घोडाघोडी। कैलालीको घोडाघोडी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुका अशोक गौतम विजयी भएको छन। अनेरास्ववियु र नेपाल विद्यार्थी सङ्घको संयुक्त प्यानलका अध्यक्ष पदका साझा उम्मेदवार अशोक गौतमसहित प्यानल विजयी भएको हो।
उक्त क्याम्पसमा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको विरासत भत्काउँदै अनेरास्ववियुको संयुक्त प्यानलले जित हासिल गरेको हो।
अनेरास्ववियुले घोडाघोडीमा स्ववियु निर्वाचनको इतिहासमै पहिलो जित दर्ता गरेको जनाइएको छ। कैलालीमा त्रिवि अन्तर्गतको यस वर्षको स्ववियु निर्वाचनमा अनेरास्ववियुको यो पहिलो जित हो।
गौतम छ सय ७० मतका साथ विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी अखिल (क्रान्तिकार)का गणेश भण्डारीले चार सय २८ मत प्राप्त गर्नुभयो भने अर्का विप्लब निकट अखिल समाजवादीबाट उम्मेदवार यामबहादुर खत्रीले १० मत प्राप्त गरे।
सचिवमा गौतम प्यानलकै नेविसङ्घका प्रविन सिंह विजयी भएको छन। कोषाध्यक्षमा अनेरास्ववियुका सञ्जीवकुमार चौधरी विजयी भएको छन।
त्यसैगरी सदस्यमा गौतम पक्षको संयुक्त प्यानलबाट गोविन्द चौधरी, रमेश चौधरी, पद्यमा शाही, खिमा साउद, अनिता विक, सुवास चौधरी विजयी भएको छन भने अखिल क्रान्तिकारिका रोशन चौधरी सदस्यमा विजयी भएको छन।
घोडाघोडी बहुमुखी क्याम्पसमा १६ सय ९१ मतदाता रहेकोमा शनिबार मतदान कार्यक्रममा ११ सय २६ जनाले मतदान गरेका थिए। जसमा ११ सय १२ मत सदर हुँदा १२ मत बदर भएको घोडाघोडी बहुमुखी क्याम्पसका स्ववियु निर्वाचन संयोजक बिनोदकुमार खड्काले जानकारी दिए।
समानुपातिक तर्फसमेत अनेरास्ववियु ४२४ मत प्राप्तगरी पहिलो हुन सफल भएको छ। त्यसैगरी ३८९ मत प्राप्तगरी अखिल क्रान्तिकारी दोस्रो र २५४ मत प्राप्त गरी नेविसङ्घ तेस्रो विद्यार्थी सङ्गठनको रूपमा रहेको जनाइएको छ। अन्तिम मत परिणाम आइतबार सार्वजनिक भएको हो।
यस अघि चैत ५ गते अन्तिम मतदाता नामावलीमा विवाद भएपछि स्थगित भएको निर्वाचन शनिबार सम्पन्न भएको थियो।
नेपाली कांग्रेस निकट विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घ र एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुबिच चुनावी तालमेल हुँदा नेकपा (माओवादी) निकट अखिल क्रान्तिकारी र एकीकृत समाजवादी निकट अनेरास्ववियु चुनावी तालमेल प्रतिस्पर्धा रहेका थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भाद्र ४ गते, २०८२ - १३:५०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले सत्तारुढ कांग्रेस र एमालेलले उपसभामुख पदको अवमूल्यन भएको र यो लोकतन्त्...
भाद्र ४ गते, २०८२ - १३:३०
काठमाडौँ । पछिल्लो राजनीतिक अवस्था र संसदमा प्रभावकारी भूमिका खेल्नुपर्ने भएकाले प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक अनिश्चि...
भाद्र ४ गते, २०८२ - १३:१६
झापा । लागुऔषधको दुर्व्यसनमा फसेका आठ सय ४५ युवा झापाका विभिन्न सुधार (पुन:स्थापना)केन्द्रमा रहेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्लामा रहेका...
भाद्र ४ गते, २०८२ - १३:०१
वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार युक्रेनलाई रुसबाट जोगाउन अमेरिकी सेना नपठाउने आश्वासन दिएको छन् । यद्यपि उहाँले एक दिनअघि यस्तो...
भाद्र ४ गते, २०८२ - १२:५१
काठमाडौं । प्रतिनिधिसभामा आज हुने तय भएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ । नेकपा एमालेका मुख्य सचेतक महेशकुमार बर्तौलाले ‘ ...
भाद्र ४ गते, २०८२ - १२:३५
काठमाडौँ। सभामुख देवराज घिमिरेले आज सिंहदरबारमा पाकिस्तानको संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता गरेको छन् । काठमाडौँमा मङ्लबार सम्पन्न भएको हिन्दुकुश ह...
भाद्र ४ गते, २०८२ - १२:२०
इलाम । केचना–कञ्चनजङ्घा (मेची करिडोर) सडकअन्तर्गत पुवाखोलामा बेलिब्रिज जडान गरिएको छ । पुलको भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आज ...
भाद्र ४ गते, २०८२ - १२:०५
मकवानपुर। पहिरोका कारण अवरुद्ध बनेको हेटौँडा–काठमाडौँ जोड्ने सिस्नेरी–दक्षिणकाली–फर्पिङ सडक पहिरो पन्छाएर चार दिनपछि बुधबार बिहानबाट सुचारु भएको छ । ...
भाद्र ४ गते, २०८२ - ११:१६
काठमाडौं । अफगानिस्तानमा बसमा दुर्घटना हुँदा १७ जना बालबालिकासहित ७३ जनाको मृत्यु भएको छ । दुर्घटनाग्रस्तमा बसमा धेरैजसो इरानबाट फर्काइँदै गरिएका अ...
भाद्र ४ गते, २०८२ - १०:५८
काठमाडौं । प्रतिनिधि सभाको बैठक अगाडि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० आन्तरिक छलफलमा जुट्दैछ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठक अगाडि छलफलमा ...
प्रतिकृया लेख्नुहोस्: