेटलाई “खुट्टाको घाउजस्...
जेष्ठ २८ गते, २०८३ - १३:००
काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभामा दिएको एक अभिव्यक्तिलाई लिएर तीव्र आपत्ति जनाएको छ। एमालेका प्रमुख सचेतक ऐनबहादुर महर...
जेष्ठ २८ गते, २०८३ - १२:४५
काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका गोलरक्षक विशाल श्रेष्ठ राष्ट्रिय खेलकुद परिषद् (राखेप)को उपाध्यक्षमा नियुक्त भएको छन् । शिक्षा तथा खेलकुदमन...
जेष्ठ २८ गते, २०८३ - १२:२०
काठमाडौं। प्रतिनिधिसभा बैठकमा सामाजिक सञ्जालमा फैलाइएको फर्जी पोस्टरको विषय उठाइएको छ। उक्त पोस्टरमा केपी शर्मा ओली लाई राष्ट्रिय स्वतन्त्र पार्टी (रा...
जेष्ठ २८ गते, २०८३ - १२:०५
काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार २९७ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २० लाख २१ हजार राजस्व दाखिला भएको छ ...
जेष्ठ २८ गते, २०८३ - ११:४८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विद्युतीय सवारीसाधन (इभी) आयात सम्बन्धी विषयमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेको छ। ...



प्रतिकृया लेख्नुहोस्: