काठमाडौं । नेकपा (एमाले) का नेता महेश बस्नेतले शिक्षामन्त्री विद्या भट्टराईको राजीनामालाई मन्त्रीकै ‘कमजोरी’ भएको बताएका छन्। सोमबार शिक्षामन्त्री भट्टराईले राजीनामा दिएपछि नेता बस्नेतले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै आन्दोलन नटुंगिनु र शिक्षक महासंघसँग वार्ता गर्न नसक्नु मन्त्रीकै असफलता भएको बताएका हुन्।
‘शिक्षामन्त्री विद्या भट्टराईले शिक्षक आन्दोलन नटुङ्गिएपछि राजीनामा दिनु भएको छ’, उनले लेखेका छन्, ‘आन्दोलन नटुंगिनु, शिक्षक महासंघसँग वार्ता गर्न नसक्नु र त्यसको असर स्वरूप मन्त्रीको राजीनामा आउनु स्वयं मन्त्रीकै कमजोरीको संकेत हो।’
बस्नेतले भट्टराईको कार्यशैलीप्रति पहिलेदेखि नै जनगुनासो रहेको उल्लेख गर्दै अबको चुनौती शिक्षा क्षेत्रलाई स्थायित्व दिने, शिक्षकहरूको माग सम्बोधन गर्ने र शिक्षा नीति सुधार गर्न सक्ने नेतृत्व चयन गर्नु रहेको बताए।
शिक्षामन्त्री भट्टराईले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर स्वास्थ्य अवस्थालाई कारण देखाउँदै पदबाट राजीनामा दिएकी हुन्। उनले आन्दोलनरत शिक्षक तथा कर्मचारीका मागहरूबारे प्रधानमन्त्रीसँग छलफल गरेपछि राजीनामा बुझाएकी थिइन्।
शिक्षकहरूले काठमाडौंमा विभिन्न मागसहित आन्दोलन थालेको २० औं दिनमा भट्टराईले पदबाट हात झिकेकी हुन्। मन्त्रालयले पटकपटक वार्ताका लागि बोलाउँदा शिक्षकहरू नआएको भन्दै भट्टराईले यसअघि सार्वजनिक रूपमा गुनासो गर्दै आएकी थिइन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...




प्रतिकृया लेख्नुहोस्: