बारा । जिल्ला प्रहरी कार्यालय बाराले ठुलो परिमाणमा बाराको विभिन्न स्थानबाट अवैध लागुऔषध गाँजा बरामद गरेको छ । ३६७ किलो १४० ग्राम अवैध लागुऔषध गाँजासहित एक भारतीय नागरिकसहित पाँचजनालाई पक्राउ गरेको हो ।
जितपुरसिमरा उपमहानगरपालिका– ३ बजनीबाट बिहीबार मध्यरातमा ना.५ख २५०४ नम्बरको मिनी ट्रकलाई चेक जाँच गर्दा १९ वटा पोकामा लुकाएर राखेका ३०५ किलो लागुऔषध गाँजा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताए ।
इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको टोलीले हेटौँडाबाट वीरगन्जतर्फ जाँदै गरेको मिनी ट्रकसहित ओसारपसार कार्यमा संलग्न तीनजना व्यक्तिसमेतलाई नियन्त्रणमा लिन सफल भएको हो । पक्राउ पर्नेमा मकवानपुर जिल्ला कैलास गाउपालिका– ४ बस्ने ३२ वर्षीय ट्रकचालक राजन लामा, सोही स्थानका वडा नम्बर १० बस्ने ट्रकमा सवार २७ वर्षीय जीवन ठोकर र मकवानपुर जिल्ला हेटौँडा उपमहानगरपालिका– ३ बस्ने ३३ वर्षीय ईश्वर लोप्चन रहेका छन ।
त्यसैगरी, बारा प्रहरीले विशेष सूचनाको आधारमा बिहीबार इलाका प्रहरी कार्यालय प्रसौनी बाराबाट खटिएको प्रहरीले बाराको प्रसौनी गाउँपालिका– ४ स्थित खुटवाको एक घरबाट बिक्री–वितरण गर्ने उद्देश्यसहित लुकाइछिपाइ राखेको दुई किलो १४० ग्राम लागुऔषध गाँजासहित ३१ वर्षीय पवनकुमार साहलाई नियन्त्रणमा लिएको छ ।
यस्तै, विशेष सूचनाकै आधारमा इलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराबाट खटिएको प्रहरी टोलीले बाराको पचरौता नगरपालिका– १ मुसहरीटोलस्थित मकैबारी हुँदै नेपालबाट भारततर्फ लागुऔषध गाँजा निर्यात हुँदै गरेको सूचनाका आधारमा टाउकोमा बोकी ओसारपसार गर्दै गरेका एक भारतीय नागरिकलाई नियन्त्रणमा लिन सफल भएको हो ।
प्रहरीले ओसारपसार गर्ने भारतको बिहार प्रान्त मोतीहारी जिल्ला पञ्चायत बिजवनी थाना जितना ग्राम रेगनिया बस्ने २५ वर्षीय राजबिहारी कुमारलाई चारवटा पोकामा रहेको ६० किलो लागुऔषध गाँजासहित पक्राउ गरेको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १८ गते, २०८२ - २०:४०
मकवानपुर । वस्तुलाई खोले पकाउने क्रममा आगोको झिल्का सल्केर घरमा आगलागी भएको छ । मकवानपुरको बकैया गाउँपालिका –१२ कोलखोपमा आगोको झिल्का सल्केर आगलागी हु...
बैशाख १८ गते, २०८२ - २०:३५
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा होमस्टे (घरबास) दुई दिने कार्यशाला गोष्ठी आयोजना हुँदैछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको तारा...
बैशाख १८ गते, २०८२ - २०:२९
काठमाडाैं । परराष्ट्रमन्त्री एव् नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाले विदेशमा रहेका नेपालीहरु मुलुकका लागि ‘सफ्ट पावर’ भएको बताएकी छिन् । क...
बैशाख १८ गते, २०८२ - २०:२३
उदयपुर । मदन भण्डारी लोकमार्गअन्तर्गत उदयपुरको कटारी नगरपालिका–६ सोमबारे खण्डमा स्कारपियो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन...
बैशाख १८ गते, २०८२ - १९:००
कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको छ महिनाको अवधिमा दुई हजार ३८८ पर्यटकले भ्रमण गरेका छन् । त्यसमा एक हजार १६० महिला र ...
बैशाख १८ गते, २०८२ - १८:५७
चितवन । प्रकृति र वन्यजन्तु संरक्षणमा साझेदारी र सहकार्य गरिँदा महत्वपूर्ण उपलब्धि हाँसिल गर्न सकिन्छ भन्ने गतिलो उदाहरण पछिल्ला दशकमा नेपालले प्रस्तु...
बैशाख १८ गते, २०८२ - १८:५१
काठमाडौँ । काठमाडौँ–दाङ बागमती प्रदेश–००३–००१ख२८३४ नम्बरको बस चलाउँदै आएका दाङ घोराही उपमहानगरपालिका–२ का २८ वर्षीय अरविन्द चौधरीलाई बिहीबार मजदुर दिव...
बैशाख १८ गते, २०८२ - १८:४४
महोत्तरी । जिल्ला नापी कार्यालय जलेश्वरले बर्दिबास नगरपालिका–२ र ५ का ९२ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरेको छ । यहाँ एक कार्यक्रम आयोजना गरी ...
बैशाख १८ गते, २०८२ - १८:४१
भोजपुर । विभागीय टोली एपिएफ क्लब भोजपुर सदरमुकामस्थित स्थानीय कोदार फुटबल रङ्गशालामा जारी आठौँ संस्करणको अन्तराष्ट्रिय आमन्त्रित भोजपुर मेयर गोल्डकप प...
बैशाख १८ गते, २०८२ - १८:३७
फ्रान्सिस्को । पूर्व अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले नोभेम्बरको चुनाव हारेपछि आफ्नो पहिलो प्रमुख भाषणमा बुधबार डोनाल्ड ट्रम्प र उहाँका समर्थकहरूको...
प्रतिकृया लेख्नुहोस्: