मध्यविन्दु । दाउन्ने क्षेत्रको बाटो हिलो र चिप्लो भएका कारण नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध भएको छ । आज भएको वर्षाको कारण दाउन्नेमा क्षेत्रमा सवारी साधनहरू आवतजावत गर्न कठिनाइ भएपछि अहिले यो राजमार्गमा सवारी सञ्चालन गर्न समस्या भएको हो ।
नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा वर्षाको कारणले सडकमा हिलो भएकाले गाडीहरू उकालो र ओरालोमा चिप्लिएर सञ्चालनमा समस्या भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का प्रहरी उपरीक्षक यादव ढकालले बताए ।
अहिले दाउन्ने क्षेत्रमा सयौँ सवारीहरू जाममा परेका छन् । हिलोमा गाडी फसेकाले सडक अवरुद्ध भएको हुँदा जे सिभिले तानेर सवारी सञ्चालन गरिरहेको प्रहरी उपरीक्षक ढकालले जानकारी दिए ।
राति ११ बजेदेखि बिहान ५ बजेसम्म दाउन्ने सडक बन्द गरेर विस्तारको काम गर्ने गरिए पनि आज दिउँसोदेखिको जामले सयौँ सवारीबीच सडकमा रहेकाले विस्तारको काम समेत रोकिने भएको छ ।
अहिले दाउन्ने खण्डमा पहाड काट्ने, पर्खाल लगाउने र कल्भर्ट निर्माणको काम भइरहेको अवस्थामा वर्षाले सडक अवरुद्ध बनाएको हो । दाउन्ने क्षेत्रमा गत वैशाख १ गते देखि १५ गतेसम्म राति ११ बजेदेखि बिहान ५ बजेसम्म आवागमन रोकेर विस्तारको काम भइरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १९ गते, २०८२ - ०९:२५
गण्डकी । रुपा गाउँपालिकामा ९५ वटा मुद्दा दर्ता भएका छन्। यो सङ्ख्या पालिका स्थापना भएदेखि हालसम्मको हो। नेपालको संविधानको धारा २१७ मा आफ्नो अधिकार क्...
बैशाख १९ गते, २०८२ - ०९:२२
बागमती । पूर्वपश्चिम राजमार्गअन्तर्गत मनहरी गाउँपालिका–८ मा ट्रकको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको न...
बैशाख १९ गते, २०८२ - ०९:०८
काठमाडौं । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी किट) को छात्रावासमा नेपाली छात्रा प्रिसा साह मृत भेटिएको घटनाबार...
बैशाख १९ गते, २०८२ - ०८:५८
काठमाडौं । भारतबाट दैनिक १५ घण्टा बिजुली आयात हुने भएको छ । शुक्रबारदेखि बिहान ६ देखि साँझ ५ (सोलार आवर) र राति २ देखि बिहान ६ बजेसम्म बिजुली आयात गरि...
बैशाख १९ गते, २०८२ - ०८:४९
काठमाडौं । अबको झन्डै डेढ महिनामा सुरु हुने मनसुनी वर्षा यस वर्ष नेपालसहित दक्षिण एसियाका अधिकांश भागमा औसतभन्दा बढी हुने प्रक्षेपण साउथ एशियन क्लाइमे...
बैशाख १९ गते, २०८२ - ०८:४४
म्याग्दी । बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत राहुघाट–तातोपानी खण्डमा १४ किलोमिटर कालोपत्र भएको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुघाटदेखि ...
बैशाख १९ गते, २०८२ - ०८:०२
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मू...
बैशाख १९ गते, २०८२ - ०७:५५
काठमाडौं । भारतको ओडिसा राज्यमा रहेको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयमा अध्ययनरत एक अर्की नेपाली छात्रा मृत फेला पर...
बैशाख १९ गते, २०८२ - ०७:४८
उदयपुर । चितवनबाट झापातर्फ गइरहेको मे१च ३०४० नम्बरको जीप उदयपुरको कटारी नगरपालिका–६ सोमबारेस्थित मदन भण्डारी मार्गमा बिहीबार साँझ दुर्घटना हुँदा एक जन...
बैशाख १९ गते, २०८२ - ०७:४५
काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिने भन्दै लाखौँ ठगी गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरी सार्वजनिक ...
प्रतिकृया लेख्नुहोस्: