काठमाडौं । ओखलढुंगा, रामेछाप र सोलुको लिखु किनारका बस्तीलाई मध्यपहाडी लोकमार्ग र बीपी मार्गसँग जोड्ने सबैभन्दा छोटो लिखु कोरिडोर सडक कालोपत्र गर्ने काम सुरु भएको छ ।
मध्यपहाडी लोकमार्गसँग जोडिने रामेछापको कोलञ्जोरघाटबाट गुम्देलसम्म पुग्ने करिब ५५ किलोमिटर सो सडकको कालोपत्रे गर्ने काम सुरु भएको हो ।
पहिलो चरणमा कोलञ्जोरघाट–साँघुटार सडक खण्डको करिब ५ किलोमिटर सडक कालोपत्रे गर्ने काम सुरु भएको सडक आयोजनाका सब इञ्जिनियर पवन कार्कीले जानकारी दिए । सो सडक खण्डमा नाला, टेवा पर्खाल तथा सडक चौडा गरी बेस राख्ने काम करिब सकिन लागेका उनले बताए । जेठसम्म सडकको कालोपत्रे गर्ने काम सकिने उनले जानकारी दिए ।
वाग्मती प्रदेश सरकार अन्तर्गतको पूर्वाधार कार्यालयसँग दुई वर्षमा काम सक्ने गरी सम्झौता भएको सो सडक निर्धारित सममा नै पुरा गर्ने निर्माणको काम गरिरहेको कमलजीत निर्माण सेवाका प्रमुख समसेर शाक्यले जानकारी दिए । सडक पिच गर्नको लागि आवश्यक सामाग्री ल्याउन खुर्कोटको पुल कमजोर भएको कारण केही समस्या भएको उनले बताए ।
सडक रामेछाप जिल्लाको उत्तरी भागको लागि अति महत्त्वपूर्ण सडक भएकाले आफूहरूले उच्च प्राथमिकतामा राखेको वाग्मती प्रदेश सभा उद्योग पर्यटन तथा वातावरण समिति सभापति आनन्द श्रेष्ठले जानकारी दिए ।
सडक बनेपछि उत्तरी भेगका खाद्यन्न र जडीबुटी काठमाडौं एवम तराई पु¥याउन तथा तराईका उत्पादन सो क्षेत्रमा पु¥याउन सहज हुने उनले बताए ।
लिखु खोलामा बनिरहेका र सञ्चालनमा आएका हाइड्रो पावर हेर्न तथा उत्तरकासी जाने धार्मिक पर्यटकको लागि पनि सडक निक्कै महत्वको भएको उनले बताए । ‘बहुवर्षिय योजना अनुसारको काम अघि बढेको छ, करिब १५ किलोमिटर सडक यसै वर्ष पिच हुन्छ, कम्तीमा यस वर्ष उमाकुण्डको भुजीसम्म पिच पुग्ने गरी टेण्डर आह्वान गर्न हामी पहल गर्ने छौँ’, उनले भने ।
सो सडक पिच भएपछि रामेछाप, ओखलढुङ्गा र सोलुका लिखु किनारका वासिन्दालाई काठमाडौं र तराई जान छोटो र सहज हुने छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १८ गते, २०८२ - ११:०८
काठमाडौं । बिहीबार अन्तर्राष्ट्रिय मजदुर दिवस मनाइँदै छ । विभिन्न राजनीतिक दल आबद्ध मजदुर संगठनहरुले हर्षोल्लासका साथ मजदुर दिवस मनाउने गरेका छन् । ...
बैशाख १८ गते, २०८२ - १०:५४
काठमाडाैं । अमेरिका र चीन बिचको ब्यापार युद्दको प्रत्यक्ष देखिन थालेको छ । खासमा अमेरिकन कार्गो जहाज चीन नजिकको समुद्रको बीचमा पुगिसकेको थियो र त्यसक...
बैशाख १८ गते, २०८२ - ०८:२६
काठमाडौं। काठमाडौंमा सडक आन्दोलनको सुरुवाती दिनमा शिक्षकहरूको एउटै नारा थियो, कि जितिन्छ, कि बितिन्छ । अर्थात विद्यालय शिक्षा ऐन जारी नहुँदासम्म सडक आ...
बैशाख १८ गते, २०८२ - ०८:१९
अलपत्र परेको शैक्षिक गतिविधि अब सुचारु हुने
बैशाख १८ गते, २०८२ - ०८:१६
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आन्तरिक तथा वैदेशिक रोजगारमा रहेका श्रमिकको हक र अधिकारको सुनिश्चिताका लागि नेपाल...
बैशाख १६ गते, २०८२ - १७:०८
ओखलढुंगा । ओखलढुंगामा सरकारले तोकेको मापदण्ड विपरीतका औषधिहरु बिक्री गर्ने दुई वटा औषधि पसलमा सिल गरिएको छ । जिल्लाको सिद्धिचरण नगरपालिका ४ मा रहेको प...
बैशाख १६ गते, २०८२ - १६:५५
दाङ । तुलसीपुर उपमहानगरपालिकाको गाडीले ठक्कर दिँदा दाङमा चार वर्षिया बालिकासहित दुईजना घाइते भएका छन् । सो गाडी उपमहानगरकी अधिकृत रेवा रावतले चलाएकी थ...
बैशाख १६ गते, २०८२ - १६:४५
स्मृति प्रतिष्ठानको भवनबाट एमालेको कार्यालय तत्काल हटाउन माग
बैशाख १६ गते, २०८२ - १६:३८
भजनी। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान व्यवस्थाको विकल्प पुरानो व्यवस्था...
बैशाख १६ गते, २०८२ - १६:३५
दैलेख । जंगलमा फिरन्ते जीवन विताउँदै आएका राउटेका मुखिया सुर्यनारायण शाहीको मृत्यु भएको छ । शाहीको सोमबार राति ९ बजे ४९ वर्षको उमेरमा मृत्यु भएको हो ।...
प्रतिकृया लेख्नुहोस्: