Ntc summer Offer
Khabar Dabali २७ चैत्र २०८१ बुधबार | 9th April, 2025 Wed
Investment bank

सगरमाथा क्षेत्र जोड्ने मोटरेबल पुलको निर्माण कार्य ८० प्रतिशत सम्पन्न

खबरडबली संवाददाता

सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकामा निर्माणाधीन दुई वटा मोटरेबल पुलको ८० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ ।

सोलुखुम्बुको सदरमुकाम सल्लेरीदेखि सगरमाथा क्षेत्र जोड्ने हुङ्गरा राखोला मोटरेबल पुल र त्रिवेनी मोटरेबल पुलको निर्माण कार्य ८०/८० प्रतिशत सम्पन्न भएको गाउँपालिकाले जनाएको छ ।  

माप्य दुधकोशी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र भटराईले सङ्घ, प्रदेश र गाउँपालिका गरी त्रिपक्षीय लागत साझेदारीमा हुङ्गरा राखोला मोटरेबल पुल र त्रिवेणी मोटरेबल पुलको निर्माण कार्य भइरहेको जानकारी दिए

उनका अनुसार दुई वटा पुल निर्माणका लागि एकमुस्ट नौ करोडमा ठेक्का सम्झौता भई निर्माण भइरहेको छ । हुङ्गरा राखोला मोटरेबल पुल निर्माणका लागि सङ्घीय अनुदान र गाउँपालिकाको अनुदान रकम रहेको छ भने त्रिवेणी मोटरेबल पुलका लागि गाउँपालिकाको अनुदान रकम र प्रदेशको समपूरक अनुदानबाट निर्माण भइरहेको छ ।

२०८० माघमा रिडाक नेपाल प्रालिसँग सम्झौता भई हाल निर्माण कार्य भइरहेको मोटरेबल पुलको आर्थिक वर्ष ०८१/८२ को असारभित्र निर्माण कार्य सम्पन्न गरी गाउँपालिकालाई हस्तान्तरण गर्ने लक्ष्य रहेको रिडाक नेपाल प्रालिका इन्जिनियर पवनकुमार शाहीले जानकारी दिए।

हुङ्गरा र त्रिवेणी मोटरेबल पुल निर्माण पश्चात् आन्तरिक तथा बाह्य पर्यटकहरूलाई सदरमुकाम सल्लेरीदेखि सिधा सडकमार्ग हुँदै सगरमाथा क्षेत्र खुम्बु प्रवेश गर्न सहज हुने गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले बताए । वर्षात्का कारण खोला बढेर सवारी आवत्जावत्मा हुने समस्या अन्त्य हुनका साथै नियमित सवारी सञ्चालनमा सहज हुने अध्यक्ष राईको भनाइ छ ।

स्थानीयको माग र आवश्यकता अनुसार सडकको माध्यमबाट स्थानीयको कृषि उपज उत्पादन, व्यापार, व्यवसाय र आय आर्जनमा वृद्धि गर्ने लक्ष्यका साथ काम गरिरहेको माप्य दुधकोशी गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राई बताउछन ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हुनेवाला ससुरा आफ्नो पुर्व प्रेमी परेपछि....

लन्डन । स्कटल्याण्डबाट एउटा यस्तो घटना बाहिर आएको छ, जसले सबैलाई चकित बनाएको छ ।  बिहेको तयारीमा व्यस्त रहेकी एउटी युवती क्रिस्टिना मार्कले आफ्नो ह...

बल्खु प्रदर्शनबाट पक्राउ परेका चार जना को को हुन् ?

काठमाडौ । प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बल्खुमा मङ्गलबार गरेको प्रदर्शनबाट चार जना पक्राउ परेका छन् ।  काठमाडौँ प्रहरी परिसरका...

राप्रपा नेता राणा र मिश्र थप १५ दिन हिरासतमै

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता रबिन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणा थप १५ दिन हिरासतमा बस्नु पर्ने भएको छ । काठमाडौं जि...

बालेनलाई लिङ्देनको सुझावः आजको कार्यक्रमका बारेमा धेरै हिरो भएर पत्र नकाट्नू

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई धेरै हिरो भएर पत्र नकाट्न सु...

चीनको सैन्य विस्तार ‘आश्चर्यजनक’: नाटो प्रमुख

टोकियो । मङ्गलबारदेखि सुरु भएको जापान भ्रमणमा नाटो प्रमुखले चीनको सशस्त्र बलको विस्तार ‘आश्चर्यजनक’ रहेको बताएका छन् । नाटो प्रमुखको भ्रमण एसिया(प्रशा...

आईजीपीलाई दीपक थापा एमालेको भ्रातृ संगठन युवा संघको सहअध्यक्ष रहेछन्ः राजेन्द्र लिङ्देन

याद राख्नुस्, फुली लगाइदिने दलका नाइके र सिफारिस गर्नेहरू सधैं सत्तामा हुँदैनन्

राप्रपाको सभाबाट घुसपैठको आरोपमा दुई जना नियन्त्रणमा

काठमाडौं । राप्रपाले बल्खुमा आयोजना गरेको सभास्थलबाट घुसपैठ गरेर सभाको वातावरण बिथोल्न खोजेको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  उनी...

संविधान संसोधनका लागि समिति बनाएर काम गर्छौं: प्रधानमन्त्री

जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यान्वयनको अनुभवका आधारमा विद्यमान व्यवस्थालाई सबल बनाउने लक्ष्यका लागि संविधान संशोधन गर्न राजनीतिक समिति ...

जडिबुटी प्रशोधन केन्द्रमा माओवादी कार्यकर्ताले आगो लगाएको ज्ञानेन्द्र शाहीको आरोप

झूटा मुद्दा लगाएर थुन्ने कोसिस गरिए लाखौँ जनताले गणतन्त्रवादी नेताहरूको घर घेर्ने चेतावनी

जनप्रतिनिधि, कर्मचारी र शिक्षकका छोराछोरी सामुदायिक विद्यालयमै पढाउनुपर्ने

ओखलढुङ्गा ।  ओखलढुङ्गाको मोलुङ गाउँपालिकाले सामुदायिक विद्यालयमा छोराछोरी नपढाउने जनप्रतिनिधि, सरकारी कर्मचारी र शिक्षकको सेवा सुविधा रोकिने भएको छ । ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy