ताप्लेजुङ । ताप्लेजुङकाे फक्ताङलुङ गाउँपालिका–६ लेलेप चाँगामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । स्थानीय सोनाम शेर्पाका अनुसार इलाडाँडा घर भएका २८ वर्षीय भुछिरिङ शेर्पाको घटनास्थलमै मृत्यु भएको हो ।
भुछिरिङ महोत्सव हेर्न लेलेप जाँदै थिए । गोलिया काठ बोकेर लेलेप जाँदै गरेको ट्याक्टरमा चढेका उनको त्यही ट्याक्टरले किचेर मृत्यु भएको गाउँपालिका उपाध्यक्ष विकास साम्राले जानकारी दिए । गोलिया ट्याक्टरहरूले लेलेप ओसरी रहेका छन् ।
एकाघरका काका भतिज एउटै ट्याक्टरमा चढेर महोत्सव हेर्न जाँदै थिए । इलाडाँडाबाट केही तल पुगेपछि काकाले ट्याक्टर फेरेर अर्काेमा चढेका थिए । त्यही ट्याक्टर पल्टिएको सोनामले बताए । ट्याक्टर लोकमार्गबाट पल्टिएर एक डिल तल कृषि सडकमा पुगेको छ ।
लेलेप प्रहरी चौकीबाट प्रहरीको टोली घटनास्थलमा पुगेको प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिए । मृतकका एक श्रीमती र दुई छोरा छन् । फक्ताङलुङ गाउँपालिका– ५ तापेथोकमा चार दिन अघि मात्रै पनि ट्याक्सी पल्टिँदा पाँचथर फिदिम घर भएका चाललको मृत्यु भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १८ गते, २०८२ - २०:४०
मकवानपुर । वस्तुलाई खोले पकाउने क्रममा आगोको झिल्का सल्केर घरमा आगलागी भएको छ । मकवानपुरको बकैया गाउँपालिका –१२ कोलखोपमा आगोको झिल्का सल्केर आगलागी हु...
बैशाख १८ गते, २०८२ - २०:३५
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा होमस्टे (घरबास) दुई दिने कार्यशाला गोष्ठी आयोजना हुँदैछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको तारा...
बैशाख १८ गते, २०८२ - २०:२९
काठमाडाैं । परराष्ट्रमन्त्री एव् नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाले विदेशमा रहेका नेपालीहरु मुलुकका लागि ‘सफ्ट पावर’ भएको बताएकी छिन् । क...
बैशाख १८ गते, २०८२ - २०:२३
उदयपुर । मदन भण्डारी लोकमार्गअन्तर्गत उदयपुरको कटारी नगरपालिका–६ सोमबारे खण्डमा स्कारपियो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन...
बैशाख १८ गते, २०८२ - १९:००
कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको छ महिनाको अवधिमा दुई हजार ३८८ पर्यटकले भ्रमण गरेका छन् । त्यसमा एक हजार १६० महिला र ...
बैशाख १८ गते, २०८२ - १८:५७
चितवन । प्रकृति र वन्यजन्तु संरक्षणमा साझेदारी र सहकार्य गरिँदा महत्वपूर्ण उपलब्धि हाँसिल गर्न सकिन्छ भन्ने गतिलो उदाहरण पछिल्ला दशकमा नेपालले प्रस्तु...
बैशाख १८ गते, २०८२ - १८:५१
काठमाडौँ । काठमाडौँ–दाङ बागमती प्रदेश–००३–००१ख२८३४ नम्बरको बस चलाउँदै आएका दाङ घोराही उपमहानगरपालिका–२ का २८ वर्षीय अरविन्द चौधरीलाई बिहीबार मजदुर दिव...
बैशाख १८ गते, २०८२ - १८:४४
महोत्तरी । जिल्ला नापी कार्यालय जलेश्वरले बर्दिबास नगरपालिका–२ र ५ का ९२ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरेको छ । यहाँ एक कार्यक्रम आयोजना गरी ...
बैशाख १८ गते, २०८२ - १८:४१
भोजपुर । विभागीय टोली एपिएफ क्लब भोजपुर सदरमुकामस्थित स्थानीय कोदार फुटबल रङ्गशालामा जारी आठौँ संस्करणको अन्तराष्ट्रिय आमन्त्रित भोजपुर मेयर गोल्डकप प...
बैशाख १८ गते, २०८२ - १८:३७
फ्रान्सिस्को । पूर्व अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले नोभेम्बरको चुनाव हारेपछि आफ्नो पहिलो प्रमुख भाषणमा बुधबार डोनाल्ड ट्रम्प र उहाँका समर्थकहरूको...
प्रतिकृया लेख्नुहोस्: