गण्डकी । पोखरा महानगरपालिकाले कृषकलाई चैते धानको बिउ अनुदानमा उपलब्ध गराएको छ ।
महानगरपालिकाले एक हजार ५०० किलोग्राम धानको बीउ ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए।
चैते धानखेतीतर्फ कृषकहरूको आकर्षण बढाउने उद्देश्यका साथ विभिन्न प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिँदै आइएको बताउँदै उहाँले यस वर्ष पनि प्रतिरोपनी ५०० का दरले प्रोत्साहन रकम उपलब्ध गराइने जानकारी दिए । महानगरपालिका अन्तर्गत वडा नं २६, २७, १४, १५ लगायतका वडामा कृषकले चैते धानखेती गर्दै आएका छन् ।
प्रतिकृया लेख्नुहोस्: