Ntc summer Offer
Khabar Dabali १९ बैशाख २०८२ शुक्रबार | 2nd May, 2025 Fri
Investment bank

ओलीको सरकार भ्रष्टाचारमा डुबेकाले आफैं ढल्छ: प्रचण्ड

खबरडबली संवाददाता

कपिलवस्तु । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार आफ्नो बोझ सम्हाल्न नसकेर आफैँ ढल्ने अवस्था सिर्जना हुन लागेको बताएका छन् ।

कपिलवस्तुको बहादुरगञ्जमा आयोजित तराई–मधेश हुलाकी जागरण अभियानको सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार भ्रष्टाचारमा डुबेको, सरकारकै मन्त्रीहरू असन्तुष्ट भएको र सरकारले आफ्नो बोझ आफैं सम्हाल्न नसक्ने अवस्थामा पुगेको टिप्पणी गरेका हुन् ।

उनले केही बिचौलियाहरूको चलखेलले विकास निर्माणका कार्यहरू अवरुद्ध भइरहेको बताउँदै भने, ‘देशमा विकासको गति तीव्र बनाउन बिचौलियाहरूको हस्तक्षेप रोक्न जरुरी छ ।’ यो सरकार भ्रष्टाचारीहरूलाई संरक्षण दिन बनेको उनको आरोप छ ।

अध्यक्ष प्रचण्डले कुलमान घिसिङलगायतका योग्य व्यक्तित्वहरूलाई हटाएर सरकार गलत कार्यमा लागेको बताए । योग्य कर्मचारीहरू हटाएर भ्रष्टाचारी र आसेपासे नियुक्त गरिएको उनले आरोप लगाए ।

झापाबाट सुरु गरिएको हुलाकी जागरण अभियानले माओवादी केन्द्रभित्र नयाँ ऊर्जा र उत्साह ल्याएको दाबी गर्दै उनले आफू प्रधानमन्त्री भएका बेला भारत गएपछि हुलाकी मार्ग निर्माणको मार्ग प्रशस्त भएको उल्लेख गरे । आफ्नो कार्यकालमा भ्रष्टाचारविरुद्ध व्यापक अभियान चलाएको स्मरण गराउँदै उनले अहिले भूमाफियाहरूले राज्यको जमिन कब्जा गरी लुटतन्त्र चलाइरहेको आरोप लगाए ।

कार्यक्रममा नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य रहिस शाह, पूर्वसांसद इलियास मुसलमानसहित दर्जनौँ व्यक्ति पार्टी प्रवेश गरेका माओवादी केन्द्र कपिलबस्तुका अध्यक्ष विष्णु बेलबासेले जानकारी दिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मकवानपुरमा झिल्का सल्केर घरमा आगलागी

मकवानपुर । वस्तुलाई खोले पकाउने क्रममा आगोको झिल्का सल्केर घरमा आगलागी भएको छ । मकवानपुरको बकैया गाउँपालिका –१२ कोलखोपमा आगोको झिल्का सल्केर आगलागी हु...

भादा गाउँमा सामुदायिक होमस्टे कार्यशाला हुँदै

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा होमस्टे (घरबास) दुई दिने कार्यशाला गोष्ठी आयोजना हुँदैछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको तारा...

विदेशमा रहेका नेपाली हाम्रा सफ्ट पावर : परराष्ट्रमन्त्री राणा

काठमाडाैं । परराष्ट्रमन्त्री एव् नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाले विदेशमा रहेका नेपालीहरु मुलुकका लागि ‘सफ्ट पावर’ भएको बताएकी छिन् । क...

कटारीमा स्कारपियो दुर्घटना हुँदा एकजनाको मृत्यु, ६ घाइते

उदयपुर । मदन भण्डारी लोकमार्गअन्तर्गत उदयपुरको कटारी नगरपालिका–६ सोमबारे खण्डमा स्कारपियो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन...

६ महिनामा दुई हजार बढी पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको छ महिनाको अवधिमा दुई हजार ३८८ पर्यटकले भ्रमण गरेका छन् ।  त्यसमा एक हजार १६० महिला र ...

प्रकृति र वन्यजन्तु संरक्षणमा सेनाको ५० वर्ष

चितवन । प्रकृति र वन्यजन्तु संरक्षणमा साझेदारी र सहकार्य गरिँदा महत्वपूर्ण उपलब्धि हाँसिल गर्न सकिन्छ भन्ने गतिलो उदाहरण पछिल्ला दशकमा नेपालले प्रस्तु...

बेखवर श्रमिक दिवसबारे ‘श्रमिक’

काठमाडौँ । काठमाडौँ–दाङ बागमती प्रदेश–००३–००१ख२८३४ नम्बरको बस चलाउँदै आएका दाङ घोराही उपमहानगरपालिका–२ का २८ वर्षीय अरविन्द चौधरीलाई बिहीबार मजदुर दिव...

बर्दिबासका ९२ परिवारलाई लालपुर्जा वितरण

महोत्तरी । जिल्ला नापी कार्यालय जलेश्वरले बर्दिबास नगरपालिका–२ र ५ का ९२ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरेको छ । यहाँ एक कार्यक्रम आयोजना गरी ...

भोजपुर मेयर गोल्डकप प्रतियोगिताको फाइनलमा एपिएफ

भोजपुर । विभागीय टोली एपिएफ क्लब भोजपुर सदरमुकामस्थित स्थानीय कोदार फुटबल रङ्गशालामा जारी आठौँ संस्करणको अन्तराष्ट्रिय आमन्त्रित भोजपुर मेयर गोल्डकप प...

ट्रम्पको अमेरिका ‘स्वार्थी’ छ : पूर्व उपराष्ट्रपति ह्यारिस

फ्रान्सिस्को । पूर्व अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले नोभेम्बरको चुनाव हारेपछि आफ्नो पहिलो प्रमुख भाषणमा बुधबार डोनाल्ड ट्रम्प र उहाँका समर्थकहरूको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending