काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार बोलाएको पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकमा कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सरकारको चर्को आलोचना गरेका छन् । सरकारले गर्नुपर्ने काम नगरेर मनमौजी रूपमा चल्ने गरेको भन्दै उनीहरूले सरकारलाई सुध्रिएर अघि बढे मात्र काँध थाम्नुपर्ने बताएका छन् ।
बैठक सुरु हुनासाथ महामन्त्री थापाले दुई ठूला दलको समीकरण किन बनाउनुपर्यो र सरकारले गर्नुपर्ने कामका प्राथमिकता के हो भन्नेबारेमा धारणा राखेका थिए । अर्का महामन्त्री शर्माले पनि थापाकै भनाइमा सहमति जनाउँदै सरकारसामु यथास्थितिमा बस्ने कि गति बढाउने विकल्प रोज्नुपर्ने अवस्था रहेको धारणा राखेका थिए ।
सरकार नसुध्रिएमा कांग्रेस र एमालेका बीचमा समझदारी बनाएर एमालेले नेतृत्व लिँदा कांग्रेसले बाहिरबाट समर्थन गर्ने र एमालेको मात्रै मन्त्रिपरिषद् बनाउने तथा कांग्रेसले नेतृत्व लिँदा एमालेले पनि त्यसै गर्ने मोडलमा जानुपर्ने धारणा आफूले बैठकमा राखेको महामन्त्री शर्माले कान्तिपुरलाई बताए ।
महामन्त्री थापाले नागरिकको चाहनाबमोजिम कामको प्रभावकारिता बढाउन भनेरै ल्याइएको अध्यादेश संसद्बाट पारित भइसक्दासमेत सरकारले त्यसलाई कार्यान्वयनमा लैजाने चाहना नदेखाएको भन्दै असन्तुष्टि जनाएका थिए ।
‘नागरिकका असन्तुष्टिलाई कामबाटै जवाफ दिने हो भनेर रातदिन लगाएर अध्यादेश ल्यायौं । अध्यादेश ल्याएको आलोचनासमेत हामीले नै खेप्यौं । तर सरकार त्यसलाई कार्यान्वयन गर्नेभन्दा पनि अन्त–अन्तै बरालिने गरेको छ,’ थापाको भनाइ उद्धृत गर्दै एक कांग्रेस नेताले भने, ‘संविधान संशोधनका लागि कार्यदल बनाउने भनेर निर्णय गरियो तर अहिलेसम्म कार्यदल बनाइएको छैन । दुई साताभन्दा बढी समयदेखि शिक्षक आन्दोलनमा छन् । त्यसलाई सम्बोधन गर्न सरकारको ध्यान छैन । ध्यान केमा छ भने आफ्नो मान्छेलाई कहाँ नियुक्ति गर्ने ? कहाँ कसलाई हटाउने ? भन्नेमा छ । यसरी सरकार चल्न सक्दैन ।’
महामन्त्री शर्माले गभर्नर नियुक्ति, एआईजी बढुवामा ढिलाइ, शिक्षक आन्दोलनको सम्बोधनमा गम्भीर नभएको, सत्ता सहकार्य दलसँग परामर्श नै नगरी सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभामा दर्ता गराएको, तीन महिना कार्यकाल रहेका कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्ति गर्ने काम भएको, राज्य व्यवस्था समितिअन्तर्गतको उपसमितिमा सहमति भइसकेको अख्तियारसम्बन्धी विधेयक निर्देशनात्मक रूपमा ‘होल्ड’ मा राखिएको, त्रिविका उपकुलपतिलाई पदबाट राजीनामा दिन बाध्य पारिएको लगायतका आरोप सरकारमाथि लगाएका थिए ।
‘केही राम्रो गर्न सकिएला भनेर नै दुई ठूला दलबीच समीकरण बनेको हो । तर सरकार बनेको ९ महिनासम्म पनि केही गर्न सकिएन । सरकार प्राथमिकताबाहिर गएको छ । पुँजीगत खर्च बढाउने क्षमतासमेत राख्न सकेन । अध्यादेश ल्याएर आर्थिक चलायमान गराउन सकिन्छ, डेलिभरीमा प्रभावकारिता बढाउन सकिन्छ भनेर कोसिस भयो । तर कानुन बनेर पनि त्यसै थन्किएको छ,’ शर्माको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘तत्काल गभर्नर नियुक्ति गर्नुपर्यो, शिक्षकको माग तत्काल पूरा गर्नुपर्यो । कुलमानको जस्तो घटना दोहोरिन भएन । सरकारले स्पिड बदल्नुपर्यो ।’
सभापति देउवाले भने गभर्नर नियुक्तिकै विषयमा छलफल भइरहेको र छिट्टै सहमति हुने बिफ्रिङ गरेका थिए । प्रधानमन्त्री ओली र देउवाबीच बुधबार साँझ बालुवाटारमा भएको छुट्टै भेटवार्तामा यस विषयलाई टुंग्याइएको कांग्रेसका अर्का एक नेताले बताए । यो समाचार आजको कान्तिपुर दैनिकमा छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: