Ntc summer Offer
Khabar Dabali १९ बैशाख २०८२ शुक्रबार | 2nd May, 2025 Fri
Investment bank

ताप्लेजुङमा शुक्रबारदेखि कञ्चनजङ्घा हीरक महोत्सव सुरु

खबरडबली संवाददाता

ताप्लेजुङ । ताप्लेजुङमा शुक्रबारदेखि कञ्चनजङ्घा हीरक महोत्सव सुरु भएको छ । विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घामा मानव पाइला पुगेको अर्थात हिमाल आरोहण भएको ७० वर्ष पुगेको अवसरमा हीरक महोत्सव आयोजना गरिएको हो ।

आइतबार सम्पन्न हुने महोत्सवको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले उद्घाटन गरे । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को आयोजनामा हीरक महोत्सव फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपमा आयोजना गरिएको छ । लेलेप सदरमुकाम फुङ्लिङदेखि एक दिनको पैदल दूरीमा पर्दछ भने यातायात साधनमार्फत चार घण्टामा पुग्न सकिन्छ ।

कञ्चनजङ्घा संरक्षण क्षेत्र प्रकृतिको उपहार, संरक्षण क्षेत्रमा पर्या पर्यटन समृद्धिको आधार भन्ने नारासहित कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या बढाउने मुख्य उद्देश्यसहित महोत्सव आयोजना गरिएको हो । परिषद्का सदस्य–सचिव मनकुमार राईका अनुसार महोत्सवले कञ्चनजङ्घाको प्रचारप्रसारमा थप टेवा पुग्ने र बाह्य तथा आन्तरिक पर्यटकको आगमन वृद्धि गर्न सहयोग पुग्ने अपेक्षा राखिएको छ ।

समुद्री सतहदेखि आठ हजार ५८६ मिटर उचाई रहेको कञ्चनजङ्घा हिमालको सन् १९५५ मे २५ मा बेलायतका आरोही जर्ज बैण्ड र जो ब्राउनले पहिलो पटक आरोहण गरे । उनिहरुले कञ्चनजङ्घा आरोहण गरेको ७० वर्ष पुगेको अवसरमा हीरक महोत्सव आयोजना गरिएको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषदका अध्यक्ष खगेन्द्र फेम्बोले जानकारी दिए ।यसअघि २०७३ सालमा पनि कञ्चनजङ्घा आरोहणको ६० वर्ष पुगेको अवसरमा हीरक महोत्सव आयोजना गरिएको थियो । 

यता महोत्सवको उद्घाटन गर्दै पर्यटन मन्त्री पाण्डेले नेपालका हिमाल गौरव र स्वाभिमानका प्रतीक भएकाले हिमालको संरक्षण र प्रवद्र्धनमा सरकारले उचित ध्यान दिने बताए । पाण्डेले नेपालका हिमालहरु प्राकृतिक रूपले मनमोहक नभई आध्यात्मिक र धार्मिक दृष्टिकोणले समेत महत्वपूर्ण रहेको बताउनुभयो। हिमालका कारण नेपालीको गौरव र प्राप्त स्वाभिमानलाई जीवन्त राख्न संरक्षण अनिवार्य रहेको उनको भनाइ छ। 

हिमालसँग नेपालीहरूको संस्कार, संस्कृति र जैविक तथा पर्यावरणीय विविधतासँग समेत सम्बन्ध रहेकाले हिमालको संरक्षण र प्रवद्र्धनमा सबैको ध्यान जानुपर्ने मन्त्री पाण्डेले बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मकवानपुरमा झिल्का सल्केर घरमा आगलागी

मकवानपुर । वस्तुलाई खोले पकाउने क्रममा आगोको झिल्का सल्केर घरमा आगलागी भएको छ । मकवानपुरको बकैया गाउँपालिका –१२ कोलखोपमा आगोको झिल्का सल्केर आगलागी हु...

भादा गाउँमा सामुदायिक होमस्टे कार्यशाला हुँदै

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा होमस्टे (घरबास) दुई दिने कार्यशाला गोष्ठी आयोजना हुँदैछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको तारा...

विदेशमा रहेका नेपाली हाम्रा सफ्ट पावर : परराष्ट्रमन्त्री राणा

काठमाडाैं । परराष्ट्रमन्त्री एव् नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाले विदेशमा रहेका नेपालीहरु मुलुकका लागि ‘सफ्ट पावर’ भएको बताएकी छिन् । क...

कटारीमा स्कारपियो दुर्घटना हुँदा एकजनाको मृत्यु, ६ घाइते

उदयपुर । मदन भण्डारी लोकमार्गअन्तर्गत उदयपुरको कटारी नगरपालिका–६ सोमबारे खण्डमा स्कारपियो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन...

६ महिनामा दुई हजार बढी पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको छ महिनाको अवधिमा दुई हजार ३८८ पर्यटकले भ्रमण गरेका छन् ।  त्यसमा एक हजार १६० महिला र ...

प्रकृति र वन्यजन्तु संरक्षणमा सेनाको ५० वर्ष

चितवन । प्रकृति र वन्यजन्तु संरक्षणमा साझेदारी र सहकार्य गरिँदा महत्वपूर्ण उपलब्धि हाँसिल गर्न सकिन्छ भन्ने गतिलो उदाहरण पछिल्ला दशकमा नेपालले प्रस्तु...

बेखवर श्रमिक दिवसबारे ‘श्रमिक’

काठमाडौँ । काठमाडौँ–दाङ बागमती प्रदेश–००३–००१ख२८३४ नम्बरको बस चलाउँदै आएका दाङ घोराही उपमहानगरपालिका–२ का २८ वर्षीय अरविन्द चौधरीलाई बिहीबार मजदुर दिव...

बर्दिबासका ९२ परिवारलाई लालपुर्जा वितरण

महोत्तरी । जिल्ला नापी कार्यालय जलेश्वरले बर्दिबास नगरपालिका–२ र ५ का ९२ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरेको छ । यहाँ एक कार्यक्रम आयोजना गरी ...

भोजपुर मेयर गोल्डकप प्रतियोगिताको फाइनलमा एपिएफ

भोजपुर । विभागीय टोली एपिएफ क्लब भोजपुर सदरमुकामस्थित स्थानीय कोदार फुटबल रङ्गशालामा जारी आठौँ संस्करणको अन्तराष्ट्रिय आमन्त्रित भोजपुर मेयर गोल्डकप प...

ट्रम्पको अमेरिका ‘स्वार्थी’ छ : पूर्व उपराष्ट्रपति ह्यारिस

फ्रान्सिस्को । पूर्व अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले नोभेम्बरको चुनाव हारेपछि आफ्नो पहिलो प्रमुख भाषणमा बुधबार डोनाल्ड ट्रम्प र उहाँका समर्थकहरूको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending