काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करारका एक अमिनलाई सवा ३ करोडभन्दा बढी बिगो दाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको छ । काठमाडौं उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालय काठमाडौंद्वारा सञ्चालन गरिरहेको बागमती नगर जग्गा एकीकरण आयोजना गौरीघाटका अमिन दिनेशप्रसाद यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।
२०६३ भदौ ८ देखि २०८१ असार ३० सम्मको सम्पत्ति र आय-व्ययको अनुसन्धान गर्दा उनले ३ करोड २९ लाख ४५ हजार ७०२ रूपैयाँ २१ पैसा अवैध देखिएको प्रवक्ता राजेन्द्र पौडेलले जानकारी दिए ।
यादवले तलबी पारिश्रमिक, भत्ता, नागरिक लगानी कोष, आवास कर्जा, कृषि आम्दानी, सवारी र अचल सम्पत्ति बिक्री, सापटी तथा बैंकको ब्याजबाट जम्मा २ करोड ४२ लाख २० हजार ३०१ रूपैयाँ ३० पैसा आम्दानी गरेका छन् ।
त्यो अवधिमा घर निर्माण, गहना, जग्गा खरिद, सवारी साधन, शैक्षिक खर्च, ऋण सापटी, सामाजिक खर्चलगायतमा ५ करोड ७१ लाख ६६ हजार ३ रूपैयाँ ५१ पैसा खर्च देखिएको छ । आम्दानीभन्दा खर्च बढी देखिएकोले गैरकानूनी बराबरको रकम बिगो मागदाबी गरिएको हो ।
अवैध रकम र त्यसले बढाएको सम्पत्ति यादवले श्रीमती अमृताकुमारी यादवको नाममा राखेको पाइएपछि श्रीमतीलाई पनि विपक्षी बनाएर सम्पत्ति जफतको मागदाबी गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १८ गते, २०८२ - १५:२३
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकचोटी फेरि नयाँ क्रान्तिको तयारी गर्नैपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय श्रमि...
बैशाख १८ गते, २०८२ - १५:०१
काठमाडौं । हाल राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र पहिलो दल हो । तर, माओवादी पहिलो दल आगामी फागुनसम्म मात्रै कायम रहनेछ । त्यसपछि...
बैशाख १८ गते, २०८२ - १४:०८
विराटनगर। प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेश सरकारद्वारा आयोजित कोशी लगानी सम्मेलन, २०८२ को आज उद्घाटन गरेका छन्। नेपालमा लगानीका निम्ति उप...
बैशाख १८ गते, २०८२ - १४:०७
काठमाडौं। नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी अस्पताल भर्ना भएकी छन् । सानो आन्द्रा, रगत र मुटुमा समस्या देखिएपछि उनी काठमाडौंको ...
बैशाख १८ गते, २०८२ - १४:०७
काठमाडौं। सरकारको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत हुँदैछ। नयाँ बानेश्वरस्थित संघीय संसद् भ...
बैशाख १८ गते, २०८२ - १३:५०
विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा‘ुमाउन्ट एभरेस्ट’ नभएको दाबी गरेका छन् । विराटनगरमा बिहीबारदेखि सुरु भएको कोशी प्रदेश लगानी सम्मेलनला...
बैशाख १८ गते, २०८२ - १३:३६
गोरखा । चुमनुब्री गाउँपालिका–७ छेकम्पारका बासिन्दा यार्सागुम्बा टिप्न लेकतिर जान थालेका छन् । मौसम सुरु हुने बित्तिकै छेकम्पारवासी यार्सागुम्बा सङ्कलन...
बैशाख १८ गते, २०८२ - १३:३३
काठमाडौं । सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कोषलाई अनिवार्य गरेपछि जम्मा १७ प्रतिशत सञ्चार क्षेत्रमा सामाजिक सुरक्षा कोषमा सूचीकृत भएको पाइएको ...
बैशाख १८ गते, २०८२ - १३:२९
पर्सा ।अपहरणपछि बन्धक बनाएर फिरौती रकम मागेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका-१२ का २३ वर्षीय रिकेश...
बैशाख १८ गते, २०८२ - १३:२४
काठमाडौं । ‘जन्मदिनसँग सत्कर्म जोडौं’ अभियान अन्तर्गत काठमाडौंस्थित आराध्यदेव पशुपति मन्दिर परिसर क्षेत्रभित्र वृक्षरोपण गरी जन्मदिन मनाइएको छ। प्र...
प्रतिकृया लेख्नुहोस्: