Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

एकीकृत समाजवादीले किन गर्दैछ कार्यकर्ता भेला ?

खबरडबली संवाददाता

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीले यही वैशाख ९ गते काठमाडौँमा कार्यकर्ता भेला गर्ने भएको छ । पार्टीले कम्युनिष्ट पार्टी स्थापनाको ७६औँ वर्षका अवसरमा भेला आह्वान गरेको हो । 

भेलामा वामपन्थी शक्तिबीच एकता, समान विचारधारा भएका पार्टीसँगको बनाइने मोर्चाबारे पार्टीको सङ्गठन सुदृढीकरण, वडा तहबाट भएको कार्यको समीक्षा, समसामयिक राजनीतिक विषयवस्तु, संविधान संशोधन, भ्रष्टाचार, जनजीविकासँग सम्बन्धित मुद्दामा छलफल गरिने पार्टी महासचिव घनश्याम भुसालले जानकारी दिए । 

पार्टीका नेताहरूलाई दिइएको भूगोल केन्द्रित जिम्मेवारी तथा कार्य प्रगतिको छलफल गरिने भेलामा सबै जनवर्गीय सङ्गठनका कार्यप्रगति तथा ती सङ्गठनका अधिवेशनबारे निर्णय गरिने जनाइएको छ ।

पार्टीको १०औँ महाधिवेशनमा पारित एजेण्डा, कार्यदिशा कार्यान्वयनको अवस्थाबारे छलफल गरिने भेलामा राजनीतिक प्रतिवेदन, आर्थिक, साङ्गठनिक प्रतिवेदनमा पेस गरिनेछ ।

पार्टीले मातहतका कमिटीलाई देशभर कम्युनिष्ट पार्टी स्थापनाका अवसरमा राजनीतिक प्रशिक्षण, अन्तरक्रिया, गोष्ठी, वृक्षरोपणलगायत विभिन्न सामाजिक तथा रचनात्मक कार्य आयोजना गर्न पत्राचार गरेको महासचिव भुसालले जानकारी दिए । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि मच्छिमबासी उत्साहित

म्याग्दी । पाँच दशकदेखि बन्द अवस्थामा रहेको तामाखानी उत्खननका लागि अध्ययन थालिएपछि म्याग्दीको धवलागिरि गाउँपालिका–७ मच्छिमका बासिन्दा उत्साहित भएका छन...

मनाङमा हिउँ चितुवा सर्वेक्षण : ङिस्याङ, नारफू र तिलिचो आसपासका क्षेत्र बासस्थान

मनाङ । हिमाली पारिस्थितिकीय प्रणालीको सूचक मानिएको लोपोन्मुख हिउँ चितुवाको तथ्याङ्क सङ्कलन गर्ने उद्देश्यले यहाँ हिउँ चितुवा सर्वेक्षण जारी छ । राष्ट्...

तराईमा हुस्सु, हिमाली भूभागमा हिमपातको सम्भावना

काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका अधिकांश स्थ...

चुनाव नजिकिँदै गर्दा दलहरूको परीक्षा सुरु भएको छ : माधव नेपाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले तोकिएकै समयमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्नु देश र जनताको हितमा रहेको बताएक...

आगलागीबाट दुई जनाको मृत्यु, नौ घाइते

काठमाडौँ । देशका विभिन्न क्षेत्रमा पछिल्लो २४ घण्टामा आगलागीका घटनामा परेर दुई जनाको मृत्यु भएको छ । ती घटनामा अन्य नौ जना घाइते भएका छन् । अधिकांश...

उखु किसानलाई धपेडी

महोत्तरी । महोत्तरीका उखु किसानलाई अहिले धपेडी छ । चैतेबाली लगाउने बेला घर्कँदै गर्दा खुट्टी (दोस्रो वर्षको बाली) उखु काटेर चिनी उद्योगमा पुर्‍याउन र ...

बालेनससँग मिलेपछि रविले भने- देशलाई चाहिएको जस्तो सहमति हुनुपर्छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह बालेनबीच लिखित सहमति भएको छ।  दुई ज...

रवि र बालेनबीच भएको ७ बुँदे सहमतिमा के छ ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह बालेनबीच लिखित सहमति भएको छ।  दुई ज...

बालेन अब रास्वपामा, आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार बन्ने समझदारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनबीच एकता गर्ने सहमति भएको छ। ...

हुम्लाको रिप गाउँमा आगलागी हुँदा पाँच घर जले, दुई जना घाइते

हुम्ला । यहाँको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट दुई जना घाइते भएका छन् । आगलागीबाट पाँच घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिए ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending