Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

महोत्तरीका वनक्षेत्रमा अहिले जताततै डढेलो

खबरडबली संवाददाता

महोत्तरी । महोत्तरीका वनक्षेत्रमा अहिले जताततै डढेलो छ। पूर्वपश्चिम राजमार्ग दायाँबायाँमात्र नभएर चुरे पर्वत श्रेणीका वनक्षेत्र र विपी राजमार्गको दायाँबायाँ क्षेत्रमा पनि डढेलोले वन सखाप पारेको छ। जता हेर्‍यो डढेका ठुटा र खरानी मात्र देखिन्छ।

दिनहुँको डढेलोले दुईतीन वर्षयताका नयाँ बिरुवा देखिँदैनन्। डढेलोले वयस्क र पुराना रुख पनि मरेका छन्।

वनक्षेत्रका सुकेका रुख समयमा कटान व्यवस्थापन हुन नसक्दा ती पनि डढेर ठुटा बनेका छन्। बर्दिवास र गौशाला नगरपालिकामा पर्ने राष्ट्रिय वन ९सामुदायिक वन०, साझेदारी वन, धार्मिक वन र सागरनाथ वन विकास परियोजनाका प्लटमा डढेलोले रुख, बुटा खरानीमा परिणत भएका छन्।

डढेलोले साखु र अन्य संरक्षित जातिका नयाँ बिरुवा डढेर खरानी हुने तथा वयस्क रुख आगो लागेर सुक्दै गएपछि वन क्षेत्र उजाड हुने क्रम बढेको हो।

“अहिले रुख बिरुवाले पालुवा फेर्न झारेका पुराना पात सुकेर खङ्रङ्ग भएका बेला वनमा लाग्ने डढेलोले आगो चाँडै फैलने गर्छ”, विपी राजमार्गसँगैको बर्दिबास–३ पाटुका सामाजिक कार्यकर्ता होमबहादुर खड्का भन्छन्, “वनक्षेत्रमा दिनदिनै बढेको डढेलोले रुखबिरुवा सखाप हुनसँगै नजिकका बस्ती पनि आगलागीको उच्च जोखिममा छन्।”

चुरे पहाडी क्षेत्र सबै बर्दिबास नगरपालिका क्षेत्रमा मात्र पर्छ। सागरनाथ वन विकास परियोजनाका प्लट भने बर्दिबासभन्दा गौशाला नगरक्षेत्रमा बढी छ। पूर्वपश्चिम राजमार्ग उत्तर सामुदायिक ९राष्ट्रिय० वन र दक्षिणमा धेरैजसो परियोजनाका प्लट छन्।

अभिलेखमा करिब २४ हजार हेक्टर वन क्षेत्रफल उल्लेख रहे पनि विभिन्न समयमा भएका फडानी र अतिक्रमणले १६ हजार हेक्टरमा खुम्चीएको छ।

बाँकी रहेको वन पनि बर्सेनिको डढेलो र चोरी कटानले अब काटिएका र डढेलोले डढाएका रुखका ठुटा बढी देखिन्छन्। डढेलोले दुईरतीन वर्षयताका बिरुवा डढेपछि पुराना रुख धोद्रिउर बुढिदै जाने र नयाँ बढ्न नपाएपछि वन पातलिँदै गएको वनक्षेत्र नजिकको बर्दिबास–५ चेरु बस्तीका ८० वर्षीय भोगेन्द्रराज पौडेल बताउँछन्।

चुरे आसपासका २० भन्दा बढी र सागरनाथ वन विकास परियोजनासँग जोडिएका पनि करिब यतिकै सङ्ख्याका बस्ती छन्। “वनकै छेउको बसाइँ छ, डढेलोले बस्ती भेट्टाउने चिन्ताले सुत्न सकिँदैन”, वनसँगै जोडिएको बर्दिबास–१० खयरमाराका प्रेमध्वज लामा भन्छन्, “बर्सेनि फागुन लागेपछि डढेलोको चिन्ताले कहिल्यै छाडेन।”

वनका पतिङ्गर खङ्रेर एकैछिनमा डढेलो बढ्ने गरेको लामा बताउँछन्। हिउँदे वर्षाले रुखबिरुवाले झारेका पातपतिङ्गर भिजाउँदा आगो ढिलो फैलने विगत अनुभव सम्झदै वनक्षेत्र नजिकका बासिन्दा यसपालि भने डढेलोले विकराल रुप लिएको बताउँछन्।

पूर्वमा धनुषासँगको सीमा रातुपुलदेखि पश्चिममा सर्लाहीसँगको बााकेपुलसम्म करिब १८ किलोमिटर लम्बाइको छ। यसभित्र चारवटा सवडिभिजन वन कार्यालय, सशस्त्र वन सुरक्षा बेस र १० ठाउँ जति वन सुरक्षा पोष्ट रहे पनि यो जनशक्ति डढेलो नियन्त्रणमा भने उदासिन देखिएको सर्वसाधारणको गुनासो छ।

सागरनाथ वन विकास परियोजना प्लटसँगै जोडिएको हात्तीलेटका बासिन्दा राधाकृष्ण शर्मा भन्छन्, “वनक्षेत्रमा लाग्ने डढेलो कममात्र प्राकृतिक कारणले लाग्छ, धेरैजसो बदमासले आगो झोसेरै लगाउने गरेका छन्।”

बर्सेनि लाग्ने डढेलो रोक्न पूर्वतयारी कहिल्यै नदेखिएको र डढेलो लगाउने पक्राउ परेर कारबाही भएको आफूलाई सम्झना नभएको शर्माको भनाइ छ।

फागुनदेखि नै डढेलो देखिन थाल्छ। ठूलठूला रुखको घर्षणले यदाकदा वनमा आगो सल्के पनि खासमा चाँही घाँसे, दाउरे र गोठालाहरुले डढेलो लगाउने गरेका वनसम्बद्ध सरकारी सेवाबाट अवकाश लिएका हाल बर्दिबास–१ कै बासिन्दा चन्देश्वर यादव बताउँछन्।

फागुनरचैतमा वनमा डढेलो लगाए त्यसपछि हुने वर्षासँगै नयाँ घाँस पलाउने विश्वासले वन क्षेत्र नजिककै पशुपालकले डढेलो लगाउने गरेका सहायक वन अधिकृतको सेवाबाट अवकाश लिएका यादवको अनुभव छ।

जिल्लामा सामुदायिक, धार्मिक र सागरनाथ वन विकास परियोजनाको समेत गरी २४ हजार ४६५ हेक्टर क्षेत्रफलमा वन रहेको डिभिजन वन कार्यालयको अभिलेखमा उल्लेख छ।

अतिक्रमण गरेर घर ठड्याउने र खानजोत गर्नेलाई राजनीतिक संरक्षण मिल्ने हुँदा वन सुरक्षाको कुरा निकै चुनौतीपूर्ण बनेको नाम नबताउने वनसम्बद्ध कर्मचारी बताउँछन्।

वन क्षेत्रको सुरक्षा र व्यवस्थापनको मुख्य जिम्मेवारी रहेको डिभिजन वन कार्यालयले पर्याप्त सुरक्षाकर्मी नहुँदा सबैक्षेत्रमा सघन गस्ती गराउन नसकिएको स्वीकार गरेको छ।

वन क्षेत्रको सुरक्षा र प्रवर्द्धनको कार्य वन क्षेत्रसँग जोडिएका बस्तीका बासिन्दाको सहयोग र समन्वय आवश्यक हुने डिभिजन वन कार्यालयका प्रमुख सुभासचन्द्र दास बताउँछन्।

“हामीसँग भएको जनशक्ति परिचालन गरिरहेका छौँ, तर डढेलो नियन्त्रण स्थानीय बासिन्दाको सहयोगबिना सम्भव छैन”, उनी भन्छन्, “वन क्षेत्रसम्बद्ध स्थानीयतहका जनप्रतिनिधि, सामाजिक सङ्घसंस्था र स्थानीय बासिन्दाको पहलकदमी हुनसके डढेलो नियन्त्रणमा सफलता पाउन सकिन्छ।”

यसका लागि कार्यालयले आवश्यक समन्वय गरिरहेको प्रमुख दासले बताए।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बालेन–रेशम संवाद चुनावी सहकार्यतर्फ : ‘नयाँ शक्तिहरू एक हुनैपर्छ’

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भ...

अमर्यादित लेखाइ भएका सवारीसाधन नियन्त्रणमा लिन बाँके ट्राफिकको अभियान

नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले सवारीसाधनमा लेखिएका अमर्यादित, असभ्य तथा सामाजिक मर्यादा विपरीतका भनाइहरू हटाउने अभियान सुरु गरेको...

शीतलहर र हिमपातले जनजीवन कष्टकर बन्दा तत्काल सहयोग गर्न प्रचण्डको अपिल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्र...

कांग्रेस महामन्त्री विश्वप्रकाशले गरे युवालाई अवसर दिँदै चुनाव नलड्ने घोषणा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०७९ को निर्वाचनमा झापा–१...

जेनजी आन्दोलनपछिको राजनीति उथलपुथल: चुनाव नजिकिँदै दलहरू एकता र ध्रुवीकरणको होडमा

काठमाडौँ । जेनजी आन्दोलनपछि बदलिएको मुलुकको राजनीतिक परिस्थिती र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नयाँ तथा पुराना दलह...

प्रतिनिधिसभा निर्वाचन फागुन २१ मै हुन्छ : अर्थमन्त्री खनाल

लहान । अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । लहानस्थित रामक...

नेपाली कांग्रेस कार्य सम्पादन समितिको बैठक पुस ११ मा पुनः बस्ने

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टीको के...

नेपाली कांग्रेसको ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यता नवीकरण

काठमाडौँ । नेपाली कांग्रेसले हालसम्म ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यताको नवीकरण सम्पन्न भएको जनाएको छ । सदस्यता व्यवस्थापन समितिका सदस्य प्र...

मोरङमा टिपरको ठक्करबाट छोराको मृत्यु, बुबा घाइते

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ मा टिपरको ठक्करबाट स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । बिहीबार साँझ विराटच...

वैकल्पिक शक्ति ध्रुवीकरणमा गोपाल हमालको स्पष्ट ‘ब्रेक’– “कार्यकालभरि कुनै दल वा अभियानमा लाग्दिनँ”

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending