Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

भन्सार छलेर भित्राइएको २९ लाख बढीको मोबाइल पार्टस बरामद, किन मानेन भन्सारले बुझ्न ?

खबरडबली संवाददाता

झापा । झापाको भद्रपुर नाकाबाट भन्सार छलेर भित्राइएको मोबाइलका पार्टस तथा सामग्रीसहित एउटा पिकअप गाडी प्रहरीले नियन्त्रणमा लिएको छ। 

भद्रपुर–५ स्थित दोभान नाकाबाट भित्राइएको २० कार्टुन मोबाइल पार्टस बा १८ च ४६१६ नम्बरको पिकअप गाडीमा हालेर लैजाने क्रममा जिल्ला प्रहरी कार्यालय झापा र घोडामारा प्रहरी चौकीको संयुक्त टोलीले शनिबार राति ८ बजे भद्रपुर ९ घोडामाराबाट नियन्त्रणमा लिएको थियो। प्रहरीले गाडी चालक भद्रपुर नगरपालिका–५ निवासी २३ वर्षीय राहुल कामतलाई  नियन्त्रणमा लिएको छ। 

बरामद गरिएको मोबाइल पार्टस २९ लाख ८७ हजार दुई सय, गाडीको पाँच लाख गरी ३४ लाख ८७ हजार दुई रुपैयाँ मूल्यांकन तोकेर गाडी चालक कामत सहितलाई कारबाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइदिएको प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र खड्काले बताए। 

प्रहरीले बरामद गरिएको सामान, गाडी र गाडी चालकलाई लिएर सुरुमा भद्रपुर भन्सार कार्यालय बुझाउन गएका थिए। तर, भद्रपुर भन्सारले चालकलाई नबुझ्ने, १० लाख भन्दा बढी सामान नबुझ्ने भनेपछि मेची भन्सार कार्यालय काँकडभिट्टा पठाउनु परेको जनाइएको छ। 

त्यस्तै इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको टोलीले गएराति अन्दाजी १० बजे अर्जुनधाराङ-६ छाताचौकमा बेवारिसे अवस्थामा प्लास्टिकको बोरामा पोका पारी राखेको अन्दाजी १८ लाख १० हजार २५० बराबरको मोबाइल र मोबाइल पार्टसका सामानहरू बरामद गरेको छ। सो सामान पनि मेची भन्सार कार्यालय बुझाइएको जनाइएको छ।  

 

 

 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

कांग्रेस–एमाले एकै मोर्चामा, संसद् ब्युँताउने गोप्य सहमति

अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !

जेनजी आन्दोलनपछि आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न सरकारी संवाद समिति फिल्डमा

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...

मासिक १० हजारको जागिरका लागि १५० आवेदन, शिक्षित बेरोजगारीको दर्दनाक तस्वीर

सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending