Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

धर्मराउँदै कांग्रेस-एमाले सम्बन्ध, दोहोरो दबाबमा देउवा

खबरडबली संवाददाता

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) बीचको सम्बन्ध धर्मराउँदै गइरहेको छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच चिसिँदै गएको सम्बन्धको दूरी थप बढिरहेको छ ।

अन्तर्राष्ट्रिय र पार्टीभित्रकै नेताहरूका कारण कांग्रेस सभापति देउवा दोहोरो दबाबमा परेका छन् । अन्तर्राष्ट्रिय शक्तिको निरन्तरको दबाब र पार्टीभित्रैका नेताहरूले सरकारको लगातार आलोचना गर्न थालेपछि देउवा दोहोरो दबाबमा परेका हुन् ।

कांग्रेस महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, नेता डा. शेखर कोइराला, एनपी साउदसहितका नेताहरूले ओली नेतृत्वको सरकारको कार्यशैलीलाई लिएर निरन्तर विरोध गरिरहेका छन् । तर, सभापति देउवाले उनीहरूलाई रोक्ने अवस्था छैन । हालै बसेको पदाधिकारी बैठकमा देउवाले सार्वजनिक रूपमा सरकारको आलोचना नगर्न निर्देशन नै दिनुप¥यो । तर, नेताहरू चुप लागेर बस्ने अवस्था छैन ।

कांग्रेस र एमालेबीच ७ बुँदे सहमति भई सरकार बनेको ९ महिना पुग्यो । तर, जुन सहमतिका साथ सरकार बनेको हो त्यसमा सरकारले राम्रो काम गर्न नसकेको कांग्रेसकै नेताहरूको भनाइ छ । यसबीचमा चीन भ्रमण गरेका प्रधानमन्त्री ओलीले भारतको समेत भ्रमण हुने आफैंले बताउँदै आएका थिए । त्यसका लागि परराष्ट्रमन्त्री आरजु देउवा राणाले पटकपटक नयाँदिल्ली गएर वातावरण बनाउने काम गर्दै आएकी छन् । तर, ओलीको भारत भ्रमण गराउन उनी सफल हुन सकिनन् । प्रधानमन्त्री ओली, परराष्ट्रमन्त्री राणासहित अझै भारत भ्रमण’boutमा प्रयासरत नै छन् । तर, भारतले रुचाएको छैन ।

‘अहिले कांग्रेस र एमालेका नेताहरूबीच पहिलाजस्तै सम्बन्ध छैन । दूरी बढ्दै गइरहेको छ, सम्बन्ध चिसिँदै गइरहेको छ । एकले अर्कोमाथि गर्ने विश्वासको वातावरण पहिलाजस्तो छैन, भारतसहित अन्तर्राष्ट्रिय दबाब अर्कै छ । अन्तर्राष्ट्रिय र पार्टीभित्रकै दबाब थेग्न नसक्ने अवस्थामा कांग्रेस सभापति हुनुहुन्छ । कसरी अगाडि बढ्ला अहिले भन्न सकिने अवस्था छैन,’ उच्च स्रोतले भने ।

प्रधानमन्त्री ओली र देउवाबीच भएको सहमति कार्यान्वयन हुने कि नहुने शंकाकै अवस्था छ । गभर्नर नियुक्तिमा ओली र देउवाबीचमा सहमति भएको बताइए पनि ढिलाइ भइरहेको छ । ओली र देउवाले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा समेत यो विषयमा छलफल गरेका छन् । सत्ता सहकार्यमा एकजुट रहेको सन्देश पनि दिएका छन् । तर, कतिपय कांग्रेस नेताले नै सरकारको आलोचना गर्दै आएका छन् । यही बीचमा कांग्रेसले आउँदै १७ वैशाखमा केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । बैठकमा नेताहरू कसरी प्रस्तुत हुने सोहीअनुसार देउवा अगाडि बढ्ने अवस्था आउन सक्ने कांग्रेस नेताहरू बताउँछन् ।

यस्तै, सरकार बजेट ल्याउने गृहकार्यमा छ । यही बीचमा आइतबार (आज) कांग्रेस सभापति देउवा उपचारका लागि थाइल्यान्डको बैंकक जाँदै छन् । पत्नी एवं पराष्ट्रमन्त्री राणासहित बैंकक जान लागेका देउवा एक साता उतै बस्ने बताइएको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निःसर्त कांग्रेसलाई समर्थन गर्ने बताइसकेका छन् । त्यसपछि नै हो कांग्रेस नेताहरूले सरकारको तिखो आलोचना गर्न थालेको र त्यसकारण देउवालाई दबाब परेको छ । तर, देउवाले प्रचण्डको प्रस्तावमा खासै चासो नदिएको पनि नेताहरू बताउँछन् ।

यो बीचमा एमालेले समेत भित्रभित्रै माओवादी केन्द्रसँग सम्बन्ध बनाउन लागेको बताइएको छ । बजेटसम्म कुर्ने, गभर्नर नियुक्तिलाई आफ्नो पोल्टामा पार्ने कांग्रेसको दाउ एमालेले बुझेको छ । ‘देउवा बैंकक गएको बेला एमाले र माओवादीबीच पनि नयाँ सहमति हुन सक्छ । वा दोहोरो दबाबमा रहेका देउवा र प्रचण्ड पनि मिल्न सक्ने अवस्था छ । भित्रभित्र अनेक छलफल र अनेक खेल जारी नै रहेको देखिन्छ,’ एक नेताले भने ।

बिचौलियाको कारण गभर्नर नियुक्तिमा ओली र देउवाबीच टकराब बढ्ने दाबी गरिएको थियो । तर, हालै बालुवाटारमा बसेको दुईदलीय उच्चस्तरीय राजनीतिक संयन्त्रले गभर्नरको विषयमा पनि सहमति गरेको बताइन्छ । गभर्नरमा देउवाले अघि सारेका डा. गुणाकर भट्टको नामप्रति ओली पनि सहमत रहको बताइन्छ । भट्टलाई रोक्नका लागि अदालतमा पूरक निवेदन परिसकेको छ । त्यसको सुनुवाइ आइतबार (आज) हुने भनिएको छ ।

कांग्रेस सभापति देउवा दोहोरो दबाबमा परेको र गठबन्धन नै धर्मराउँदै गइरहेको बेला सरकारका मन्त्रीहरू भने दुई दलका बीचको सम्बन्धमा कुनै समस्या नभएको बताउँछन् । कांग्रेस नेता तथा गृहमन्त्री रमेश लेखकले सत्ता साझेदार कांग्रेस र एमालेबीचको सम्बन्धमा कुनै समस्या नभएको दाबी गरेका छन् । पोखरा पुगेका लेखकले सत्ता साझेदारीमा दुवै दलबीच सौहार्दपूर्ण सम्बन्ध रहेको स्पष्ट पारेका छन् ।

सरकार आपसी सहमतिका साथ क्रियाशील रहेको उल्लेख गर्दै उनले भने, ‘साथीहरूले सरकार ढल्छ–ढल्छ भनिदिनुहुन्छ अनि ढल्दैन है भनेर हामीले भनिरहनुपरेको छ ।’ उनले संविधानविरोधी एवं लोकतन्त्रविरोधी गतिविधि जनताले नरुचाएका बताए । तर, प्रचण्डले निरन्तर सरकारकै कारण संविधान र गणतन्त्रविरोधी गतिविधि बढ्दै गइरहेको टिप्पणी गर्दै आएका छन् ।

यसैबीच शनिबार प्रधानमन्त्री ओली, कांग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका बीचमा भेटघाट भएको छ । भेटमा गृहमन्त्री लेखक, एमाले नेता एवं प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेलको समेत सहभागिता थियो । नेताहरूका बीचमा संक्रमणकालीन न्यायलगायतका विषयमा छलफल गर्न बैठक बसेको बालुवाटारले जनाएको छ ।

प्रधानमन्त्री ओलीका कानुन तथा मानवअधिकारसम्बन्धी सल्लाहकार खरेलको सक्रियतामा शान्ति प्रक्रियाको बाँकी रहेको एउटा महŒवपूर्ण पक्ष संक्रमणकालीन न्याय टुंग्याउन पछिल्लोपटक शीर्ष नेताहरूबीचका छलफल बाक्लिएको छ । यो समाचार आजको राजधानी दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending