सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकामा निर्माणाधीन दुई वटा मोटरेबल पुलको ८० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ ।
सोलुखुम्बुको सदरमुकाम सल्लेरीदेखि सगरमाथा क्षेत्र जोड्ने हुङ्गरा राखोला मोटरेबल पुल र त्रिवेनी मोटरेबल पुलको निर्माण कार्य ८०/८० प्रतिशत सम्पन्न भएको गाउँपालिकाले जनाएको छ ।
माप्य दुधकोशी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र भटराईले सङ्घ, प्रदेश र गाउँपालिका गरी त्रिपक्षीय लागत साझेदारीमा हुङ्गरा राखोला मोटरेबल पुल र त्रिवेणी मोटरेबल पुलको निर्माण कार्य भइरहेको जानकारी दिए
उनका अनुसार दुई वटा पुल निर्माणका लागि एकमुस्ट नौ करोडमा ठेक्का सम्झौता भई निर्माण भइरहेको छ । हुङ्गरा राखोला मोटरेबल पुल निर्माणका लागि सङ्घीय अनुदान र गाउँपालिकाको अनुदान रकम रहेको छ भने त्रिवेणी मोटरेबल पुलका लागि गाउँपालिकाको अनुदान रकम र प्रदेशको समपूरक अनुदानबाट निर्माण भइरहेको छ ।
२०८० माघमा रिडाक नेपाल प्रालिसँग सम्झौता भई हाल निर्माण कार्य भइरहेको मोटरेबल पुलको आर्थिक वर्ष ०८१/८२ को असारभित्र निर्माण कार्य सम्पन्न गरी गाउँपालिकालाई हस्तान्तरण गर्ने लक्ष्य रहेको रिडाक नेपाल प्रालिका इन्जिनियर पवनकुमार शाहीले जानकारी दिए।
हुङ्गरा र त्रिवेणी मोटरेबल पुल निर्माण पश्चात् आन्तरिक तथा बाह्य पर्यटकहरूलाई सदरमुकाम सल्लेरीदेखि सिधा सडकमार्ग हुँदै सगरमाथा क्षेत्र खुम्बु प्रवेश गर्न सहज हुने गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले बताए । वर्षात्का कारण खोला बढेर सवारी आवत्जावत्मा हुने समस्या अन्त्य हुनका साथै नियमित सवारी सञ्चालनमा सहज हुने अध्यक्ष राईको भनाइ छ ।
स्थानीयको माग र आवश्यकता अनुसार सडकको माध्यमबाट स्थानीयको कृषि उपज उत्पादन, व्यापार, व्यवसाय र आय आर्जनमा वृद्धि गर्ने लक्ष्यका साथ काम गरिरहेको माप्य दुधकोशी गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राई बताउछन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २८ गते, २०८३ - १६:०६
काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइएको प्रकरणसम्बन्धी अदालतमा विचाराधीन मुद्दामा बुधबारदेखि अन्तिम बहस सुरु भएको छ। ...
जेष्ठ २८ गते, २०८३ - १५:५९
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दाँतको उपचारका लागि अस्पताल पुगेका छन् । दाँतमा समस्या देखिएपछि उनी महाराजगञ्जस्थित त्रिभुवन विश्वव...
जेष्ठ २८ गते, २०८३ - १५:४१
काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सीमाअन्तर्गत सुस्ता, लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा मात्रै नक्साङ्कनको काम बाँकी रहेको ...
जेष्ठ २८ गते, २०८३ - १५:२८
काठमाडौँ। अर्थमन्त्री डा स्वर्णिम वाग्लेले कर प्रणालीलाई सरल र पारदर्शी बनाउँदै लगिएको दाबी गरेको छन्। आज प्रतिनिधिसभाअन्तर्गत सार्वजनिक लेखा समिति...
जेष्ठ २८ गते, २०८३ - १५:२०
काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले करका दरमा बारम्बार हेरफेर गरेर अर्थमन्त्रीले संसद्को अधिकारमाथि हस्तक्षेप गरेको आरोप लगाएका छन् । ब...
जेष्ठ २८ गते, २०८३ - १५:०६
दाङ। रोल्पामा आज बिहान मिनी ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । बल्ले खोलादेखि आलु लिएर पोखरातर्फ जाँदै गरेको मिनी ट्रक गुडिर...
जेष्ठ २८ गते, २०८३ - १४:४९
नयाँदिल्ली । ओमान तट नजिक संयुक्त राज्य अमेरिकाले प्रहार गरेको व्यापारिक जहाजमा सवार तीन भारतीय नाविकको मृत्यु भएको भारतका जल यातायातमन्त्री सर्वानन्द...
जेष्ठ २८ गते, २०८३ - १४:४२
बर्दिया । सरकारी कीर्ते छाप र दस्तखत प्रयोग गरी ठगी गरिएको घटना बाहिरिएको छ। बर्दियामा एक दम्पतीले सरकारी कार्यालयकै नक्कल गरेर नक्कली कार्यालय सञ्चाल...
जेष्ठ २८ गते, २०८३ - १४:२८
बागलुङ। आर्थिक वर्ष २०८२/०८३ को वैशाख मसान्तसम्म आन्तरिक राजश्व कार्यालय बागलुङले ९२ करोड ४६ लाख कर सङ्कलन गरेको छ । चालु वर्षमा एक अर्ब ४३ करोड ३४...
जेष्ठ २८ गते, २०८३ - १४:११
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले लागुऔषध नियन्त्रणका लागि रोकथाम नै सबैभन्दा प्रभावकारी उपाय भएको बताएका छन्। उनले राज्य व्यवस्था तथा सुशासन समितिको...



प्रतिकृया लेख्नुहोस्: