Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

बल्खुमा राप्रपाका शक्ति प्रदर्शन- सुरक्षामा कडाइ, घुसपैठ भए प्रतिवादको चेतावनी

लिङदेन भन्छन्- मलाई थुनियो भने झन् आन्दोलन निर्णायक भएर जान्छ

फाइल फोटो
खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज काठमाडौंको बल्खुमा सभा गर्दैछ । संवैधानिक राजतन्त्र र हिन्दू राज्य पुनर्स्थापनाका लागि दबाब दिने उद्देश्यले राप्रपाले मंगलबार काठमाडौंमा जुलुससहित सभा गर्न लागेको हो ।

उपत्यका बाहिरका जिल्लाहरूबाट समेत ठूलो संख्यामा मान्छे सभामा उपस्थित हुने  राप्रपाले दाबी गरेको छ । राप्रपाको मंगलबारको सभा तथा जुलुसलाई लक्षित गर्दै सुरक्षा निकायहरूले निगरानी बढाएका छन् ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका टोलीहरू गरी तीन निकायका सुरक्षाकर्मीहरू खटिने छन् । राष्ट्रिय अनुसन्धान विभागका टोलीहरूले सूचना संकलनको काम गर्नेछन् भने बाँकी नेपाल प्रहरी र सशस्त्र प्रहरीले भने प्रदर्शनलाई शान्तिपूर्ण बनाउन भूमिका खेल्नेछन् ।

सोही अनुसार सुरक्षा रणनीति बनाएर परिचालन गरिने बताइएको छ । जिल्ला सुरक्षा समितिको सुरक्षा विश्लेषणपछि राप्रपाले माग गरेको भृकुटीमण्डपमा नभई बल्खु क्षेत्रमा प्रदर्शन तथा सभाका लागि ठाउँ दिइएको छ । बल्खुको सभाका लागि भने २ हजार प्रहरी परिचालन गरिने बताइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले २ हजारको हाराहारीमा प्रहरी परिचालन हुने दाबी गरे ।

सादा पोशाकदेखि बर्दीका प्रहरी गरेर २ हजार खटिने उनको भनाइ छ । त्यसैगरी सशस्त्र प्रहरी बलका प्रवक्ता तथा डीआईजी कुमार न्यौपानेले भने आवश्यकताअनुसार सुरक्षाकर्मी खटाउने बताएका छन् । ‘अहिले नै संख्या नभनौं, आश्वयकताअनुसार प्रहरी टोली परिचालन हुन्छ,’ उनले भने ।

यसका साथै सीसी क्यामेरा, बडी क्यामेरा र ड्रोनबाट प्रदर्शनको निगरानी गरिने प्रहरीले जनाएको छ । उच्छृङ्‍खल गतिविधि गर्नेहरूलाई विशेष निगरानी राख्दै कारबाहीको प्रक्रिया समेत अघि बढाइने दाबी प्रहरीले गरेको छ ।

१५ चैतमा राजावादीको तर्फबाट दुर्गा प्रसाईंको नेतृत्वमा भएको प्रदर्शन हिंसात्मक बनेको थियो । जसमा कीर्तिपुरका सविन महर्जन र पत्रकार सुरेश रजगको मृत्यु भएको थियो । यता प्रहरीले अनाश्यक दमन गरेको भन्दै त्यसको आलोचना समेत भइरहेकै छ ।

तीनकुने घटनाबाट झस्केको प्रहरीले अहिले भने सुरक्षा रणनीतिबारे केही बताउन चाहेको छैन । तीनकुनेजस्तो बल्खु क्षेत्र संवेदनशील नभएको र तीनकुनेको जस्तो उच्छृङ्‍खल गतिविधि समेत नहुने सुरक्षा विश्लेषण गरिएको छ ।

यता राप्रपाले ठूलो संख्यामा जुलुस आएर बल्खुमा सभा हुने र त्यसलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सम्बोधन गर्ने बताइएको छ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले कार्य सम्पादन समितिको बैठक भर्खरै सम्पन्न भएको र भोलिको प्रदर्शन र सभा सफल बनाउने निर्णय भएको बताए ।

उनका अनुसार मंगलबार साढे ११ बजेबाट उपत्यकाका विभिन्न ठाउँहरुबाट जुलुस निस्कने छन्  । अहिले नै कति ठाउँबाट निस्कने भन्ने यकिन भइनसकेको उनको भनाइ छ ।

मंगलबारको प्रदर्शन शान्तिपूर्ण हुने त्यसका लागि राप्रपाले समेत ठूलो संख्यामा स्वयंसेवक परिचालन गर्ने उनको भनाइ छ । उनका अनुसार कमल थापा नेतृत्वको राप्रपा नेपालले समेत भोलिको प्रदर्शनलाई समर्थन गरेको छ । जगमान गुरुङ नेतृत्वको राजतन्त्र पुनर्स्थापना संयुक्त जनआन्दोलन समिति, शिव सेना नेपाललगायतले समेत मंगलबारको प्रदर्शनलाई समर्थन गरेको श्रेष्ठको भनाइ छ ।

बागमती प्रदेशस्तरीय सभा भएकाले बागमती प्रदेशका जिल्लाहरुबाट समेत सभामा सहभागी हुन ठूलो संख्यामा मान्छे काठमाडौं आउने दाबी उनको छ ।

यस्तै, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले आफ्नो पार्टीको आह्वानमा भोलि शान्तिपूर्ण प्रदर्शन हुने बताएका छन् । राप्रपाले हिंसा र अराजकतामा आफ्नो भविष्य नदेखेको उनको भनाइ छ । हिजो सञ्चारकर्मीहरुसँग कुरा गर्दै लिङदेनले भद्र अवज्ञा र सत्याग्रहका रुपमा आन्दोलन अघि बढाउने बताए । कांग्रेस, एमाले र माओवादीका समर्थकहरुलाई समेत आन्दोलनमा आउन उनले अपिल गरे ।

‘आफ्नो जीवनकालमै देशमा परिवर्तन देख्न चाहने सबैलाई आन्दोलनमा सहभागी हुन अनुरोध गर्दछु । आफ्नो पार्टीको झण्डा लिएर आउन मन लागे ल्याउन सक्नुहुन्छ, नत्र राष्ट्रिय झण्डा बोकेर आउनुस । कांग्रेस, एमाले, माओवादीमा पनि देशलाई माया गर्नेहरु हुनुहुन्छ । तपाईंहरु आफ्नो पार्टीको झण्डा लिएर आउनुस्’, लिङदेनले भने ।

राज्य पक्षले हिंसा भड्काउन सक्नेमा आफूहरु सचेत रहेको भन्दै उनले जनप्रदर्शनमा हजारौं भोलिन्टियर्सलाई खटाइसकेको जानकारी दिए । कार्यक्रमस्थल ९ बजेबाटै स्वयम्सेवकको नियन्त्रणमा रहने र घुसपैठीहरुलाई ठाउँको ठाउँ आयोजकको तर्फबाट कारवाही गरिने उनले चेतावनी दिए ।

‘यदि मलाई थुनियो भने मबिना पनि आन्दोलन बढेर जान्छ । हाम्रा पार्टीका नेताहरु थुनिँदा आन्दोलनलाई बल पुगेको छ । मलाई राखियो भने झन् आन्दोलन निर्णायक भएर जान्छ,’ लिङदेनले भने ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending