Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

‘राजावादीहरूको घुसपैठ हुनसक्ने’ भन्दै शिक्षकहरूको आजको आन्दोलन सकियो, राप्रपा कार्यकर्ता भेला हुँदै

खबरडबली संवाददाता

काठमाडौं । ‘राजावादीहरूको घुसपैठ हुनसक्ने’ भन्दै शिक्षकहरूको आजको पूर्वनिर्धारित आन्दोलन तोकिएको समयभन्दा चाँडो सकिएको छ । आन्दोलनमा घुसपैठ हुनसक्ने भन्दै शिक्षकहरूलाई आफ्नो युनिफर्म र आईडी कार्ड अनिवार्य लगाएर आउन भनिएको थियो । 

हरेक दिन ११ बजेदेखि दिउँसो बजेसम्म हुँदै आएको बानेश्वर–माइतीघर लक्षित कार्यक्रम आज राष्ट्रिय प्रजातन्त्र पार्टीको आन्दोलनका कारण बिहान ९ बजेदेखि १२ बजेसम्मका लागि तय भएको थियो । तर ‘राजावादीहरूको घुसपैठ हुनसक्ने’ भन्दै बिहान साढे ११ बजेकै हाराहारीमा आन्दोलनका कार्यक्रम सकेर शिक्षकहरू फर्केका छन् । 

एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले आजको विरोध प्रदर्शनको कार्यक्रम सकिएको बताए ।  

राप्रपाले दिउँसो १ बजेदेखि बिजुलीबजार पुलमा प्रदर्शन गर्न लागेको छ । राप्रपाले राजसंस्था पुनर्स्थापना र हिन्दु राज्य घोषणाको माग गर्दै प्रदर्शन गर्न लागेको हो । राप्रपाले आज काठमाडौंमा गर्ने भनिएको प्रदर्शनलाई लक्षित गर्दै व्यापक सुरक्षाकर्मीसमेत परिचालन गरिएको छ । 

आयोजकबाट निषेधित क्षेत्र तोड्नेसम्मको चेतावनी आइरहेका बेला सुरक्षाकर्मीको तैनाथी बढाइएको छ । निषेधित क्षेत्र तोडेको अवस्थामा बल प्रयोग गर्नेसम्मको तयारी छ ।

माइतीघर मण्डला, प्रधानमन्त्री निवास बालुवाटार, राष्ट्रपतिको कार्यालय, प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार र संसद् भवन नयाँबानेश्वरमा विगतको भन्दा सुरक्षाकर्मीहरूको टोली बढी परिचालन गरिएको छ । 

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एआईजी टेकबहादुर तामाङका अनुसार, राप्रपाको प्रदर्शनलाई लक्षित गरी सुरक्षाकर्मीहरूलाई विभिन्न ठाउँमा परिचालन गरिसकिएको छ । निषेधित क्षेत्र तोड्न नदिने र यदि तोड्ने प्रयास भए बल प्रयोग गर्ने उनको भनाइ छ । 

‘प्रदर्शनलाई शान्तिपूर्ण बनाउने प्रयास हाम्रो रहन्छ, त्यसका लागि आवश्यक सुरक्षाकर्मी ठाउँ–ठाउँमा परिचालन गरेका छौँ,’ एआईजी तामाङले भने, ‘कुनै पनि हालतमा निषेधित क्षेत्र तोड्न दिँदैनौँ । यदि तोड्न खोजे बल प्रयोग गर्नुपर्ने अवस्था पनि हुनसक्छ ।’

उता, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारविरुद्ध प्रतिकात्मक र शान्तिपूर्ण प्रदर्शन गर्न लागेकाले प्रदर्शनबाट नडराउन सरकारलाई भनेका छन् ।

लिङ्देनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भन्नलाई प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र भन्ने तर जनतालाई यति मात्र बोल, यो यो मात्र बोल, अनि यो बाटो मात्र हिँड, यहाँभन्दा एक इन्च पनि यता नआऊ भनेर सीमा तोक्ने सरकारी निरंकुशतन्त्रकोविरुद्धको प्रतिकात्मक र शान्तिपूर्ण प्रदर्शन हो । जहाँ हामी सीमित नेताहरू मात्रै सहभागी हुनेछौँ ।’

यसअघि राप्रपाले प्रदर्शनको क्रममा निषेधित क्षेत्र तोड्ने निर्णय गरेको जानकारी दिएको थियो । 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

स्वास्थ्य क्षेत्रमा आमूल सुधारको प्रस्ताव

निजी अस्पतालको शुल्क नियन्त्रण गर्न स्तरीकरणको व्यवस्था

सम्पत्ति छानबिनका लागि तयार छु, सरकारले काम गरेको देखेन: वामदेव गाैतम

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले पूर्वप्रधानमन्त्री लगायत उच्चपदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन हुनुपर्ने माग गर्दै आफू त्यसक...

विभिन्न स्थानबाट लागू‌औषधसहित १७ जना पक्राउ

काठमाडौं । देशका विभिन्न स्थानबाट लागू‌औषधसहित प्रहरीले १७ जनालाई नियन्त्रणमा लिएको छ। नवलपरासी पश्‍चिम, सुनवल नगरपालिका-२ मुखिया टोलबाट अवैध लागूऔ...

मुख्यमन्त्री कप महिला भलिबलको उपाधि रुपन्देहीलाई

दाङ । यहाँ जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि रुपन्देहीले हात पारेको छ। आज सम्पन्न फाइनल खेलमा पाल्प...

लुम्बिनीका विद्युतीय बसमा स्वार्थको छायाँ

प्रधानमन्त्रीको निर्देशनमा दुई दिन चले, फेरि विमानस्थलतिर मोडिए

गौरीबहादुर कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही : नेकपा संयुक्त

काठमाडौं । नेकपा संयुक्तले पूर्व न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनलाई अपूर्ण र पूर्वाग्रही भएको टिप्पणी गरेको छ। शनिबा...

सङ्खुवासभामा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुई गम्भीर घाइते

सङ्खुवासभा । कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी–तुम्लिुङटार सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छभने दुई जना घाइते भएका छ...

अमेरिकाबाट एकैपटक ३५ नेपाली डिपोर्ट, पछिल्लो दुई महिनामा २ सय बढी फर्काइए

काठमाडौं ।  अमेरिकाले एकैपटक ३५ जना नेपालीलाई चार्टर विमानमार्फत डिपोर्ट गरेको छ। विमानस्थल अध्यागमन प्रमुख नरहरी घिमिरेका अनुसार उनीहरू गत ७ अप्रिल (...

उपसभामुखमा उम्मेदवारी दिएकोमा राप्रपा महामन्त्री राणा असन्तुष्ट

काठमाडौँ । राप्रपाका महामन्त्री धवल शमशेर राणाले उपसभामुख पदको उम्मेदवारी पार्टीको संस्थागत निर्णयबिना अघि बढाइएको विषयप्रति गम्भीर असन्तुष्टि व्यक्त ...

एकीकरण एक हप्ताभित्र टुंग्याउने प्रयास भइरहेकाे छ: माधव नेपाल

काठमाडौ । काठमाडौँमा आयोजित कार्यक्रममानेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीको बाँकी सङ्गठनात्मक एकीकरण ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending