Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

कांग्रेस बैठकमा गगन-विश्वले भने : सरकार नसुध्रिए अब काँध थाम्न सकिँदैन

खबरडबली संवाददाता

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार बोलाएको पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकमा कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सरकारको चर्को आलोचना गरेका छन् । सरकारले गर्नुपर्ने काम नगरेर मनमौजी रूपमा चल्ने गरेको भन्दै उनीहरूले सरकारलाई सुध्रिएर अघि बढे मात्र काँध थाम्नुपर्ने बताएका छन् ।

बैठक सुरु हुनासाथ महामन्त्री थापाले दुई ठूला दलको समीकरण किन बनाउनुपर्‍यो र सरकारले गर्नुपर्ने कामका प्राथमिकता के हो भन्नेबारेमा धारणा राखेका थिए । अर्का महामन्त्री शर्माले पनि थापाकै भनाइमा सहमति जनाउँदै सरकारसामु यथास्थितिमा बस्ने कि गति बढाउने विकल्प रोज्नुपर्ने अवस्था रहेको धारणा राखेका थिए ।

सरकार नसुध्रिएमा कांग्रेस र एमालेका बीचमा समझदारी बनाएर एमालेले नेतृत्व लिँदा कांग्रेसले बाहिरबाट समर्थन गर्ने र एमालेको मात्रै मन्त्रिपरिषद् बनाउने तथा कांग्रेसले नेतृत्व लिँदा एमालेले पनि त्यसै गर्ने मोडलमा जानुपर्ने धारणा आफूले बैठकमा राखेको महामन्त्री शर्माले कान्तिपुरलाई बताए ।

महामन्त्री थापाले नागरिकको चाहनाबमोजिम कामको प्रभावकारिता बढाउन भनेरै ल्याइएको अध्यादेश संसद्बाट पारित भइसक्दासमेत सरकारले त्यसलाई कार्यान्वयनमा लैजाने चाहना नदेखाएको भन्दै असन्तुष्टि जनाएका थिए ।

‘नागरिकका असन्तुष्टिलाई कामबाटै जवाफ दिने हो भनेर रातदिन लगाएर अध्यादेश ल्यायौं । अध्यादेश ल्याएको आलोचनासमेत हामीले नै खेप्यौं । तर सरकार त्यसलाई कार्यान्वयन गर्नेभन्दा पनि अन्त–अन्तै बरालिने गरेको छ,’ थापाको भनाइ उद्धृत गर्दै एक कांग्रेस नेताले भने, ‘संविधान संशोधनका लागि कार्यदल बनाउने भनेर निर्णय गरियो तर अहिलेसम्म कार्यदल बनाइएको छैन । दुई साताभन्दा बढी समयदेखि शिक्षक आन्दोलनमा छन् । त्यसलाई सम्बोधन गर्न सरकारको ध्यान छैन । ध्यान केमा छ भने आफ्नो मान्छेलाई कहाँ नियुक्ति गर्ने ? कहाँ कसलाई हटाउने ? भन्नेमा छ । यसरी सरकार चल्न सक्दैन ।’

महामन्त्री शर्माले गभर्नर नियुक्ति, एआईजी बढुवामा ढिलाइ, शिक्षक आन्दोलनको सम्बोधनमा गम्भीर नभएको, सत्ता सहकार्य दलसँग परामर्श नै नगरी सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभामा दर्ता गराएको, तीन महिना कार्यकाल रहेका कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्ति गर्ने काम भएको, राज्य व्यवस्था समितिअन्तर्गतको उपसमितिमा सहमति भइसकेको अख्तियारसम्बन्धी विधेयक निर्देशनात्मक रूपमा ‘होल्ड’ मा राखिएको, त्रिविका उपकुलपतिलाई पदबाट राजीनामा दिन बाध्य पारिएको लगायतका आरोप सरकारमाथि लगाएका थिए ।

‘केही राम्रो गर्न सकिएला भनेर नै दुई ठूला दलबीच समीकरण बनेको हो । तर सरकार बनेको ९ महिनासम्म पनि केही गर्न सकिएन । सरकार प्राथमिकताबाहिर गएको छ । पुँजीगत खर्च बढाउने क्षमतासमेत राख्न सकेन । अध्यादेश ल्याएर आर्थिक चलायमान गराउन सकिन्छ, डेलिभरीमा प्रभावकारिता बढाउन सकिन्छ भनेर कोसिस भयो । तर कानुन बनेर पनि त्यसै थन्किएको छ,’ शर्माको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘तत्काल गभर्नर नियुक्ति गर्नुपर्‍यो, शिक्षकको माग तत्काल पूरा गर्नुपर्‍यो । कुलमानको जस्तो घटना दोहोरिन भएन । सरकारले स्पिड बदल्नुपर्‍यो ।’

सभापति देउवाले भने गभर्नर नियुक्तिकै विषयमा छलफल भइरहेको र छिट्टै सहमति हुने बिफ्रिङ गरेका थिए । प्रधानमन्त्री ओली र देउवाबीच बुधबार साँझ बालुवाटारमा भएको छुट्टै भेटवार्तामा यस विषयलाई टुंग्याइएको कांग्रेसका अर्का एक नेताले बताए । यो समाचार आजको कान्तिपुर दैनिकमा छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हुम्लाको रिप गाउँमा आगलागी हुँदा पाँच घर जले, दुई जना घाइते

हुम्ला । यहाँको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट दुई जना घाइते भएका छन् । आगलागीबाट पाँच घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिए ...

कांग्रेसमा फेरि महाधिवेशन विवाद

काठमाडौं । कांग्रेस महाधिवेशन २१ फागुनको प्रतिनिधिसभा निर्वाचन अगाडि कि पछाडि गर्ने भन्ने विवाद फेरि चर्किएको छ । पार्टीले तोकेको नियमित महाधिवेशन नजि...

रवि-बालेन वार्ता सहकार्यको ‘मोडालिटी’तर्फ

काठमाडौं । तेस्रोपटक छलफलमा बसेका रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह सहकार्य गरेर जाने निष्कर्षसहित मोडा...

दलहरूलाई समानुपातिक बन्दसूची बुझाउने चटारो, के गर्दै छ एमाले ?

काठमाडौँ । फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको एउटा प्रमुख खुड्किलो अर्को साताको सुरुमै आइपुग्दै छ जब दलहरूले समानुपातिकतर्फ तिनका उ...

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी । मङ्गला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु पेल्ने चलनलाई निरन्तरता दिएका छन् । मङ्गला गाउँपालिका–२ सिमका स्वर्गीय रामबहादुर खत...

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चा...

टिपरको ठक्करबाट गम्भीर घाइते भएका एक जनाको मृत्यु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइसधारास्थित सडकखण्डमा गए राति टिपरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।...

लाओसबाट थाइल्याण्ड हुँदै काठमाडौं आएकी महिलाको पेटबाट निकालियो लागुऔषध, तीन जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर लागुऔषध तस्करी गरिरहेका एकसहित तीन जना विदेशीलाई पक्राउ गरेको छ । एक जना...

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव

मुग्लिन । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुने भएको छ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छा...

जेलेन्स्कीको कडा चेतावनी

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको र त्यसले विश्वव्यापी सुरक्षा जोखिम बढाइरहे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending