Khabar Dabali ३० जेष्ठ २०८३ शनिबार | 13th June, 2026 Sat
Investment bank

कोशी प्रदेशमा बसाइँसराइको दर कम गर्न ब्यबस्थित सहरी निति बनाउनुपर्छः भीम आचार्य

खबरडबली संवाददाता

इटहरी । नेकपा एमाले कोशी प्रदेश कमिटी, सहरी बिकास बिभागद्वारा इटहरीमा आयोजना गरिएको “कोशी प्रदेशको सहरी बिकासका लागि लिनुपर्ने नीति र गर्नुपर्ने कार्यहरूको सन्दर्भमा उपमहानगरीय अवधारणा” बिषयक गोष्ठीमा एमाले स्थायी कमिटी सदस्य तथा कोशीका पूर्व मुख्यमन्त्री भीम आचार्यले कोशी प्रदेशमा बसाइँसराइको दर कम गर्न ब्यबस्थित सहरी निति बनाउनुपर्छ र त्यसको लागि आफू लागिपरेको बताएका छन् ।

उनले ब्यबस्थित सहरका कारण राष्ट्रिय अर्थतन्त्रमा सहयोग पुग्ने ९पर्यटन, उद्योग, रोजगार० र व्यवस्थित सहर निर्माण्मा लागि पुर्वाधार र सहरी सेवा सुबिधालाई ब्यबस्थित गनुपर्ने र त्यसका लागि प्रदेश सरकारले आवश्यक कानून बलाउदै नीति तर्जुमा गर्नुपर्न र सो कार्यको लागि आफू जस्तोसुकै सहयोग गर्न तयार रहेको बताए ।

कोशी प्रदेश सहरी बिकास बिभागले उक्त कार्यक्रमको आयोजना गरेको हो । प्रदेशका प्रमुख लोकेश निरौलाका अनुसार “कोशी प्रदेशमा अहिले पहाडी जिल्लाका बस्तीहरु खाली हुने शहरी बस्तीमा बसाइसराई तीब्रता भएको हुँदा कसरि त्यो रोक्ने र शहर कसरि ब्यवस्थित बनाउने भनेर नै आजको कार्यक्रम आयोजना गरिएको हो” ।  

 उक्त कार्यक्रमा सहरी बिकास बिभागका सदस्य सुनिल नेपालले कार्यपत्र प्रस्तुत गरेका थिए भने सहरी बिकास बिभागका उप–प्रमुख सुशीला पहाडीले कार्यक्रम संचालन गरेका थिए ।

उक्त कार्यक्रममा  एमाले केन्द्रिय सदस्यहरु भगवती चौधरी, अमृता सुब्बा, ईन्दु गौतम, कोशी प्रदेश सभा माननीयहरु रोहितबहादुर कार्की, नीरा खनाल, इटहरीको उपमेयर संगीता चौधरी तथा उपमहानगर भित्रका एमाले, प्रदेश सदस्यहरु, जिल्ला सदस्यहरुको उपस्थित थियो । ३ उपमहानगर भित्रका निर्वाचित   उप–मेयर,वडा अध्यक्ष  र सदस्यहरुको उपस्थितिरहेको थियो ।
 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आन्तरिक विवादमा संवादको माग गर्दै विश्वप्रकाशद्वारा पाँच नेतालाई ध्यानाकर्षण पत्र

काठमाडौं । नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले पार्टीभित्र देखिएको आन्तरिक विवाद समाधानका लागि संवाद र छलफल आवश्यक रहेको भन्दै पाँच जना अग्रज न...

‘चुड्का’ र ‘कौरा’ नाचमार्फत मौलिक पहिचान जोगाउँने अभियानमा भुजेल समुदाय सक्रिय

तनहुँ । आधुनिकताको बढ्दो प्रभाव र पुस्तान्तरणको अभावका कारण भाषा, संस्कृति तथा ऐतिहासिक पहिचान संकटमा पर्न थालेपछि तनहुँका भुजेल समुदाय संरक्षण अभियान...

पर्वतको बाच्छामा १ करोड मूल्यको काक्राको बिउ उत्पादन हुने आँकलन

पर्वत। पर्वतको बाच्छा गाउँबाट यस वर्ष एक करोड मूल्य बढीको भक्तपुरे लोकल काक्राको बिउ उत्पादनको आँकलन गरिएको छ । विहादी गाउँपालिका वडा १ मा पर्ने बाच्छ...

सुर्खेतको हिरासतमा रहेका युवाको मृत्यु

सुर्खेत । चोरी मुद्दामा पक्राउ परेर जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक युवाको मृत्यु भएको छ। वीरेन्द्रनगर नगरपालिका–१० पिपिराका २१ ...

नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा विकास गर्नेछौँ: पर्यटनमन्त्री

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलले नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा स्थापित गर्ने बताएको छन् ।...

ब्रेक फेल भएर बागलुङको बिहुँमा कार दुर्घटना

बागलुङ। मध्यपहाडी लोकमार्गको बिहुँमा कार दुर्घटनामा परेको छ। आज बिहान बागलुङको काठेखोला गाउँपालिका –६ धैरेनी स्थित मध्यपहाडी लोकमार्गमा गुडिरहेको कार ...

बाली जोगाउन राष्ट्रिय दृष्टिकोण बनाऔं - महासचिव पोखरेल

काठमाडौं। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले बन्यजन्तुको व्यवस्थापनका लागि सर्वदलीय बैठकबाट ठोस राष्ट्रिय दृष्टिकोण बनाउन आग्रह गरेको छन् । उनले म...

काभ्रे बस दुर्घटनाको सत्यतथ्य छानबिन गर्न ६ सदस्यीय समिति गठन

काभ्रेपलाञ्चोक । काभ्रेको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटस्थित बीपी राजमार्गमा शुक्रबार भएको बस दुर्घटनाको सत्यतथ्य छानबिन गर्न नेपाल प्रहरी प्रधान कार...

पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण तथा पुनर्गठनका लागि गठन गरिएको कार्यदलमार्फत प्रदेशस्तरबाट सुझाव स...

जेसिवीले बालुवा खन्याउँदा पुरिएर देउखुरीमा एक जनाको मृत्यु

घोराही। दाङको कालाकाटे-सिक्टा हुलाकी सडक निर्माणस्थलमा काम गर्दै गर्दा बालुवाले पुरिँदा एक जना‌ मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा गढवा गाउँपालि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending