Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

बागलुङमा ज्येष्ठ नागरिकलाई आश्रय दिन निर्माण गरिएको भवन प्रयोगविहीन

खबरडबली संवाददाता

बागलुङ । निर्माण सम्पन्न भएको दुई वर्षसम्म पनि बागलुङ वृद्धाश्रम सञ्चालनमा आउन सकेको छैन । बागलुङ नगरपालिका–४ निरयघाटमा निर्माण गरिएको बागलुङ वृद्धाश्रम अझै पनि सञ्चालनमा ल्याउन सकिएको छैन् ।

करिब दुई करोड २६ लाख ५४९ रुपियाँ लागतमा निर्माण गरिएको वृद्धाश्रम सञ्चालनमा ल्याउन नसक्दा आश्रम बाहिर घाँसले भरिएको छ भने भवन व्यवहारिसे जस्तै बनेको छ ।

घरबार विहीन र परिवारबाट हेलत्व भोग्न बाध्य भएका ज्येष्ठ नागरिकलाई आश्रय दिने उद्देश्यले निर्माण गरिएको भवनमा त्यस्ता ज्येष्ठ नागरिक नआउँदा सञ्चालन गर्न नसकिएको बागलुङ नगरपालिका प्रमुख वसन्तकुमार श्रेष्ठले बताए । 

बागलुङ नगरपालिकाको समन्वय तथा राष्ट्रिय योजना आयोगको सिफारिसमा अर्थ मन्त्रालयको विशेष अनुदानमा वृद्धाश्रम वृद्धाश्रम निर्माण गरिएको थियो । २०७९ पुस ५ गते निर्माण कम्पनी जुम्ली निर्माण सेवा प्रालिले निर्माण सम्झौता गरी २०८० असार २५ गते सम्पन्न गरेको थियो ।

“नगरपालिकाले हेलाहोचोमा परेका वृद्धवृद्धा, परिवारका सदस्यबाट बहिष्कारमा परेका, स्याहारसुसार नपाएकालाई घरमा जस्तै सेवा सुविधासहित आश्रय दिन निर्माण वृद्धाश्रम निर्माण गरिएको हो ।” उनले भने, ‘‘उहाँहरू नआउँदा यसलाई सञ्चालनमा ल्याउन सकेका छैनौँ ।” वृद्धाश्रममा बस्न कोही पनि नआएपछि भवन मानव सेवा आश्रमलाई प्रयोग गर्न दिइने उनको भनाइ छ ।

“मानव सेवा आश्रमको भवन निर्माण भइरहेको छ, भवन नहुँदा उहाँहरूलाई केही समस्या भएको छ ।” नगर प्रमुख श्रेष्ठले भने, “आश्रमको भवन निर्माण सम्पन्न नहुँदासम्म कार्यबिधि बनाएर आश्रमलाई प्रयोग गर्न दिन्छौँ ।” भवन एक तलाको रहेको छ । निरयघाटमा रहेको जङ्गेश्वर महादेव लक्ष्मीनारायण गुठीको पाँच रोपनी जग्गामा भवन निर्माण गरिएको हो । ध्यान केन्द्र, नर्सिङ सेन्टर, भान्सा सहित भवनमा २० कोठा रहेका छन् ।

भवनमा शौचालय र स्नानगृहको राम्रो व्यवस्था रहेको छ । भूकम्प प्रतिरोधी, अपाङ्गमैत्री र सबै सेवा सुविधा एकै तलामा हुनेगरी भवन निर्माण गरिएको नगरपालिका इन्जिनियर सोबिन घर्तीले जानकारी दिए । बागलुङ बजारमा जग्गाको अभाव भएपछि मानव सेवा आश्रम र वृद्धाश्रम दुवैलाई निरयघाटमा रहेको गुठीको जग्गा उपलब्ध गराइएको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending