काठमाडौं । नेकपा (एमाले) का नेता महेश बस्नेतले शिक्षामन्त्री विद्या भट्टराईको राजीनामालाई मन्त्रीकै ‘कमजोरी’ भएको बताएका छन्। सोमबार शिक्षामन्त्री भट्टराईले राजीनामा दिएपछि नेता बस्नेतले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै आन्दोलन नटुंगिनु र शिक्षक महासंघसँग वार्ता गर्न नसक्नु मन्त्रीकै असफलता भएको बताएका हुन्।
‘शिक्षामन्त्री विद्या भट्टराईले शिक्षक आन्दोलन नटुङ्गिएपछि राजीनामा दिनु भएको छ’, उनले लेखेका छन्, ‘आन्दोलन नटुंगिनु, शिक्षक महासंघसँग वार्ता गर्न नसक्नु र त्यसको असर स्वरूप मन्त्रीको राजीनामा आउनु स्वयं मन्त्रीकै कमजोरीको संकेत हो।’
बस्नेतले भट्टराईको कार्यशैलीप्रति पहिलेदेखि नै जनगुनासो रहेको उल्लेख गर्दै अबको चुनौती शिक्षा क्षेत्रलाई स्थायित्व दिने, शिक्षकहरूको माग सम्बोधन गर्ने र शिक्षा नीति सुधार गर्न सक्ने नेतृत्व चयन गर्नु रहेको बताए।
शिक्षामन्त्री भट्टराईले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर स्वास्थ्य अवस्थालाई कारण देखाउँदै पदबाट राजीनामा दिएकी हुन्। उनले आन्दोलनरत शिक्षक तथा कर्मचारीका मागहरूबारे प्रधानमन्त्रीसँग छलफल गरेपछि राजीनामा बुझाएकी थिइन्।
शिक्षकहरूले काठमाडौंमा विभिन्न मागसहित आन्दोलन थालेको २० औं दिनमा भट्टराईले पदबाट हात झिकेकी हुन्। मन्त्रालयले पटकपटक वार्ताका लागि बोलाउँदा शिक्षकहरू नआएको भन्दै भट्टराईले यसअघि सार्वजनिक रूपमा गुनासो गर्दै आएकी थिइन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - २०:२१
काठमाडाैं । वर्षौँदेखि बन्द वा कमजोर अवस्थामा रहेका सरकारी उद्योगलाई पुनः चलाउने तयारीमा सरकार जुटेको छ। चुनावी भाषणमा गरिएको प्रतिबद्धता अहिले नीतिगत...
चैत्र २६ गते, २०८२ - २०:१०
झापा । नेपाल पत्रकाार महासंघ झापा शाखाले सरकारी सूचना तथा विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन–प्रसारण गर्ने निर्णय फिर्ता लिन माग गर्दै आन्दो...
चैत्र २६ गते, २०८२ - १९:५१
प्रतिनिधिसभा सदस्यहरूले शपथ लिएको दुई साता बितिसक्दा पनि नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न नसक्नु साधारण प्रशासनिक ढिलाइ होइन । यो पार्टीभि...
चैत्र २६ गते, २०८२ - १९:४०
काठमाडौं । कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गिता चौधरीले कालीमाटीस्थित फलफूल तथा तरकारी बजारको स्थलगत निरीक्षण गरेकी छन्। बजार व्यवस...
चैत्र २६ गते, २०८२ - १९:३९
भक्तपुर । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली सेनाका नयाँ अधिकृतहरूलाई कर्तव्यनिष्ठ, अनुशासित र जिम्मेवार भएर राष्ट्र सेवामा समर्पित हुन आग्रह गरेका ...
चैत्र २६ गते, २०८२ - १९:३६
काठमाडौँ । जुम्लाबाट एक वर्षमा करिब १७५ मेट्रिक टन मार्सी धानको चामल जिल्ला बाहिर बिक्रीका लागि पठाइएको छ । बाहिरिएको परिमाणलाई आधार मान्दा अनुमानित त...
चैत्र २५ गते, २०८२ - १६:१०
काठमाडाैं । घुस लिएको आरोपमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालका लेखा अधिकृत ढुण्डीराज दाहालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। ...
चैत्र २५ गते, २०८२ - १६:०६
काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवाविरुद्ध काठमाडौं जिल्ला अदालतले सम्पत्त...
चैत्र २५ गते, २०८२ - १६:०३
काठमाडौँ । प्रतिनिधि सभा बैठक शुक्रबार बस्ने गरी स्थगित भएको छ । बुधबार सभामुख डोलप्रसाद अर्यालले बैठक चैत २७ गते शुक्रबार दिनको ४ बजे बस्ने गरी स्...
चैत्र २५ गते, २०८२ - १६:०१
गण्डकी । गण्डकी प्रदेशमा हालसम्म चार लाख ४४ हजार ७७६ परिवार स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका छन् । जुन प्रदेशको कुल परिवार सङ्ख्यामध्ये ६७ दशमलव ...


प्रतिकृया लेख्नुहोस्: