Khabar Dabali ३१ जेष्ठ २०८३ आईतवार | 14th June, 2026 Sun
Investment bank

घोडाघोडी क्याम्पसको स्ववियु् निर्वाचनमा अनेरास्ववियु विजयी

खबरडबली संवाददाता

घोडाघोडी। कैलालीको घोडाघोडी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुका अशोक गौतम विजयी भएको छन। अनेरास्ववियु र  नेपाल विद्यार्थी सङ्घको संयुक्त प्यानलका अध्यक्ष पदका साझा उम्मेदवार अशोक गौतमसहित प्यानल विजयी भएको हो।  

उक्त क्याम्पसमा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको विरासत भत्काउँदै अनेरास्ववियुको संयुक्त प्यानलले जित हासिल गरेको हो।

अनेरास्ववियुले घोडाघोडीमा स्ववियु निर्वाचनको इतिहासमै पहिलो जित दर्ता गरेको जनाइएको छ। कैलालीमा त्रिवि अन्तर्गतको यस वर्षको स्ववियु निर्वाचनमा अनेरास्ववियुको यो पहिलो जित हो।

गौतम छ सय ७० मतका साथ विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी अखिल (क्रान्तिकार)का गणेश भण्डारीले चार सय २८ मत प्राप्त गर्नुभयो भने अर्का  विप्लब निकट अखिल समाजवादीबाट उम्मेदवार यामबहादुर खत्रीले १० मत प्राप्त गरे।

सचिवमा गौतम प्यानलकै नेविसङ्घका प्रविन सिंह विजयी भएको छन। कोषाध्यक्षमा अनेरास्ववियुका सञ्जीवकुमार चौधरी विजयी भएको छन।

त्यसैगरी सदस्यमा गौतम पक्षको संयुक्त प्यानलबाट गोविन्द चौधरी, रमेश चौधरी, पद्यमा शाही, खिमा साउद, अनिता विक, सुवास चौधरी विजयी भएको छन भने अखिल क्रान्तिकारिका  रोशन चौधरी सदस्यमा विजयी भएको छन। 

घोडाघोडी बहुमुखी क्याम्पसमा १६ सय ९१ मतदाता रहेकोमा शनिबार मतदान कार्यक्रममा  ११ सय २६ जनाले मतदान गरेका थिए। जसमा ११ सय १२ मत सदर हुँदा १२ मत बदर भएको  घोडाघोडी बहुमुखी क्याम्पसका स्ववियु निर्वाचन संयोजक बिनोदकुमार खड्काले जानकारी दिए।

समानुपातिक तर्फसमेत अनेरास्ववियु ४२४ मत प्राप्तगरी पहिलो हुन सफल भएको छ। त्यसैगरी ३८९ मत प्राप्तगरी अखिल क्रान्तिकारी दोस्रो र २५४ मत प्राप्त गरी नेविसङ्घ  तेस्रो विद्यार्थी सङ्गठनको रूपमा रहेको जनाइएको छ। अन्तिम मत परिणाम आइतबार सार्वजनिक भएको हो।

यस अघि चैत ५ गते अन्तिम मतदाता नामावलीमा विवाद भएपछि स्थगित भएको निर्वाचन शनिबार सम्पन्न भएको थियो।

नेपाली कांग्रेस निकट विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घ र एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुबिच चुनावी तालमेल हुँदा नेकपा (माओवादी) निकट अखिल क्रान्तिकारी र एकीकृत समाजवादी निकट अनेरास्ववियु चुनावी तालमेल प्रतिस्पर्धा रहेका थिए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

परराष्ट्रमन्त्री खनाल बेइजिङमा

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार दिवसीय भ्रमणका लागि बेइजिङ पुगेको छन् । उनी गएराति त्यसतर्फ...

पर्सामा १०० किलो गाँजा बरामद, अनुसन्धान सुरु

वीरगञ्ज । पर्सामा प्रहरीले १०० किलोग्राम गाँजा बरामद गरेको छ। जिल्लाको जगरनाथपुर गाउँपालिका–३ स्थित मुरैयाचोक क्षेत्रबाट आइतबार सशस्त्र प्रहरी र नेपाल...

एमालेले मिसन जागरण चलाउने, तोकियो जिम्मेवारी

काठमाडौँ। नेकपा (एमाले)ले केन्द्रीय सदस्यहरूलाई पार्टीको गुमेको शाख फर्काउँदै आगामी स्थानीय र प्रदेश तहको निर्वाचनमा सफलता हासिल गराउने जिम्मेवारीसहित...

तीर्थस्नान गर्न गएका वृद्धको मृत्यु

उर्लाबारी। मोरङको कानेपोखरी–२ ढिकुवाडाँगीका ७१ वर्षीय धर्मप्रसाद पोख्रेलको तीर्थस्नान गर्न गएका बेला मृत्यु भएको छ ।  गाउँबाट छोरा–बुहारी नातिसँगै ...

सुनको मूल्य तोलामा एक हजार दुई सयले बढ्यो

काठमाडौँ। स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा एक हजार २०० ले बढेको छ । गत शुक्रबार प्रतितोला दुई लाख ९२ हजारमा कारोबार भएको छापावाला सुनको...

रुपनीका बासिन्दाले ५० वर्षपछि पाए जग्गाधनी पुर्जा

सप्तरी। सप्तरी रुपनी गाउँपालिका वडा नम्बर १ का चार जनाले बसोबास गरेको ५० वर्षपछि जग्गाधनी पुर्जा पाएका छन् । पुर्जा पाउनेमा स्थानिय फुलो देवी साह, ...

गोरखामा कुटपिटबाट घाइते युवाको मृत्यु, चार जना पक्राउ

सुलीकोट। गोरखा नगरपालिका-७ छिपिटोलस्थित गोरखा घर (दोहिरी साँझ) नजिक कुटपिटबाट गम्भीर घाइते भएका एक युवाको  उपचारको क्रममा मृत्यु भएपछि प्रहरीले चार जन...

ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व

काठमाडौँ। बितेका २४ घण्टामा दुई हजार ४०८ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा चार लाख ५८ हजार राजस्व दाखिला भएको छ ।...

तनहुँमा लोपोन्मुख नौ प्रजातिका गिद्धको पुनरागमन

तनहुँ। प्राकृतिक खाद्य चक्रका संवाहक एवं ’प्रकृतिका कुचिकार’ मानिने लोपोन्मुख प्रजातिका गिद्धहरू तनहुँमा बथानसहित फर्किएका छन् । व्यास नगरपालिका–१०...

राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छ: सभापति थापा

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नु अहिलेको आवश्यकता रहेको बताएको छन्। काठमाडौँ महा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending