Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८२ आईतवार | 27th April, 2025 Sun
Investment bank

बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावितका लागि मुआब्जा निर्धारण

खबरडबली संवाददाता

 गोरखा । बूढीगण्डकी जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका बासिन्दाका लागि मुआब्जा निर्धारण गरिएको छ । चुमनुब्री गाउँपालिकाका जनप्रतिनिधि, प्रवर्धक कम्पनी साहस ऊर्जाका प्रतिनिधि र स्थानीयको सहभागितामा मुआब्जा निर्धारण गरिएको हो ।

साहस ऊर्जाका प्रबन्ध निर्देशक हिम पाठकका अनुसार बाँध निर्माणस्थल रहेको वडा नं ३ को सल्लेरीका बस्ती क्षेत्रमा रहेका जग्गाको प्रतिआना रु तीन लाख कायम गरिएको छ । “चार आनाभन्दा कम जग्गा हुनेको हकमा भने प्रतिआना रु चार लाख र बस्तीभन्दा बाहिर प्रतिआना रु एक लाख ५० हजार मुआब्कजा निर्धारण भएको छ ।” उहाँका अनुसार करिब ८० रोपनीको मुआब्जा दिनुपर्ने आकलन गरिएको छ ।

उक्त भेलाले घरको मूल्याङ्कन भने गरेको छैन । गाउँपालिकाका प्राविधिकले तयार गरेको प्रतिवेदनका आधारमा घरको मुआब्जा निर्धारण हुने उहाँले पाठकले जानकारी दिनुभयो । आयोजनाबाट २६ घरधुरी विस्थापित हुने भएका छन् ।

विस्थापित हुनेहरुको पुनःस्थापनाका विषयमा पनि छलफल भइरहेको गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिनुभयो । “डुबानका कारण विस्थापित हुनेहरु कसैलाई फिलिममा, कसैलाई जगतमा पुनःस्थापित गर्ने विषयमा छलफल भइरहेको छ तर निर्णय भइसकेको छैन”, लामाले भने।

गाउँपालिकाका अध्यक्ष निमा लामा, उपाध्यक्ष लक्ष्मी गुरुङ, वडा नं २ का अध्यक्ष रामकुमार गुरुङ, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र)का प्रतिनिधि, सल्लेरी, भालुवन, जगत, नाग्चेतका बासिन्दालगायतको मुआब्जा निर्धारण भेलामा उपस्थिति थियो । 

अर्धजलाशययुक्त (पिकिङ रन अफ रिभर) प्रविधिको ३४१ मेगावाट क्षमताको उक्त परियोजना निजी क्षेत्रबाट सञ्चालित सबैभन्दा ठुलो परियोजना हो । साहस ऊर्जाले सल्लेरीमा बाँध निर्माण गर्ने छभने त्यहाँबाट ६.८ किलोमिटर भूमिगत सुरुङ हुँदै धार्चे–३ मा रहेको तातोपानीस्थित पावर हाउसमा विद्युत् उत्पादन गर्नेछ । उत्पादन हुने विद्युत् ४५ किलोमिटर लामो प्रसारण लाइनमार्फत नुवाकोटको रातामाटे सबस्टेसनमार्फत केन्द्रीय प्रसारणलाइनमा जोडिनेछ । आयोजनाको कुल लागत रु ७० अर्ब रहेको छ  ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रङ्घद्वारा जम्मू–कश्मीरमा भएको आक्रमणको निन्दा गर्दै न्यायको माग

न्युयोर्क । संयुक्त राष्ट्र सुरक्षा परिषद् (युएनएससी) ले २२ अप्रिलमा जम्मू–कश्मीरमा भएको आतङ्कवादी आक्राणको कडा निन्दा गर्दै न्यायको माग गरेको छ । आक्...

बागमती र रुद्रमति किनारबाट दुई मेट्रिक टन फोहोर व्यवस्थापन

काठमाडौँ । राष्ट्रका लागि हप्ताको दुई घन्टा स्वयंसेवा भन्ने नाराका साथ काठमाडौँ महानगरपालिका वडा नं १० स्थित रुद्र मति दोभानबाट बुद्धनगरपुलसम्म सफाइ ग...

बौद्धिक सम्पत्तिको दर्तालाई प्रोत्साहन गर्नुपर्ने : अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बौद्धिक सम्पत्तिको दर्तालाई प्रोत्साहन गर्ने गरी राज्यको भूमिका बढाउनुपर्नेमा जो...

इरान र अमेरिकाबिच नयाँ चरणको आणविक वार्ता सुरु

मस्कट। संयुक्त राज्य अमेरिका र इरानबिच ओमानमा शनिबारदेखि नयाँ चरणको आणविक वार्ता सुरू भएको छ । सम्भावित आणविक सम्झौताको विस्तृत विवरणलाई लिएर शनिबारदे...

देउवाले सरकार ढल्दैन भनेपछि विरोधीहरू थुचुक्कै ढले : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार ढल्दैन भनेपछि विरोधिहरु थुचुक्कै ढलेको टिप्पणी ...

नयाँ बानेश्वररमा एमाले संसदीय दलको बैठक जारी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(एमाले) को संसदीय दलको बैठक सुरु भएको छ । संसद्को बजेट अधिवेशन प्रारम्भ भएको सन्दर्भमा दलको बैठक प्रधानमन्त्री एवम् ...

बौद्धिक सम्पत्तिसम्बन्धी नयाँ कानुन निर्माणको तयारीमा छौँ: उद्योगमन्त्री भण्डारी

काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको बौद्धिक सम्पत्तिसम्बन्धी कानुनलाई सरकारले नयाँ ढङ्गबाट अगाडि बढाउने तयारी भएको ब...

मुख्यमन्त्री शाहले उत्तर प्रदेश र उत्तराखण्डका मुख्यमन्त्रीलाई भेट्ने

धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र उत्तराखण्ड प्रदेशका मुख्यमन्त्री पुष्करसिंह धामी...

लुम्बिनीलाई विश्वकै आध्यात्मिक केन्द्रको रूपमा पहिचान गराउन सरकार प्रतिबद्ध : मन्त्री पाण्डे

लुम्बिनी। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले लुम्बिनीलाई विश्वकै आध्यात्मिक अध्ययन र चिन्तनको  रूपमा पहिचान कायम गराउन सरकार प्र...

जनमत र नागरिक उन्मुक्ति पार्टीबिच एकता घोषण वैशाख १७ गते

काठमाडौँ। जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबिच यही वैशाख १७ गते पार्टी एकीकरण घोषणा हुने भएको छ । जनमत पार्टीका प्रवक्ता डा। शरदसिंह यादवले पार्टी...

अरु धेरै
raksirang palika
ribdikot palika
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

chisankhugadi palika tripura sundari palika thakre palika temal palika sunapati palika shivapuri palika shailung palika roshi palika marin palika manhari palika mahabharat lishankhu palika lakhan palika khotehang palika khaniyabas palika khanikhola palika kakani palika Kailash palika jugal palika jantedhunga palika ghyangkhola palika gandaki palika NIBL RIGHT SIDE Salt Trending