मकवानपुर। बागमती प्रदेशको प्रदेशसभाको सोह्रौँ अधिवेशन आगामी जेठ ५ गतेका लागि आह्वान गरिएको छ । बागमती प्रदेश सरकारको मङ्गलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्री परिषद् बैठकले बागमती प्रदेका प्रदेश प्रमुखसमक्ष बागमती प्रदेश सभाको सोह्रौँ अधिवेसन आगामी जेठ ५ गते सोमबार आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।
प्रदेश सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले प्रदेश सभाको सोह्रौँ अधिवेशन आगामी जेठ ५ गतेबाट सुरु गर्नेगरी आह्वान गर्न मन्त्रिपरिषद् बैठकले निर्णय गरेको जानकारी दिए।
मन्त्रिपरिषद् बैठकपछि बैठकको निर्णय जानकारी दिँदै उनले भने, ‘‘बजेट अधिवेशनका रुपमा प्रदेश सभाको सोह्रौँ अधिवेशन आगामी जेठ ५ गते बिहान ११ बजेबाट बस्ने गरी आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिश गर्ने निर्णय भएको छ ।’’
मन्त्रिपरिषद्को सिफारिशमा प्रदेश प्रमुखले प्रदेशसभाको अधिवेशन आह्वान र अन्त्य गर्ने संविधानमा व्यवस्था रहेको छ । मन्त्री परिषद बैठकको सिफारिश अनुसार बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले प्रदेशसभाको अधिवेशन आह्वान गर्ने छ ।
यस्तै, तीन जना सचिव सरुवा भएर गएको र तीन जना नयाँ सचिव प्रदेशमा सरुवा भई आएकोमा उहाँहरुलाई विभिन्न मन्त्रालयमा पदस्थापन गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सङ्गठन संरचना र दरबन्दी तेरिज गर्ने प्रस्ताव अनुसार दरबन्दी थप नहुने गरी दरबन्दी मिलान गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको प्रदेश सरकारका प्रवक्ता लामिछानेले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - १५:३५
काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा महासचिवमा पराजित भएका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित ...
पौष ३ गते, २०८२ - १५:२९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ उम्मेदवारका लागि मंसिर मसान्तसम्म कुल ...
पौष ३ गते, २०८२ - १५:२१
म्याग्दी। म्याग्दी र राहुघाट वेसिनका जलविद्युत् आयोजनाबाट उत्पादन हुुने विद्युतलाई केन्द्रीय प्रणालीमा आवद्ध गराउन सञ्चालन भएको डाडाखेत–राहुघाट प्रसार...
पौष ३ गते, २०८२ - १५:१२
काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्थानीय तहलाई काम गर्न कसैले रोक्न नसक्ने प्रष्ट पारेको छन् । ‘‘स्थानीय पालिका हरेक काम ...
पौष ३ गते, २०८२ - १५:०१
काठमाडौं। नेकपा (एमाले) को ११ औं महाधिवेशनमा सर्वाधिक मत ल्याएर तीन जना पदाधिकारी निर्वाचित भएको छन् । पहिलो सर्वाधिक मत ल्याएर पृथ्वीसुब्बा गुरुङ निर...
पौष ३ गते, २०८२ - १४:४०
काठमाडौं । नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको शपथ समारोह आज अपराह्न ४ बजे भृकुटीमण्डपस्थित महाधिवेशन हलमा हुने निर्वाचन आयोगले जानकारी दिएको ...
पौष ३ गते, २०८२ - १४:३२
काठमाडौं । एमाले अध्यक्षमा केपी शर्मा ओली तेस्रो पटक निर्वाचित भएका छन्। पदाधिकारीमा पनि ओली पक्षको प्रभुत्व कायम रह्यो। अध्यक्ष केपी शर्म...
पौष ३ गते, २०८२ - १४:२५
काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित १९ पदाधिकारीमध्ये केवल एक जना महिला अटाएकी छिन्। सचिव पदमा अध्यक्ष केपी शर्मा ओलीको प्य...
पौष ३ गते, २०८२ - १४:०७
काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा उपमहासचिव पदमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन्। २२ सय २७ खसेको मतमा ल...
पौष ३ गते, २०८२ - १४:०२
काठमाडौं । नेकपा एमालेको उपमहासचिव पदमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन्। लेखराज भट्टले १४५२, रघुवीर महासेठले १३६८ र योगेश...




प्रतिकृया लेख्नुहोस्: