रौतहट। रौतहटको गौरमा रहेको पर्यटन विकास कार्यालय दुई जना कर्मचारीको भरमा चलेको छ । ती दुईमध्ये पनि कार्यालय प्रमुख दरबन्दी अनुसार प्रशासनको उपसचिव नभएको कारण सेवा प्रवाहमा समस्या भइ रहेको स्थानीयको गुनासो छ ।
निमित्त कार्यालय प्रमुख तथा लेखा अधिकृत बाहेक २० जना करारका कर्मचारीबाट कार्यालय सञ्चालन भएको छ । रौतहट र सर्लाही कार्य क्षेत्र भएको यस कार्यालयको वार्षिक बजेट झन्डै ८५ करोड रहेको निमित्त कार्यालय प्रमुख सञ्जय कुमार मिश्रले बताए। आर्थिक बर्ष २०८१(०८२ मा टेण्डर प्रक्रिया प्रक्रिया मार्फत सञ्चालन हुने योजना ३२ वटा तथा उपभोक्ता समिति मार्फत संचालन हुने योजना १ सय २० वटा रहेको कार्यालयले जनाएको छ ।
टुक्र्याउनु पर्ने बाहेक अधिकांश योजनाको सम्झौता भइ कार्य अघि बढे पनि स्थायी कर्मचारी नभएको कारण कार्य सम्पादनमा असर परि रहेको निमित्त कार्यालय प्रमुख मिश्रले बताए।
स्थायी कर्मचारी नहुँदा हरेक कामको आफैले अनुगमन गर्नुपर्ने बाध्यता समेत रहेकोले कार्यालयको सेवा प्रवाहमा समस्या आइरहेको बताउनु हुँदै निमित कार्यालय प्रमुख मिश्रले स्वीकृत दरबन्दी अनुसार कर्मचारी व्यवस्थापनमा मन्त्रालयले चासो लिनु पर्ने बताए ।
कार्यालयले मठ मन्दिर सौर्यन्दिकरण, धर्मशाला बिबाह भवन निर्माण, ताल पोखरी सौर्यन्दिकरण पर्यटकिय क्षेत्रको सौर्यन्दिकरण लगायतका क्षेत्रमा काम गरि रहेको जनाएको छ।
कर्मचारी अभावमा दरबन्दी अनुसारको कार्यालय प्रमुख खटाउन नसकेको स्विकार्नु हुँदै उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय जनकपुरधामका सचिव जय कुमार घिमिरेले रौतहट र सर्लाहीबाट यस बिषयमा धेरै गुनासो आइसकेकोले केहि दिनमै दरबन्दी अनुसारको कार्यालय प्रमुख सहित अन्य कर्मचारी मन्त्रालयले खटाउने तयारि गरिरहेको बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ३० गते, २०८३ - १८:१३
काठमाडौं । नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले पार्टीभित्र देखिएको आन्तरिक विवाद समाधानका लागि संवाद र छलफल आवश्यक रहेको भन्दै पाँच जना अग्रज न...
जेष्ठ ३० गते, २०८३ - १७:१६
तनहुँ । आधुनिकताको बढ्दो प्रभाव र पुस्तान्तरणको अभावका कारण भाषा, संस्कृति तथा ऐतिहासिक पहिचान संकटमा पर्न थालेपछि तनहुँका भुजेल समुदाय संरक्षण अभियान...
जेष्ठ ३० गते, २०८३ - १६:५८
पर्वत। पर्वतको बाच्छा गाउँबाट यस वर्ष एक करोड मूल्य बढीको भक्तपुरे लोकल काक्राको बिउ उत्पादनको आँकलन गरिएको छ । विहादी गाउँपालिका वडा १ मा पर्ने बाच्छ...
जेष्ठ ३० गते, २०८३ - १६:३५
सुर्खेत । चोरी मुद्दामा पक्राउ परेर जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक युवाको मृत्यु भएको छ। वीरेन्द्रनगर नगरपालिका–१० पिपिराका २१ ...
जेष्ठ ३० गते, २०८३ - १६:२७
काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलले नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा स्थापित गर्ने बताएको छन् ।...
जेष्ठ ३० गते, २०८३ - १६:११
बागलुङ। मध्यपहाडी लोकमार्गको बिहुँमा कार दुर्घटनामा परेको छ। आज बिहान बागलुङको काठेखोला गाउँपालिका –६ धैरेनी स्थित मध्यपहाडी लोकमार्गमा गुडिरहेको कार ...
जेष्ठ ३० गते, २०८३ - १६:०४
काठमाडौं। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले बन्यजन्तुको व्यवस्थापनका लागि सर्वदलीय बैठकबाट ठोस राष्ट्रिय दृष्टिकोण बनाउन आग्रह गरेको छन् । उनले म...
जेष्ठ ३० गते, २०८३ - १४:३८
काभ्रेपलाञ्चोक । काभ्रेको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटस्थित बीपी राजमार्गमा शुक्रबार भएको बस दुर्घटनाको सत्यतथ्य छानबिन गर्न नेपाल प्रहरी प्रधान कार...
जेष्ठ ३० गते, २०८३ - १४:३३
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण तथा पुनर्गठनका लागि गठन गरिएको कार्यदलमार्फत प्रदेशस्तरबाट सुझाव स...
जेष्ठ ३० गते, २०८३ - १३:१४
घोराही। दाङको कालाकाटे-सिक्टा हुलाकी सडक निर्माणस्थलमा काम गर्दै गर्दा बालुवाले पुरिँदा एक जना मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा गढवा गाउँपालि...



प्रतिकृया लेख्नुहोस्: