Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८२ मंगलवार | 6th May, 2025 Tue
Investment bank

सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर

खबरडबली संवाददाता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको कलैया उपमहानगरपालिकामा सेनिटरी प्याड खरिदमा भ्रष्टाचार भएको आरोपामा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतलगायतका अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आर्थिक बर्ष २०७७/७८ र आव २०७८/७९ का लागि सेनिटरी प्याड खरिदमा प्रतिप्याकेट रु ७९ दशमलव एक  कायम गरी ठेक्का गरिएको थियो । आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रह्लादप्रसाद वर्णवाल, शिक्षा अधिकृत विजय अधिकारी, जिन्सी प्रमुख राजेश ठाकुर र लेखा अधिकृत दिव्या सर्राफविरुद्ध रु ५१ लाख ९९ हजार एक सय २० बराबरको बिगो माग दावी गरी मुद्दा दायर गरेको जनाएको छ । 

यस्तै, आयोगले सागरदेवी फर्मा हैटौडा तथा त्यसका सञ्चालक विमलेश साहविरुद्ध पनि समान बिगो दावी गरिएको छ । सरकारी कर्मचारीसँग मिलेमतो गरी गैरकानुनी लाभ हासिल गरेको आरोप आयोगले सञ्चालक साहविरुद्ध पनि लगाइएको छ । आरोपी सबैलाई बिगो बमोजिम कारवाहीको माग गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बालाजुमा मध्यराति एटीएम फोड्दै गरेका नुवाकोटका ज्ञानेन्द्र पक्राउ

काठमाडौं । काठमाडौंको बालाजुमा एटीएम फोड्दै गरेका एक व्यक्ति पक्राउ परेका छन्। काठमाडौं महानगरपालिका-१६ बाइपास ओरालोमा सोमबार मध्यराति साढे १२ बजे ...

एक करोड ४८ लाखको लागतमा झिँमा वडा कार्यालय भवन निर्माण

म्याग्दी । रघुगङ्गा गाउँपालिका–५ झिँमा रु एक करोड ४८ लाखको लागतमा वडा कार्यालय भवन निर्माण भएको छ । आर्थिक वर्ष २०७९/८० मा सुरु भएको दुईतले सभाहलसहितक...

सहयोग जुटाएर एका घरका चार दृष्टिविहीनलाई आवास बनाइँदै

तुलसीपुर । आर्थिक सहयोग जुटाएर तुलसीपुर उपमहानगरपालिका–४ स्थित एका घरका चार दृष्टिविहीनलाई आवास निर्माण बनाउन थालिएको छ ।  तुलसीपुरका व्यवसायी यज्ञ...

संदनमा आज पनि सरकारको नीति तथा कार्यक्रममाथि छलफल

काठमाडौं । संघीय संसद्को दुवै सदनको बैठक मंगलबार बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक सवा १२ बजे बस्नेछ। दुवै सदनका बैठक...

गभर्नरमा अल्झियो ‘गभर्नमेन्ट’

काठमाडौं । आउँदो जेठ १५ मा सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेट ल्याउँदै छ । यसमा वित्तीय क्षेत्रको स्थायित्व तथा मौद्रिक नीति निर्माण र कार्यान्वयन सम...

सहकारी ठगी प्रकरणमा सत्ता र शक्तिको प्रभाव : ऋषिकेशपत्नी अञ्जला धरौटीमा, सहकारीमै नजोडिएका रवि जेलमा

काठमाडौं । के कसैको राजनीतिक दलसितको आबद्धताले सहकारीमा सर्वसाधारणले बचत गरेको करोडौँ रकम अपचलन गर्नेमाथि हुने व्यवहार फरक हुन्छ ? विधिको शासनसहितको न...

एमालेमा हाम्रो पुस्ताको नेतृत्व स्थापित हुँदैछ : योगेश भट्टराई

काठमाडौं । एमाले सचिव योगेश भट्टराईले  नेपालको प्रमुख राजनीतिक दलमा तेस्रो पुस्ताको उदय सुरु भएको बताएका छन्। एक अन्तर्वार्तामा उनले भनेका छन्- अब ...

कटान नियन्त्रण नहुँदा सुरौदी खोला जलाधार क्षेत्रका स्थानीय मारमा

कास्की । गण्डकी प्रदेशको कास्की, स्याङ्जा र तनहुँ जिल्लाका भू–भागहरू समेटर बग्ने सुरौदी खोलाको जलाधार क्षेत्रका स्थानीय पुलको अभावसँगै वर्षामा पानीको ...

तीन मौसमी प्रणाली सक्रिय- दिउँसो देशभर पानी पर्ने

काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै बङ्गालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभ...

ट्याक्टरले ठक्कर दिँदा जन्ती गइरहेका एकको मृत्यु, एक घाइते

उदयपुर । यहाँको चौदण्डीगढी नगरपालिका–४ स्थित मदन भण्डारी मार्गको बर्खेडाँडामा हिजो बेलुकी ट्याक्टरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको भने अर्का एक घाइ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending