Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८२ मंगलवार | 6th May, 2025 Tue
Investment bank

रास्वपाको निष्कर्ष- रविमाथि राज्यको निर्मम प्रतिशोध, दुई दिन तीन रातको हिरासत बसाइ गैरकानुनी

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेमाथि राज्य संयन्त्रबाट निर्मम प्रतिशोध साधिएको निष्कर्ष निकालेको छ । 

बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले सभापति लामिछानेलाई कानुनी प्रक्रिया मिचेर पक्राउ गरिएको भन्दै उनको दुई दिन तीन रातको हिरासत बसाइ गैरकानुनी भएकोसमेत ठहर गरेको कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले बताए ।

उनले भने, ‘उच्च अदालत तुल्सीपुर बुटवल इजलासको आदेश स्विकार्दै आफैँ पक्राउमा सहयोग गर्ने सार्वजनिक घोषणा भइसकेको अवस्था र उच्च अदालतको आदेश कार्यान्वयन गर्न जिल्ला अदालत रुपन्देहीले प्रक्रिया सुरु नगर्दै २२ चैतमा गरिएको गिरफ्तारी कानुनविपरीत छ। २५ चैतमा मात्र जिल्ला अदालतमा उपस्थित गराई थुनुवा पुर्जी दिइएकाले दुई दिन तीन रातको हिरासत बसाइ स्वतः अवैध छ ।’ 

प्रहरीले निवासमा सभापतिमाथि गरेको गैरकानुनी र अमर्यादित व्यवहारले राज्यले निर्मम प्रतिशोध साधेको पुष्टि भएको रास्वपाको निष्कर्ष छ । 
उनले थपे, ‘कानुनले निर्धारण गरेका आधारभूत कागजात र अदालतको आदेशसमेत नलिई घर प्रवेश गर्नु र सभापतिले मागेपछि मात्र ढिला गरी दिनु, उच्च अदालतले आदेश गरिसकेको स्थितिमा अनुसन्धानका लागि भन्दै पक्राउ गर्नु र प्रहरीका उच्च अधिकारीले नै अन्तिम इच्छा सोध्नुले प्रहरीको गैरव्यावसायिकता मात्रै प्रस्ट्याएको छैन र यसले कानुनकै धज्जी उडाएको छ।

जिल्ला अदालतले प्रक्रिया सुरु नगर्दै प्रहरीले सभापतिलाई आफ्नै निवासबाट पक्राउ गर्न सक्रिय हुनु र त्यहाँ देखिएको व्यवहार झनै आपत्तिजनक भएको भन्दै निवासमा गरिएको गैरकानुनी र अमर्यादित व्यवहारले राज्यको निर्मम प्रतिशोध पुष्टि गरेको जिकिर गरे। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

केआईआईटीका लागि एनओसी बन्द गर्न माग, तर अनुमतिपत्र नलिई जाने उत्तिकै

काठमाडौं । भारतको ओडिसामा अध्ययनरत नेपाली छात्रा प्रीशा साहको केही दिनअघि भएको मृत्युको घटनाले नेपालको संसद्‌मा पनि प्रवेश आएको छ। आइतवार राष्ट्रिय...

फेरि निवासबाटै शासन गर्न उद्यत प्रधानमन्त्री ओली

मन्त्रिपरिषद् र दलको बैठकदेखि राज्यमन्त्रीको शपथसम्म बालुवाटारमै

चौतारा र घैँटोमा पानी राख्ने चलन हराउँदै

लमजुङ । यहाँका पहाडी गाउँगाउँमा केही वर्षअघिसम्म बाटैभरी पाटी पौवा र धर्मशाला भेटिन्थे । स्वर्गीय आफन्तका स्मृतिमा बटुवाले थकाइ मार्ने देउराली डाँडा, ...

घरबास सञ्चालन गरी आत्मनिर्भर बन्दै मुक्त कमैया महिला

कञ्चनपुर । कृष्णपुर नगरपालिका–२ स्थित मुक्त कमैया शिविरमा बस्ने परदेशनी चौधरीको दैनिकी पाहुनाको सेवा सत्कारमै बित्ने गर्छ । पाहुनालाई थारु समुदायको पर...

दर्गा प्रसाईं र रविन्द्र मिश्रलगायतलाई पाँच दिन म्याद थप

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा रहेका दुर्गा प्रसाईं र रविन्द्र मिश्रलगायतलालाई अनुसन्धानका लागि पाँच दिन म...

पोखरालाई कस्तो बनाउने ? सुझाव माग्दै कांग्रेस

गण्डकी । नेपाली कांग्रेस कास्कीले समग्र जिल्लासहित पोखरालाई कस्तो बनाउने भनेर विभिन्न क्षेत्रसम्बद्ध व्यक्ति एवं निकायसँग सुझाव सङ्कलन सुरु गरेको छ । ...

कति पुग्यो अमेरिकी डलर, युरो, पाउण्ड र रियालको मूल्य ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३५ रूपैयाँ ०४ पैसा र बि...

डोल्पामा आगामी जेठ पहिलो सातादेखि यार्सागुम्बा सङ्कलन

ठूलीभेरी । डोल्पामा आगामी जेठ ५ गतेदेखि यार्सागुम्बा सङ्कलनको अनुमति दिइएको छ । सदरमुकाम दुनैमा जिल्ला समन्वय समितिका प्रमुख श्यामबहादुर रोकायाको अध्य...

यस्तो छ आज सागसब्जी र फलफूलको थोक मूल्य (सूचीसहित)

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मू...

२१.३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजना अन्तिम चरणमा

बेनी । रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा २१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाको परीक्षण उत्पादनको तयारी गरिएको छ । संयुक्त ऊर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending