Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

टिकटकमा लाइभ बस्दा...

खबरडबली संवाददाता

म्याग्दी । म्याग्दीको बेनीस्थित कालीपुल बसपार्कमा रहेको म्याग्दी कोशेली घरकी सञ्चालक डिलकुमारी गुरुङ दैनिकजसो एक घण्टा सामाजिक सञ्जाल टिकटकमा लाइभ बस्छिन्।

उनले मनोरञ्जन र सूचना अदानप्रदानका लागि नभएर स्थानीय उत्पादनको बजारीकरण गर्न सामाजिक सञ्जाल टिकटकलाई प्रयोग गरेकी हुन्।

‘सामाजिक सञ्जाललाई मनोरञ्जन र समय बिताउन मात्र नभएर ब्यापार व्यवसायमा पनि प्रयोग गर्न सकिदो रहेछ,’ उनले भनिन्, ‘टिकटकको सहायताले मासिक रु। तीन देखि चार लाख मूल्य बराबरको सामान बिक्री गर्दै आएकी छु।’

‘टिकटक’को प्रयोग गर्न थालेपछि उद्यमीहरुले उत्पादन गर्ने सामान खरिद गर्न देखि उपभोक्ता र जिल्ला बाहिरका ब्यापारीलाई बिक्री गर्न सजिलो भएको गुरुङको अनुभव छ। ‘पहिले पसलमा आवश्यक पर्ने सामान जुटाउन र मासिक रु। एक लाखको सामान बेच्न पनि मुस्किल थियो,’ उनले भनिन्, ‘टिकटक’ मार्फत अर्डर लिएर मासिक रु। चार लाख सम्म सामान बेच्छु। ‘टिकटक’कै सहयोगमा गाउँ गाउँमा दिदीबहिनीले उत्पादन गरेका सामान खरिद गर्छु।’

‘टिकटक’मा सामानको भिडियो सहित आफ्नो सम्पर्क नम्बर राख्ने गर्छिन्। सोही ‘भिडियो’ हेरेर ग्राहकले सामान अर्डर गर्ने र आफ्नो खातामा पैसा जम्मा गरेपछि गाडी र कुरियर मार्फत सामान पठाउने गरेको गुरुङले बताइन्। म्याग्दी उद्योग वाणिज्य संघले स्थापना गरेको पर्यटक सूचना केन्द्रको भवनको सटरमा गुरुङले गत असार महिनादेखि कोशेली घर सञ्चालन गरेकी थिइन्।

कोशेली घरमा म्याग्दीका उद्यमीले उत्पादन गर्ने ढाका, अल्लो, तानमा बुनेका कपडा, राडीपाखी, जातीय पोशाक, नेपाली हाते कागज, भाँगो, कालो भट्ट, रातो च्याउ, सिमीको दाल, सिस्नो पाउडर, घर र भिरमह, टिमुर लगायत बस्तुहरु खरिद बिक्री हुन्छ। पोखरा, काठमाडौ, बुटवल, चितवनका ब्यापारी र विदेशमा रहेका नेपालीहरु ‘टिकटक’को माध्यमबाट कोशेली घरका सञ्चालक गुरुङको सम्पर्कमा आउँछन्।

विदेशमा रहेका नेपालीका आफन्तलाई सम्पर्क गरेर सामान पठाउने र भुक्तानी लिने गरेको गुरुङले बताइन्। बेलायत, अस्टे«लीया, जापान, पोर्चुगल, अमेरिकामा रहेका नेपालीहरुले सामान माग गर्छन्। सिस्नोको पाउडर, टिमुरको चटनी, फापरको पिठोको विदेशबाट धेरै माग आउने गरेको गुरुङले बताइन्।

म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले कोशेली घर सञ्चालन गरेपछि स्थानीय उद्यमीले तयार पारेका कृषि, पशु र लघुउद्योगको उत्पादन बजारीकरणमा सहयोग पुगेको बताए। यहाँ आउने पाहुनाहरु फर्किएर जाँदा चिनो स्वरुप कोशेली घरबाट सामान किनेर लैजाने गर्छन्। रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending