Ntc summer Offer
Khabar Dabali १ बैशाख २०८२ आईतवार | 13th April, 2025 Sun
Investment bank

चैत्र शुक्ल एकादशी : कामदा एकादशी व्रत गरिँदै

फाइल फोटो
खबरडबली संवाददाता

काठमाडौँ । चैत्र शुक्ल एकादशीका दिन आज मनोकामना पूरा हुने विश्वाससहित कामदा एकादशीको विधिपूर्वक व्रत गरिँदैछ । कामदा एकादशीको व्रत गर्नाले मनुष्यको मनोकामना पूरा हुने विभिन्न पुराण एवं धर्मग्रन्थमा उल्लेख गरिएको सनातन विद्वत् परिषद् नेपालका कार्यसमिति सदस्य पण्डित बालमुकुन्द देवकोटाले जानकारी दिए । 

“वशिष्ठ ऋषिले राजा दिलीपलाई कामदा एकादशीको माहात्म्य सर्वप्रथम सुनाउनुभएको थियो । यो विषय भगवान् श्रीकृष्णले युधिष्ठिरलाई पनि सुनाउनुभएको प्रसङ्ग विभिन्न पुराणमा उल्लेख गरिएको छ”, उनले भने । उनका अनुसार कामदा एकादशी पापरुपी दाउराको भारीलाई डढाउने डढेलोको स्वरुप भएको वर्णन ती ग्रन्थमा गरिएको छ । 

रत्नपुर नाम गरेको नगरमा पति ललित गन्धर्व र पत्नी ललिता अप्सरा एकअर्कालाई प्रेम गरेर बसेका थिए । गन्धर्वको समूहमा गानाबजाना गर्ने क्रममा पति ललित पत्नी ललितालाई सम्झेर ताल, लय बिग्रियो । 

ललितले गीतको लय बिगारेको कुरा कर्कोटकले पुण्डरीकलाई बताएपछि श्राप दिए । फलस्वरुप ललित राक्षस भएर जङ्गलमा रहन थाले । पत्नी ललिताले थाहा पाएर चैत्र शुक्ल एकादशीमा कामदा एकादशीको विधिपूर्वक व्रत एवं पूजा, आराधना गरी पतिलाई पुरानै अवस्थामा फर्काउन सफल भएको विषय ती ग्रन्थमा उल्लेख गरिएको पण्डित देवकोटाले जानकारी दिए ।

मनुष्यले आफ्नो र अर्काको कल्याणका लागि पनि कामदा एकादशीको व्रत गर्नुपर्ने एकादशी माहात्म्यलगायत ग्रन्थमा उल्लेख गरिएको छ । यस व्रतको प्रभावले मनुष्यको ब्रह्महत्या आदि पाप, पिशाचत्व र राक्षसत्व नाश भई त्रिलोकमा इच्छासिद्धि प्राप्त हुने पनि ग्रन्थमा उल्लेख गरिएको उनले बताए ।

यो कामदा एकादशीको व्रतको माहात्म्य पढ्नाले वा सुन्नाले मात्रै पनि वाजपेय यज्ञ गरेको पुण्यफल प्राप्त हुने ग्रन्थमा वर्णन गरिएको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रहेनन् नेपाल प्रहरीका पूर्वमहानिरीक्षक प्रदीपशमशेर जबरा

काठमाडौं । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक प्रदीपशमशेर जबराको निधन भएको छ। जबराको गएराति ७८ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। जबर...

कालीमाटीमा गोलभेँडाको मूल्य बढ्यो, घिरौँलाको घट्यो

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार) का लागि तरकारी तथा फलफूलहरुको थोक मूल्यसूची सार्वजनिक गरेको छ। आज कालीमाटीमा धे...

माओवादी सांसद सुवेदीसँग वार्ता- अहिलेको निर्वाचन प्रणालीबाट एउटै पार्टीको बहुमत आउँदैन

जनताले राजा चाहिन्छ भनेकै छैनन्, यो राजनीतिक दलप्रति जनताको असन्तुष्टि हो

ओली सरकारसँग शेखर, गगन र विश्वप्रकाश असन्तुष्ट, रक्षात्मक देउवा

काठमाडौं । कांग्रेसइतर समूहका नेता डा. शेखर कोइरालाका साथै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा सरकारको प्रदर्शनप्रति असन्तुष्ट देखिएका छन् । श...

चारदेशीय टी-२० सिरिज- उपाधिका लागि कुवेतसँग भिड्दै नेपाल

काठमाडौं । हङकङमा जारी चारदेशीय टी-२० सिरिजको उपाधिका लागि आज नेपाल र कुवेत प्रतिस्पर्धा गर्दैछन्। खेल हङकङको मङ ककस्थित मिसन रोड ग्राउन्डमा आइतबार बि...

वर्षान्त २०८१ः होटलमा लगानी ओइरिएको वर्ष

काठमाडौं । गत माघमा काठमाडौँको सुकेधारामा पाँचतारे होटल ‘मक्र्योर काठमाडौं’ सञ्चालनमा आयो । पर्यटन व्यवसायी देशबन्धु बस्नेतले रु तीन अर्ब लगानीमा सञ्च...

ऊर्जा क्षेत्रमा २०८१ः उच्च क्षमताका प्रसारण लाइन निर्माण गर्ने सहमति, बङ्गलादेशमा नेपालको बिजुली पुगेको वर्ष

काठमाडौँ । मुलुकको आर्थिक विकासको प्रमुख आधारका रूपमा स्थापित ऊर्जा क्षेत्रमा यस वर्ष केही महत्त्वपूर्ण प्रगति भएका छन् । सन् २०३५ सम्म कुल २८ हजार ५०...

वीरगन्ज झडप- प्रहरीसहित ४३ घाइतेको नारायणी अस्पतालमा उपचार हुँदै

वीरगन्ज  । हनुमान् जन्मोत्सवका अवसरमा शनिबार दुई  समुदायबीच झडप हुँदा नेपाल प्रहरी र सशस्त्र प्रहरीबलका प्रहरी घाइते भएका छन् । दुवै समूहबीच ढुङ्गा हा...

वीरगन्जमा दुई समूहबीच झडप भएपछि आज १२ बजेसम्म कर्फ्यु

काठमाडौं । वीरगन्जमा हनुमान जयन्तीको अवसरमा आयोजित शोभायात्रामा दुई समूहबीचको तनाव र झडप भएपछि प्रशासनले कर्फ्यु लगाएको छ। शोभायात्रा वीरगन्ज महानगरपा...

भोजपुरमा ट्रयाक्टर दुर्घटना हुँदा वडा सदस्यसहित दुई जनाको मृत्यु

भोजपुर । भोजपुर नगरपालिका–५ बोखिमबाट गोबर मल लिएर गइरहेको  प्रदेश १–०२–००३ त ११२४ नम्बरको ट्रयाक्टर नगरपालिका–३ सेतीबगरमा गए राति दुर्घटना हुँदा दुई ज...

अरु धेरै
raksirang palika
ribdikot palika
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

chisankhugadi palika tripura sundari palika thakre palika temal palika sunapati palika shivapuri palika shailung palika roshi palika marin palika manhari palika mahabharat lishankhu palika lakhan palika khotehang palika khaniyabas palika khanikhola palika kakani palika Kailash palika jugal palika jantedhunga palika ghyangkhola palika gandaki palika NIBL RIGHT SIDE Salt Trending