Ntc summer Offer
Khabar Dabali १९ बैशाख २०८२ शुक्रबार | 2nd May, 2025 Fri
Investment bank

प्रदर्शनका नाममा अराजकता देखाए कानुन अनुसार कारवाही गर्ने राप्रपालाई सरकारको चेतावनी

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आइतबार काठमाडौंमा प्रदर्शन गर्दैछ । यसअघि पार्टीले भोलि गरिने प्रदर्शनमा निषेधित क्षेत्र तोड्ने बताएको थियो । 

बिहीबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले आन्दोलनका कार्यक्रम घोषणा गर्दै सामूहिक गिरफ्तारी दिने तयारी दिइने समेत उल्लेख गरेको थियो । गृह मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै राप्रपाको अभिव्यक्ति प्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ । 

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय प्रजातन्त्र पार्टीका नामबाट भोलि मिति २०८२/०१/०७ गतेका दिन प्रचलित कानुन बमोजिम तोकिएका निषेधित क्षेत्र तोड्ने भनी सार्वजनिक भएका समाचार र अभिव्यक्तिहरू प्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ ।’

मन्त्रालयका  सहसचिव तथा प्रवक्ता रामचन्द्र तिवारीले संविधान र कानुनको ठाडो उल्लंघन गर्न प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने स्पष्ट पारेका छन् । उनले भनेका छन्, ‘यस्तो गतिविधिमा संलग्न हुने जो सुकैलाई कानुन बमोजिम कारबाही हुने ब्यहोरा सूचित गरिन्छ । साथै, समाजमा हिंसा फैलाउने कुनै पनि अराजक, उत्तेजक र गैरकानुनी क्रियाकलापमा संलग्न नहुन समेत गृह मन्त्रालय सबैमा अनुरोध गर्दछ ।’

यसअघि, शीर्ष तीन राजनीतिक दल गणतन्त्र तथा संविधानको रक्षाका लागि एक ठाउँमा उभिन सहमत भएका थिए । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरूले नेताहरुले समान मत प्रकट गरेका थिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मकवानपुरमा झिल्का सल्केर घरमा आगलागी

मकवानपुर । वस्तुलाई खोले पकाउने क्रममा आगोको झिल्का सल्केर घरमा आगलागी भएको छ । मकवानपुरको बकैया गाउँपालिका –१२ कोलखोपमा आगोको झिल्का सल्केर आगलागी हु...

भादा गाउँमा सामुदायिक होमस्टे कार्यशाला हुँदै

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा होमस्टे (घरबास) दुई दिने कार्यशाला गोष्ठी आयोजना हुँदैछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको तारा...

विदेशमा रहेका नेपाली हाम्रा सफ्ट पावर : परराष्ट्रमन्त्री राणा

काठमाडाैं । परराष्ट्रमन्त्री एव् नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाले विदेशमा रहेका नेपालीहरु मुलुकका लागि ‘सफ्ट पावर’ भएको बताएकी छिन् । क...

कटारीमा स्कारपियो दुर्घटना हुँदा एकजनाको मृत्यु, ६ घाइते

उदयपुर । मदन भण्डारी लोकमार्गअन्तर्गत उदयपुरको कटारी नगरपालिका–६ सोमबारे खण्डमा स्कारपियो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन...

६ महिनामा दुई हजार बढी पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको छ महिनाको अवधिमा दुई हजार ३८८ पर्यटकले भ्रमण गरेका छन् ।  त्यसमा एक हजार १६० महिला र ...

प्रकृति र वन्यजन्तु संरक्षणमा सेनाको ५० वर्ष

चितवन । प्रकृति र वन्यजन्तु संरक्षणमा साझेदारी र सहकार्य गरिँदा महत्वपूर्ण उपलब्धि हाँसिल गर्न सकिन्छ भन्ने गतिलो उदाहरण पछिल्ला दशकमा नेपालले प्रस्तु...

बेखवर श्रमिक दिवसबारे ‘श्रमिक’

काठमाडौँ । काठमाडौँ–दाङ बागमती प्रदेश–००३–००१ख२८३४ नम्बरको बस चलाउँदै आएका दाङ घोराही उपमहानगरपालिका–२ का २८ वर्षीय अरविन्द चौधरीलाई बिहीबार मजदुर दिव...

बर्दिबासका ९२ परिवारलाई लालपुर्जा वितरण

महोत्तरी । जिल्ला नापी कार्यालय जलेश्वरले बर्दिबास नगरपालिका–२ र ५ का ९२ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरेको छ । यहाँ एक कार्यक्रम आयोजना गरी ...

भोजपुर मेयर गोल्डकप प्रतियोगिताको फाइनलमा एपिएफ

भोजपुर । विभागीय टोली एपिएफ क्लब भोजपुर सदरमुकामस्थित स्थानीय कोदार फुटबल रङ्गशालामा जारी आठौँ संस्करणको अन्तराष्ट्रिय आमन्त्रित भोजपुर मेयर गोल्डकप प...

ट्रम्पको अमेरिका ‘स्वार्थी’ छ : पूर्व उपराष्ट्रपति ह्यारिस

फ्रान्सिस्को । पूर्व अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले नोभेम्बरको चुनाव हारेपछि आफ्नो पहिलो प्रमुख भाषणमा बुधबार डोनाल्ड ट्रम्प र उहाँका समर्थकहरूको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending