Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

ओली–मोदीबीच अझै विकसित हुन सकेन ‘न्यानोपन’

भारत जाने वा मोदीलाई नेपाल ल्याउने ओली इच्छा पूरा भएन

खबरडबली संवाददाता

काठमाडौं ।  प्रधानमन्त्री भएको ९ महिनाभित्र केपी शर्मा ओलीले दक्षिण छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग दुई पटक भेटवार्ता गरे पनि सम्बन्धमा न्यानोपन विकसित भएको देखिँदैन । गत शुक्रबार थाइल्यान्डमा मोदीसँग ‘वान–अन–वान’ भेटपछि ओलीले भेट फलदायी भएको प्रतिक्रिया दिएका थिए ।

तर, भेटघाट ओलीले भने जस्तो सकारात्मक नभएको स्रोतको भनाइ छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा भूराजनीति र छिमेकहरूका सम्बन्धमा ओलीले गरेको टिप्पणीले पनि दिल्लीसँगको सम्बन्ध अझै न्यानो नबनेको संकेतका रूपमा बुझ्नुपर्ने कूटनीतिक मामिलाका जानकारहरूको भनाइ छ ।

थाइल्यान्डमा आयोजित औपचारिक र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक) शिखर सम्मेलनका लागि ओली बैंकक रहँदा मोदीसँग ‘वान–अन–वान’ भेटवार्ता भएको थियो । भेटमा मोदीले सगरमाथा संवादमा आउन नसक्ने बताएका थिए । ओलीले आफू भारत जानलाई प्रयास गरेसँगै त्यो हुन नसके मोदीलाई नेपाल भ्रमणमा ल्याउने प्रयास लगातार गरिरहेका छन् । तर, न्युयोर्कमा जस्तै थाइल्यान्डमा पनि मोदीको तर्फबाट ओलीले भारत भ्रमणको निमन्त्रणा पाएनन् । जबकि करिब डेढ महिना अगाडि नै नेपाल सरकारले सगरमाथा संवादको निमन्त्रणा मोदीलाई पठाएको थियो । भारत भ्रमणको निमन्त्रणा नपाउनुलाई पनि वैदेशिक मामिलाका जानकारहरू ओली र दिल्लीबीच अझै दूरी कायम रहेको रूपमा अर्थ्याउँछन् ।

थाइल्यान्ड भ्रमणमा प्रधानमन्त्रीको टोलीमा सहभागी परराष्ट्रका एक अधिकारीका अनुसार भ्रमण आदानप्रदानका सन्दर्भमा दुई नेताबीच कुनै ठोस कुराकानी भएन । बैंककमा ओली र मोदीबीच करिब ४० मिनेट एक्लाएक्लै भेटवार्ता भएको थियो । एक्लाएक्लै भेटका लागि सम्पर्क सूत्रमार्फत भारतीय पक्षले खबर पठाएको स्रोतको भनाइ छ । ‘भेट्ने कुरा नै निश्चित नभइसकेकाले एक्लै भेट्ने वा डेलिगेसनसहित भेट्ने त्यो पनि तय हुने कुरा भएन,’ स्रोतले भन्यो, ‘अन्तिम समयमा भारतीय अधिकारीबाट एक्लै भेट्ने सूचना आएपछि मात्रै एक्लाएक्लै भेट भएको हो । पछि त्यसमा दुवै पक्षको सहमतिमा भेट भएको हो ।’

संयुक्त राष्ट्रसंघको बैठकमा भाग लिन गएका बेला न्युयोर्कमा गत असोजमा दुई नेताबीच साइडलाइन भेटवार्ता भएको थियो । त्यतिबेला ओली प्रधानमन्त्री भएको २ महिना पूरा भएको थियो । न्युयोर्कको प्रतिनिधिमण्डलसहित भेटवार्ता त्यति सुखद भएको मानिएको थिएन । स्रोतका अनुसार साइडलाइन भेटवार्तामा ओलीले द्विपक्षीय मुद्दा उठाएपछि मोदीले असहज मानेका थिए । ‘दुई नेताबीच खुलेर कुराकानी भएन । नेपाली पक्षबाट बोर्डरदेखि ईपीजी र सार्कसम्मका विषय उठे पछि भारतीय पक्षले राम्रो मानेका थिएनन् । त्यही भएर पनि न्युयोर्कको भेटवार्ता सोचेको जस्तो राम्रो हुन नसकेको नेपाली पक्षबाटै टिकाटिप्पणी आएको थियो,’ स्रोतले भन्यो ।

कूटनीतिक मामिलाका जानकारहरूका अनुसार अन्तर्राष्ट्रिष्य सभा सम्मेलनका क्रममा हुने साइडलाइन भेटवार्तामा सामान्यतया शिष्टाचार भेटकै रूपमा लिइन्छ । त्यस्तो भेटलाई हार्दिकता र आत्मीयता बढाउन सदुपयोग गर्ने चलन छ । तर, न्युयोर्क बैठकमा नेपाली पक्षबाट द्विपक्षीय मुद्दा उठाइएकाले भारतीय पक्षले असन्तुष्ट बनेको स्रोतको भनाइ छ । त्यो भेटमा पनि मोदीको तर्फबाट ओलीले भारत भ्रमणको निमन्त्रणा पाएनन् । तर, ओलीले भने मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा गरेका थिए । दुई प्रधानमन्त्रीबीच न्युयोर्कमा भएको भेटवार्तापछि परराष्ट्रमन्त्री आरजु देउवा राणाले नेपालले गरेको निमन्त्रणालाई भारतका प्रधानमन्त्रीले स्वीकार गरेको र छिट्टै उनको नेपाल भ्रमण हुने बताएकी थिइन् । त्यो भेटभाट भएको ७ महिना भइसक्दासम्म मोदीको नेपाल भ्रमणको कुनै संकेत आएको छैन ।

त्यही भएर पनि यस पटक दुवै पक्ष ‘एक्लाएक्लै भेट’ का लागि सहमत भएको हुनसक्ने परराष्ट्रका एक अधिकारीले उल्लेख गरे । तर, उक्त भेटले पनि ठोस परिणाम ल्याउने संकेत नदेखिएको एक मन्त्रीले सुनाए । ‘प्रधानमन्त्रीज्यू मोदीजीसँगको भेटलाई राम्रै भन्नुभएको छ । सकारात्मक कुराकानी भएको सुनाउनु भएको छ,’ उनले भने, ‘ठोस तयारी गरेर मात्रै भारत भ्रमणमा जाने कुरा पनि गर्नु भएको छ । तर, भारत भ्रमण कहिल्यै भन्ने विषयमा केही बताउनु भएको छैन ।’

परराष्ट्रमन्त्री आरजु देउवा राणा पनि बैंकक भेटबाट त्यति उत्साही नभएको स्रोतको भनाइ छ । मन्त्री देउवाले मन्त्रालयका पदाधिकारीहरूसँगको छलफलमा दुई नेताबीचको कुराकानी राम्रो भएको बताए पनि ओलीको भारत भ्रमण तयारीका सन्दर्भमा भने केही उल्लेख गरेकी छैनन् । यो समाचार आजको कान्तिपुर दैनिकले लेखेको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नयाँ शैलीमा मानव बेचबिखन- नक्कली विवाहदेखि ‘साइबर ट्राफिकिङ’सम्म

कञ्चनपुर । भारतसँग जोडिएको खुला सीमा, प्रविधिको बढ्दो दुरुपयोग र आफन्तकै संलग्नताले यहाँ मानव बेचबिखन तथा ओसारपसारको जोखिमयुक्त क्षेत्र बन्दै गएको छ ।...

रवि-बालेन मिल्दा किन छुटे कुलमान ?

अन्य पार्टीमा विलय नहुने निष्कर्ष, अब संगठन विस्तार र चुनाव केन्द्रित हुने रणनीति

प्रतिनिधिसभा निर्वाचन- आज र भोलि समानुपातिक उम्मेदवारको बन्द सूची पेस गर्ने कार्यतालिका

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकाका लागि सबै तयारी पूर...

हर्क साम्पाङको आरोप : विदेशी हस्तक्षेपलाई संस्थागत गर्न रवि-बालेन मिलाएर अघि बढाइयो

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले रवि–बालेन सम्झौताप्रति कडा आलोचना गरेका छन्। उनले उक्त सम्झौता...

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ। केही दिनदेखि जारी बैठक आज पनि जारी रहने मुख्य सचिव कृष्णप्रसाद पौडेलले ब...

एमाले सचिवालय बैठक बस्दै, समानुपातिक उम्मेदवारको अन्तिम सूची तयार गर्ने

काठमाडौँ । नेकपा एमालेले सचिवालय बैठक आज बस्दैछ। ११ औं महाधिवेशनपछि पहिलो पटक पार्टी सचिवालय बैठक बस्न लागेको हो।  बैठकमा समानुपातिक उम्मेद्वारको अ...

रवि–बालेन मिलनको साक्षी कोको हुन् ?

काठमाडौं । लामो समयको प्रयासपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच सात बुँदे सम्झौता भएको छ।  सम्झौता...

तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि मच्छिमबासी उत्साहित

म्याग्दी । पाँच दशकदेखि बन्द अवस्थामा रहेको तामाखानी उत्खननका लागि अध्ययन थालिएपछि म्याग्दीको धवलागिरि गाउँपालिका–७ मच्छिमका बासिन्दा उत्साहित भएका छन...

मनाङमा हिउँ चितुवा सर्वेक्षण : ङिस्याङ, नारफू र तिलिचो आसपासका क्षेत्र बासस्थान

मनाङ । हिमाली पारिस्थितिकीय प्रणालीको सूचक मानिएको लोपोन्मुख हिउँ चितुवाको तथ्याङ्क सङ्कलन गर्ने उद्देश्यले यहाँ हिउँ चितुवा सर्वेक्षण जारी छ । राष्ट्...

तराईमा हुस्सु, हिमाली भूभागमा हिमपातको सम्भावना

काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका अधिकांश स्थ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending